भर्जिन मिडियाओटूले गिगाबिट नेटवर्कमा २ जीबीपीएस ब्रोडब्यान्ड सेवा विस्तार गर्न थाल्यो

भर्जिन मिडिया ओटू ले बेलायतका १८ स्थानमा आफ्नो गिग२ ब्रोडब्यान्ड सेवा विस्तार गरेको छ। यससँगै कम्पनीको हाइब्रिड फाइबर–कोएक्सियल (एचएफसी) नेटवर्कमार्फत पहिलो पटक २ जीबीपीएस डाउनलोड गति उपलब्ध भएको बताइएको छ। १८ स्थानमा नेटवर्क स्तरोन्नतिको काम पूरा भएको छ। कम्पनीले आगामी वर्ष आफ्नो नेटवर्कको अधिकांश क्षेत्रमा यो सेवा विस्तार गर्ने योजना बनाएको छ। यो स्तरोन्नतिसँगै भर्जिन मिडिया ओटूको डीओसीएसआईएस प्रविधिमा आधारित एचएफसी नेटवर्कबाट सेवा लिइरहेका क्षेत्रमा अब गिग२ उपलब्ध भएको छ। यसका लागि सडक खनेर वा अन्य निर्माण कार्य गर्न आवश्यक नपर्ने कम्पनीले जनाएको छ। टेलिकम्स डटकमका अनुसार कम्पनीको केबल नेटवर्क स्तरोन्नति करिब ३० लाख घरमा सुरु भइसकेको छ। फाइबर नेटवर्क भएका क्षेत्रमा पनि गिग२ सेवा उपलब्ध गराइएकाले अब १ करोडभन्दा बढी घरपरिवारले यो सेवा प्राप्त गर्न सक्ने बताइएको छ। कम्पनीको प्रेस विज्ञप्तिमा भनिएको छ, “एचएफसी नेटवर्कमार्फत पहिलो पटक २ जीबीपीएसको स्तरोन्नति सेवा उपलब्ध गराएर भर्जिन मिडिया ओटू ले पूर्ण फाइबर नेटवर्क भएका क्षेत्रभन्दा बाहिर पनि मल्टिगिगाबिट क्षमता विस्तार गरिरहेको छ। यसले कम्पनीको विद्यमान स्थिर नेटवर्क पूर्वाधारमा अझै पनि पर्याप्त सम्भावना रहेको देखाउँछ। यो उपलब्धिले घरपरिवार र व्यवसायमा बढ्दो डेटा आवश्यकतालाई सम्बोधन गर्न कम्पनीले नेटवर्कमा निरन्तर लगानी गरिरहेको पनि देखाउँछ।” भर्जिन मिडियाको एचएफसी नेटवर्कमा गिग२ सेवाले औसत २,००० एमबीपीएस डाउनलोड र १०० एमबीपीएस अपलोड गति उपलब्ध गराउँछ। गिगाबिट क्षमताको ब्रोडब्यान्ड स्थानीय अर्थतन्त्र, डिजिटल सेवा र उत्पादकत्वका लागि बढ्दो रूपमा महत्त्वपूर्ण हुँदै गएको कम्पनीले जनाएको छ। यो सेवा न्यूक्यासल, बोर्नमथ, ल्यान्कास्टर, पिटरबरो, इप्सविच, बाथ, साउथएन्ड-अन-सी, योर्क, ब्ल्याकबर्न, क्याम्ब्रिज, ह्यारोगेट, चेल्म्सफोर्ड, म्यानचेस्टर, अक्सफोर्ड, प्रेस्टन र पोर्ट्समाउथमा विस्तार गरिएको छ। भर्जिन मिडिया ओटू की प्रमुख प्रविधि अधिकृत जिनी योर्कले भनिन्, “यो हाम्रो स्थिर नेटवर्कका लागि महत्त्वपूर्ण उपलब्धि हो। अन्ततः मानिसहरूलाई आफ्नो इन्टरनेट कुन प्रकारको तारमार्फत जोडिएको छ भन्ने कुराले खासै फरक पार्दैन। उनीहरूलाई तीव्र र भरपर्दो सेवा चाहिन्छ, जसले अपेक्षाअनुसार काम गरोस्।” उनले भनिन्, “केबल नेटवर्कमार्फत पहिलो पटक २ जीबीपीएस गति उपलब्ध गराएर हामी बेलायतका थप क्षेत्रमा मल्टिगिगाबिट क्षमता विस्तार गरिरहेका छौँ। यसले हाम्रो विद्यमान नेटवर्क पूर्वाधारले उपभोक्ताको बढ्दो आवश्यकता पूरा गर्न अझै पनि सक्ने देखाउँछ। डाटाको माग बढ्दै जाँदा हामी तीव्र र अझ भरपर्दो कनेक्टिभिटी उपलब्ध गराउन आफ्नो नेटवर्कका विभिन्न क्षेत्रमा लगानी गरिरहेका छौँ।” गत महिना फाइनान्सियल टाइम्सले भर्जिन मिडिया ओटूका मालिक टेलिफोनिका र लिबर्टी ग्लोबलले उक्त दूरसञ्चार कम्पनीलाई कर्मचारी कटौती र खर्च घटाउने उपायमार्फत ६० करोड पाउन्ड बचत गर्न निर्देशन दिएको समाचार प्रकाशित गरेको थियो। त्यसअघि कम्पनीले दोस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको थियो, जसमा स्थिर लाइन र मोबाइल दुवै व्यवसायमा ग्राहक सङ्ख्या उल्लेखनीय रूपमा घटेको र आम्दानी पनि कम भएको देखिएको थियो। The post भर्जिन मिडियाओटूले गिगाबिट नेटवर्कमा २ जीबीपीएस ब्रोडब्यान्ड सेवा विस्तार गर्न थाल्यो appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

