गरिमा विकास बैंकको नाफा २४ करोड, ईपीएस कति ?

काठमाडौं । गरिमा विकास बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २४ करोड १ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.१७ प्रतिशत कम हो। अघिल्लो वर्ष पहिलो त्रैमासमा बैंकले २५ करोड ५ लाख ७५ हजार रुपैयाँ नाफा कमाएको थियो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.७९ प्रतिशत घटेर ९२ करोड ८ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी ९९ करोड ८५ लाख रुपैयाँ थियो। ब्याज खर्च घटे पनि ब्याज आम्दानीमा आएको गिरावटको रकम बढी हुँदा बैंकको मुख्य आम्दानीको स्रोत खुम्चिएको हो। बैंककाे कर्जा तथा अन्य नोक्सानीबापतको इम्पेयरमेन्ट खर्च ३३ करोड ३१ लाख रुपैयाँबाट घटेर २५ करोड ४२ लाख रुपैयाँमा आएको छ। यस्तो खर्च २३.६८ प्रतिशत अर्थात् करिब ७ करोड ८९ लाख रुपैयाँ घटेको हो। बैंकको सञ्चालन नाफा भने ४.३४ प्रतिशत घटेर ३४ करोड २१ लाख रुपैयाँ कायम भएको छ। The post गरिमा विकास बैंकको नाफा २४ करोड, ईपीएस कति ? appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर





