गरिमा क्यापिटलले गर्यो सभापोखरी हाइड्रोपावरको १० करोड ७५ लाखको आईपीओ प्रत्याभूति

काठमाडौं । गरिमा क्यापिटल लिमिटेड र सभापोखरी हाइड्रोपावर लिमिटेडबीच प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को प्रत्याभूति (अन्डरराइटिङ) सम्बन्धी सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार सभापोखरी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा निष्कासन गर्न लागेको कुल १० लाख ७५ हजार कित्ता साधारण शेयरको प्रत्याभूति गरिमा क्यापिटल लिमिटेडले गर्नेछ। प्रतिकित्ता १०० रुपैयाँका दरले उक्त शेयरको कुल रकम १० करोड ७५ लाख रुपैयाँ बराबर रहेको छ। बुधबार गरिमा क्यापिटल लिमिटेडको कमलपोखरीस्थित प्रधान कार्यालयमा आयोजित कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर भएको हो। गरिमा क्यापिटल लिमिटेडका तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अशोक सुवेदी र सभापोखरी हाइड्रोपावर लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक श्रीराम देवकोटाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। सभापोखरी हाइड्रोपावर लिमिटेडद्वारा सञ्चालित आयोजना संखुवासभा जिल्लाको सभापोखरी गाउँपालिका वडा नं. ३ मा अवस्थित ५ मेगावाट क्षमताको लंखुवा खोला साना जलविद्युत आयोजना हो। उक्त आयोजना २०८१ माघमा निर्माण सम्पन्न भई ३३ केभी प्रसारण लाइनमार्फत टुम्लिङटार सबस्टेशन हुँदै राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ। गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो। संस्थाले लगानी व्यवस्थापन सेवा (पोर्टफोलियो म्यानेजमेन्ट सर्भिसेज–पीएमएस), निक्षेप सदस्य सेवा (डिम्याट तथा मेरोशेयर खाता सम्बन्धी), धितोपत्र निष्कासन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, गरिमा म्युचुअल फण्ड व्यवस्थापनसहित डिपोजिटरी सेवा, धितोपत्र शेयर रजिस्ट्रेशन तथा संस्थागत परामर्शलगायतका सेवा प्रदान गर्दै आएको छ। गरिमा क्यापिटलका सम्पूर्ण सेवाहरू ग्राहकसमक्ष पुर्याउन गरिमा विकास बैंकका शाखा कार्यालयहरूबाट सहजीकरण हुँदै आएको छ। आफ्ना सेवाहरूलाई अझ परिष्कृत र ग्राहकमैत्री रूपमा प्रवाह गर्न विभिन्न नवीनतम प्रविधिको प्रयोग गर्दै अगाडि बढ्ने प्रतिबद्धता पनि संस्थाले व्यक्त गरेको छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

एनपीएललाई आईसीसीको औपचारिक मान्यता
नेपाल क्रिकेट संघद्वारा २६ अक्टोबरदेखि २१ नोभेम्बर २०२६ सम्म आयोजना हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) लाई इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी)ले औपचारिक रुपमा मान्यता दिएको हो । ...

राष्ट्रपतिसँग सार्ककका महासचिवको बिदाइ भेट
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव मोहम्मद गोलम सरवारले आज राष्ट्रपति कार्यालय शीतल निवासमा बिदाइ भेट गरेका छन् । महासचिव सरवार आफ्नो तीनवर्षे कार्यकाल पूरा गरी निकट भविष्यमा स्वदेश फर्कँदै छन् । उनी बङ्गलादेशका कूटनीतिज्ञ हुन् । ...

भोटेकोशी बाढीबाट ३५ अर्ब ४४ करोडको जग्गाजमिनमा क्षति
राष्ट्रिय योजना आयोगका अनुसार बाढीबाट लगाइएको बालीमा २३ करोड २१ लाख रुपैयाँ, भण्डारण गरिएको खाद्यान्नमा १० करोड ४१ लाख रुपैयाँ तथा पशुपन्छी र माछापालनमा २१ करोड ४२ लाख रुपैयाँ बराबरको क्षति भएको छ । ...

भोटेकोशी बाढीबाट २,९८९ भवन पूर्ण क्षति, ३,१९४ पुनः प्रयोग गर्न नसकिने
राष्ट्रिय योजना आयोगले शुक्रबार सार्वजनिक गरेको प्रारम्भिक सर्वेक्षण विवरणअनुसार ३ हजार १९४ भवन संरचना पुनः प्रयोग गर्नै नसकिने अवस्थामा छन् । ...