भेराइजनले एडब्ल्यूएससँग २ अर्ब डलरभन्दा बढीको एआई सम्झौता गर्यो
अमेरिकी दूरसञ्चार कम्पनी भेराइजनले त्रैमासिक वित्तीय नतिजा सार्वजनिक गर्दै अर्को ठूलो एआई पूर्वाधार सम्झौता गरेको छ। यसपटक कम्पनीले अमेजन वेब सर्भिसेज (एडब्ल्यूएस) सँग २ अर्ब अमेरिकी डलरभन्दा बढी मूल्यको सम्झौता गरेको हो। आम्दानी र नाफामा भएको राम्रो वृद्धिका साथै पोस्टपेड फोनका नयाँ ग्राहक र कुल नयाँ खाताको संख्यामा उल्लेख्य वृद्धि भएपछि भेराइजनले सोमबार लगातार तेस्रो त्रैमासिकमा पूरै आर्थिक वर्षका लागि आफ्नो ...

गुगलले सार्वजनिक ग-यो एआई मोडल ‘जेमिनाइ ४ कार्बन’
१२ कात्तिक, काठमाडौं। गुगलले आफ्नो नयाँ कृत्रिम बुद्धिमत्ता (एआई) मोडल ‘जेमिनाइ ४ कार्बन’ सार्वजनिक गरेको छ । सफ्टवेयरमा रहेका सुरक्षा कमजोरी पत्ता लगाउने, ती कमजोरीको परीक्षण गर्ने र समाधान विकास गर्ने क्षमतामा सुधार गरिएको यो मोडललाई साइबर सुरक्षा परीक्षणमा केन्द्रित गरिएको कम्पनीले जनाएको छ । गुगलको ब्लग पोस्टअनुसार कार्बनले आर्टिफिसियल एनालाइसिस इन्टेलिजेन्स इन्डेक्समा ५९ अंकसहित […] The post गुगलले सार्वजनिक ...

नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने
१२ कात्तिक, काठमाडौं। नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले आगामी कात्तिक १५ गतेदेखि सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनहरूबाट सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गर्ने भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखाले आज एक सूचना जारी गर्दै कात्तिक १५ गतेदेखि सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनहरूबाट सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गर्ने भएको उल्लेख […] The post नागढुङ्गा सुरुङमार्गमा ...

काउब्वाय स्पेसले २० हजार एआई डाटा सेन्टर प्रक्षेपण गर्न सार्वजनिक गर्यो ‘बिग आइरन’ रकेट
काउब्वाय स्पेसले ८६ मिटर अग्लो बिग आइरन रकेट पहिलो पटक सन् २०२८ को अन्त्यतिर प्रक्षेपण गर्ने लक्ष्य राखेको छ। कम्पनीले अन्तरिक्ष क्षेत्रमा ठूलो भूमिका खेल्न कसरी योजना बनाएको छ भन्ने कुरा सार्वजनिक गरेको छ। रोबिनहुडका सहसंस्थापक बैजु भट्टको नेतृत्वमा रहेको क्यालिफोर्नियास्थित यो कम्पनीले पृथ्वीको तल्लो कक्षमा २० हजार कृत्रिम बुद्धिमतामा आधारित डेटा सेन्टरको समूह सञ्चालन गर्ने योजना बनाएको छ। कम्पनीले ती उपग्रह ...


