गुगलको सेयर मूल्यमा ऐतिहासिक गिरावट, गुम्यो ५०० अर्ब अमेरिकी डलर

काठमाडौं– अमेरिकी प्रविधि कम्पनी गुगलको मातृ कम्पनी अल्फाबेटको सेयर मूल्यमा ऐतिहासिक गिरावट आएको छ । कम्पनीको सेयर मूल्य एकै दिन १३ प्रतिशतले घटेर बन्द भएको हो । सन् २००४ मा सेयर बजारमा सूचीकृत भएयता अल्फाबेटको यो एक दिनको सबैभन्दा ठूलो गिरावट हो । यससँगै कम्पनीको बजार मूल्य करिब ५०० अर्ब अमेरिकी डलर घटेको छ । कम्पनीले सार्वजनिक गरेको त्रैमासिक वित्तीय विवरणमा निःशुल्क नगद प्रवाह ९ अर्ब ७ करोड अमेरिकी डलर ऋणात्मक देखिएपछि लगानीकर्ता चिन्तित भएका हुन् । बजार विश्लेषकहरूले २ अर्ब ७० करोड डलर सकारात्मक नगद प्रवाह हुने अनुमान गरेका थिए । कृत्रिम बुद्धिमत्ताको प्रतिस्पर्धामा अगाडि रहन तथ्यांक केन्द्र, सर्भर र चिप्समा ठूलो लगानी गर्दा कम्पनीको खर्च बढेको छ । अल्फाबेटले चालु वर्षका लागि पुँजीगत खर्चको लक्ष्य १९५ देखि २०५ अर्ब अमेरिकी डलर कायम राखेको छ । कम्पनीले कृत्रिम बुद्धिमत्तासम्बन्धी पूर्वाधारमा ठूलो रकम खर्च गरिरहेको भए पनि त्यसअनुसार तत्काल आम्दानी बढ्न नसकेको लगानीकर्ताको चिन्ता छ । यही कारण सेयर बिक्रीको चाप बढेको विश्लेषण गरिएको छ । गुगलको मुख्य आम्दानीको स्रोत खोजीसम्बन्धी विज्ञापन व्यवसायको वृद्धि पनि अपेक्षाभन्दा कमजोर देखिएको छ । सेप्टेम्बर त्रैमासिकमा यसबाट हुने आम्दानी १२ प्रतिशतले बढेर ६३ अर्ब ३५ करोड अमेरिकी डलर पुगे पनि विश्लेषकहरूको अनुमान भेट्न सकेन । कम्पनीका अनुसार कृत्रिम बुद्धिमतामा आधारित खोजी सेवामा विज्ञापनबाट हुने आम्दानी अपेक्षाकृत कम छ । अर्कोतर्फ माइक्रोसफ्टको सेयर मूल्य भने लगभग स्थिर रह्यो । कम्पनीको पुँजीगत खर्च ३० प्रतिशतले बढेर ४५ अर्ब २० करोड अमेरिकी डलर पुगेको छ । त्यस्तै यसको निःशुल्क नगद प्रवाह २७ प्रतिशतले घटेर १८ अर्ब ६३ करोड अमेरिकी डलरमा झरेको छ ।
Read Complete Original Article
Published originally on विश्वखबर
Related News

जापानमा पानी जहाजमा आगलागी, पाँच जनाको उद्धार, एक बेपत्ता
जापान कोस्ट गार्डको एउटा विमानले घटनास्थल नजिकै लाइफ र्याफ्ट (बचाउका लागि प्रयोग गरिने डुंगा) मा सवार छ जना जापानी चालक दलका सदस्यमध्ये पाँच जनालाई फेला पारेको थियो । ...

एनपीएल खेल्न नपाएपछि पाकिस्तानी खेलाडी स्वदेश फर्किए
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न नेपाल आएका दुई पाकिस्तानी क्रिकेटर इफ्तिखार अहमद र हुसेन शाह स्वदेश फर्किएका छन् । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले प्रतियोगिता... ...

ट्याक्टर र मोटरसाइकल ठोकिँदा प्रहरी जवान चौधरीको निधन, श्रीमती घाइते
रौतहट । फतुवा विजयपुर नगरपालिका–११ स्थित दुधिअवा–बालचनपुर सडकखण्डमा ट्याक्टर र मोटरसाइकल एकापसमा ठोकिँदा इलाका प्रहरी कार्यालय सिम्रौनगढ बारामा कार्यरत प्रहरी जवान सुभाष चौधरीको मृत्यु भएको छ । हिजो राति भएको सो दुर्घटनामा माटरसाइकल चालक प्रहरी जवान चौधरीको निधन भएको र गम्भीर घाइते भएकी उहाँकी धर्मपत्नी प्रहरी जवान निशा खड्काको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख एवं प्रहरी निरीक्षक ...

नेपाल प्रेसपछि नयाँ पत्रिकाको कार्यालयमा पनि पुग्याे प्रहरी
• नयाँ पत्रिका दैनिकको कार्यालयमा सादा पोसाकका पाँच जना प्रहरी पुगेका छन् र संवाददाता नवराज मैनालीलाई साइबर ब्युरोमा लैजानुपर्ने बताएका छन्। • पत्रकार मैनालीलाई पक्राउ गर्ने कुनै पुर्जी नदेखाइएको छ, जबकि आजै नेपाल प्रेसको कार्यालयबाट पत्रकार विश्वमणि सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। • एकै दिन दुई सञ्चारमाध्यमका पत्रकारलाई लक्षित गर्दै प्रहरीको गतिविधिले पत्रकारको सुरक्षा र प्रेस स्वतन्त्रताबारे चासो बढाएको छ। ...

