क्यानडाबाट अलग हुने प्रस्ताव अल्बर्टाका ७६ प्रतिशत मतदाताद्वारा अस्वीकृत

काठमाडौँ । क्यानडाको तेलसम्पन्न प्रान्त अल्बर्टाका ७६ प्रतिशत मतदाताले क्यानडासँगै रहने पक्षमा मत दिएका छन् । प्रान्तलाई क्यानडाबाट अलग गर्ने प्रक्रियातर्फ अघि बढाउने प्रस्तावलाई उनीहरूले अस्वीकार गरेका हुन् । १० लाखभन्दा बढी मत गणना हुँदा करिब ७६ प्रतिशतले क्यानडासँगै रहने पक्षमा र २३ प्रतिशतले अलग हुने विषयमा बाध्यकारी जनमतसङ्ग्रह गराउने प्रक्रिया सुरु गर्ने पक्षमा मत दिएका थिए । यो मतदान क्यानडाबाट स्वतन्त्र हुने विषयमा प्रत्यक्ष जनमतसङ्ग्रह भने थिएन । प्रस्ताव पारित भएको भए भविष्यमा अलग हुने वा नहुने विषयमा जनमतसङ्ग्रह गराउने प्रक्रिया अघि बढ्न सक्थ्यो । अल्बर्टामा विश्वको चौथो ठूलो तेल भण्डार रहेको छ। यो प्रान्त क्यानडाको सङ्घीय सरकारप्रति असन्तुष्टि राख्ने र परम्परागत रूपमा रूढिवादी राजनीतिक प्रभाव भएको क्षेत्रका रूपमा चिनिन्छ । तर, विगतमा त्यस्तो असन्तुष्टि स्वतन्त्रताका लागि व्यापक समर्थनमा परिणत भएको थिएन । मतदानमा आप्रवासन र संवैधानिक परिवर्तनसम्बन्धी अन्य नौ प्रश्न पनि समावेश थिए । क्यानडाको सार्वजनिक प्रसारण संस्था सीबीसीका अनुसार मतदानका सबै १० प्रश्न गैरबाध्यकारी थिए । त्यसैले प्राप्त नतिजाअनुसार प्रान्तीय सरकारले कानुनी रूपमा निर्णय कार्यान्वयन गर्नुपर्ने बाध्यता छैन ।
Read Complete Original Article
Published originally on विश्वखबर
Related News

बाढी र पहिरोले गण्डकी र कर्णालीका सडक अवरुद्ध
काठमाडौँ। बाढी पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका विभिन्न स्थानमा सडक यातायात प्रभावित भएको छ। नेपाल प्रहरील प्रहरीले म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीमा पहिरो खस्दा बेनी–जोमसोम सडकखण्ड एकतर्फी सञ्चालनमा रहेको जनाएको छ। त्यस्तै, गोरखाको आरुघाट गाउँपालिका–२, ३ र ४ तथा नयाँपुल क्षेत्रमा बाढीका कारण सडक अवरुद्ध भएको छ। सोतिगाउँस्थित फलामे पुल बगाउँदा आरुघाटबाट धार्चे जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। गोरखाकै ...

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता
म्याग्दी। पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका लागि आर्थिक स्रोत जुटाउनु प्रमुख चुनौती बनेको छ। बाढीपहिरोले मानवीय क्षतिसँगै निजी आवास र भौतिक पूर्वाधारमा ठूलो क्षति पुर्याएपछि स्थानीय तहलाई पुनर्निर्माणको काम अघि बढाउन कठिन भएको हो। असोज ८ देखि ११ गतेसम्मको निरन्तर वर्षापछि आएको बाढीपहिरोले जिल्लाका सडक, पुल, खानेपानी, सिँचाइ, विद्युत् र सञ्चारका संरचनामा क्षति पुर्याएको छ। धेरै बस्ती पहिरोको ...

रुस–युक्रेन युद्ध अन्त्य गर्न वार्ताको सम्भावना बढेको ट्रम्पको सङ्केत
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको युद्ध अन्त्य गर्ने शान्ति सम्झौता लामो समयपछि पहिलो पटक सम्भावनाको नजिक पुगेको बताएका छन् । उनले वार्ता संवेदनशील अवस्थामा रहेकाले रुसमाथि थप प्रतिबन्ध लगाउँदा कूटनीतिक प्रयास प्रभावित हुन सक्ने उल्लेख गरे । ह्वाइट हाउसबाट दक्षिण क्यारोलिना प्रस्थान गर्नुअघि बुधबार पत्रकारहरूसँग कुरा गर्दै उनले सम्झौताको सम्भावना बढेका बेला प्रतिबन्ध लगाउनु उचित नहुने बताए । ...

समय चिनाइरहेको भानु चोक
भानु चोक केवल एउटा चौराहा मात्र होइन । यो धरानको धड्कन हो । जहाँ समय चल्छ, मानिस बग्छन् र कथा जन्मिन्छन् । यही चोकको बीचमा उभिएको छ घण्टाघर, जो धरानको पहिचान बोकेको एक सशक्त प्रतीक हो । ...


