काठमाडौं।नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गाईपूजाले मानव तथा प्राणी जगतबीचको सहअस्तित्व, कृतज्ञता र संरक्षणको सांस्कृतिक चेतना अभिवृद्धि गर्ने बताएका छन्। यमपञ्चकअन्तर्गतको गाई तिहारका अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्व प्रधानमन्त्री ओलीले वैदिक परम्परादेखि नेपाली लोकजीवनसम्म गाईलाई मातृत्व, करुणा, पोषण र समृद्धिको प्रतीकका रूपमा श्रद्धा गरिँदै आएको उल्लेख गरेका छन्। उनले गाईपूजा धार्मिक आस्थामा मात्र सीमित नभई जीव र प्रकृतिसँगको आत्मीय सम्बन्ध, ऋतुसँगै विकसित जीवन पद्धति तथा पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको सभ्यताको स्मृति समेत भएको बताएका छन्। गाईपूजा मानव तथा प्राणी जगतबीचको सहअस्तित्वलाई आत्मसात गर्ने सांस्कृतिक अनुष्ठान भएको उल्लेख गर्दै अध्यक्ष ओलीले गाईपूजा तथा तिहारका अवसरमा सबै नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन्।
गाईपूजाले सहअस्तित्व र संरक्षणको चेतना दिन्छ : केपी ओली

Read Complete Original Article
Published originally on नेपालन्युज






