गाजाका लाखौं बालबालिका कुपोषणको सिकार, राहत वितरणमा इजरायलको व्यवधान

काठमाडौं- हुदा अबी लेलाले आफ्ना ५ सन्तानलाई बिहानको समयमा चिया र पाउरोटी मात्र खुवाउने गरेकी छन् । यो क्रम चलेको महिनौं भइसक्यो । अहिले इजरायलले गाजामा खाद्यान्नमाथि प्रतिबन्ध लगाएपछि ३० वर्षीया उनको कठिनाइ अझ थपिएको छ । इजरायलले गाजामा आक्रमण सुरु गरेको ३ वर्ष भइसकेको छ । यस ३ वर्षको अन्तरालमा थुप्रै दुःखद घटना भएका छन् । संयुक्त राष्ट्रसङ्घलगायत निकायले त्यहाँको घटनालाई नरसंहारको संज्ञा दिइसकेको छ । गाजामा दुखान्त घटनाका हजारौं शृङ्खला छन् । यी हजारौं शृङ्खलामा लेलाले भोगेको समस्या पनि एउटा हो । सन्तुलित भोजन आवश्यक रहेको उमेर बिताइरहेका उनका सन्तान १८ महिनादेखि १० वर्ष उमेरका छन् । अहिलेको यो कठिन समयमा व्यापारिक सामानको अभाव छ । नस्तुको मूल्य बढेको छ । साथै मानवीय सहयोगमा अवरोध छ । उनको परिवार अहिले पश्चिमी गाजामा पाल टाँगेर बसेको छ । उनका श्रीमान् काममा जान सक्दैनन् । यसकारण उनी आफैंले दुःखजिलो गरेर परिवार धान्ने गरेकी छन् । उनी अचार र बोडीलगायत खाने गरेकी छन् । बालकका लागि पनि उनले खुवाउने यसैगरी हो । कुनै दिन अन्य खाने कुरा नभएमा पूरा दिन यसै चिया र पाउरोटीमा बिताउनुपर्ने हुन्छ । अक्टोबर १४ का दिन इजरायलले गाजामा राहत लिएर जहाज जानमा अवरोध सृजना गरेको थियो । यत्तिकै सङ्कटमा परेको गाजाको जीवनमा यसले झन् धेरै समस्या निम्त्याएको छ । संयुक्त राष्ट्रसङ्घीय खाद्य कार्यक्रमले समेत सहयोगको मात्रा घटाएको छ । सेप्टेम्बरको तुलनामा अक्टोबर महिनामा धेरै कम खाद्यान्न पठाएको छ । त्यसो त राष्ट्रसङ्घ नै गाजामा खाद्यान्नको अभावको कारण धेरै जना कुपोषणको जोखिममा रहेको कुरा स्वीकार गर्छ । हुदाका लागि अहिले आफ्ना सन्तानका लागि आवश्यक पौष्टिक आहार खुवाउन धेरै कठिन छ । अण्डाको मूल्य बढेको बढ्यै छ । ताजा तरकारीको मूल्य पनि आकाशिएको छ । आलु र प्याजको मूल्यमा पनि त्यस्तै समस्या छ । इजरायलको आक्रमणपछि गाजामा अहिले बेरोजगारी बढेको छ । साथै आर्थिक नाकाबन्दीका कारण भौतिक संरचना निर्माण हुन छाडेका छन् । हुदाकी कान्छी छोरी सल्मा अहिले धेरै कमजोर भइसकेकी छन् । अस्पतालमा उपचारका लागि लैजाँदा चिकित्सकले डाइटमा ध्यान दिने सल्लाह दिएका छन् । हुदाको जस्तै समस्या ४० वर्षीया राइडा रोबाहको पनि छ । उनका परिवारका नौ जनालाई जीवन धान्न धेरै नै कठिन छ । उत्तर गाजाको बेट लाहियाबाट धेरै जना विस्थापित भएका छन् । यसरी विस्थापित भएकाहरूका लागि जीवन धान्न कठिन भएको छ । उनका बालबालिकाले पनि सामुदायिक भान्छामा खाने गरेका छन् । पेट त भरिएको छ । पौष्टिक आहारको अभाव छ । प्रत्येक महिना कुपोषणको सिकार भएका करिब ३ हजार बालबालिका अस्पताल जाने गरेका छन् । बालरोग विशेषज्ञ डा. मोहम्मद बि अलरे यस किसिमका प्रतिबन्ध कायम रहे गाजामा कुपोषणको समस्या अझ धेरै बढ्ने देखिन्छ । गाजामा अहिले स्वास्थ्य अवस्थाको गम्भीर समस्या छ ।
Read Complete Original Article
Published originally on विश्वखबर
Related News

खोटाङमा आगलागी हुँदा १६ लाख ५५ हजार बराबरको क्षति
विद्युत् सर्ट भएर आगलागी हुँदा मंगलटार घुर्चुमा घर, मतान र बाख्रा खोर जलेर नष्ट भएका छन् । ...
एनपिएलको तेस्रो संस्करणको टिकट मूल्य सार्वजनिक, आज राति ८ बजेदेखि बिक्री खुला
• एनपिएलको तेस्रो संस्करणका लागि टिकट मूल्य सार्वजनिक, साधारण टिकट ५०० र प्रिमियम टिकट १,००० रुपैयाँ। • इलिमिनेटर र फाइनल खेलका लागि साधारण टिकट १,००० र प्रिमियम टिकट २,००० रुपैयाँमा उपलब्ध। • टिकट आज राति ८ बजेदेखि इसेवामार्फत खरिद गर्न सकिनेछ, प्रतियोगिता अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म हुनेछ। ...

एनपीएलको टिकट मूल्य सार्वजनिक, ५०० देखि २ हजारसम्म
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका खेलहरूको टिकट मूल्य सार्वजनिक गरेको छ। क्यानले लिग चरणका खेलका लागि साधारण टिकट ५०० रुपैयाँ र प्रिमियम टिकट एक हजार रुपैयाँ निर्धारण गरेको छ। त्यसैगरी, इलिमिनेटर तथा फाइनल खेलका लागि साधारण टिकटको मूल्य एक हजार रुपैयाँ र प्रिमियम टिकटको मूल्य दुई हजार रुपैयाँ निर्धारण गरिएको क्यानले ...

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार, गत वर्ष भन्दा १५ प्रतिशत बढी
सुनसरी । बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष रु २६ करोड २५ लाख बराबरको खसीबोका कारोबार भएको छ । कोशी प्रदेशका पहाडी जिल्लाबाट किसान तथा व्यापारीले बिक्रीका लागि ल्याएका खसीबोकाको माग बढेपछि गत वर्षको तुलनामा यसवर्ष करिब १५ प्रतिशतले कारोबार वृद्धि भएको कृषिउपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए । गत वर्ष २०८२ को दसैँमा कृषिउपज बजारबाट रु २३ करोड ...


