Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/कोप–३१ मा नेपालको प्रस्तुति न्याय र अवसरको स्पष्ट मार्गचित्रसहित हुनुपर्छः गणेश पराजुली

कोप–३१ मा नेपालको प्रस्तुति न्याय र अवसरको स्पष्ट मार्गचित्रसहित हुनुपर्छः गणेश पराजुली

Share:WhatsAppFacebookX (Twitter)Telegram
कोप–३१ मा नेपालको प्रस्तुति न्याय र अवसरको स्पष्ट मार्गचित्रसहित हुनुपर्छः गणेश पराजुली

काठमाडौं । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिका सभापति गणेश पराजुलीले कोप–३१ मा नेपालको प्रस्तुति न्याय, अवसर र समृद्धिको स्पष्ट मार्गचित्रसहितको हुनुपर्ने बताएका छन् । काठमाडौंमा बिहीबार आयोजना गरिएको राष्ट्रिय जलवायु सम्मेलनमा रास्वपा संसदीय दलका उपनेता समेत रहेका सभापति पराजुलीले कोप–३१ मा नेपालको प्रस्तुति केवल पीडा र क्षतिको विवरणमा मात्र सीमित नभई न्याय, अवसर र समृद्धिको स्पष्ट मार्गचित्रसहितको हुनुपर्ने बताएका हुन् । उनले जलवायु वित्तमा सहज र प्रभावकारी पहुँच निर्माणका लागि दृढ पहल कदमी लिनुपर्नेमा जोड दिए । साथै अन्तर्राष्ट्रिय मञ्चमा प्रतिबद्धता गरिएका रकम वास्तविक रूपमा प्रभावित समुदायसम्म पुगे/नपुगेको र न्यायोचित वितरणको विषयलाई जोड दिनुपर्ने उनको भनाइ छ । उनले अनुकूलन, हानि–नोक्सानीको सम्बोधन र पूर्वसूचना प्रणालीका लागि अनुदानमा आधारित सहयोगको माग स्पष्ट रुपमा राख्नुपर्ने धारणा राखे । त्यस्तै, पराजुलीले अत्याधुनिक प्रविधि हस्तान्तरण र स्थानीय तहसम्म कार्यान्वयनको क्षमता विकास गर्ने विषयलाई वार्ताको मुख्य एजेन्डा बनाइनुपर्ने बताए । जलवायु संकटसँग जुध्न बाहिरको सहयोग मात्र नभइ आफ्नै आर्थिक सामथ्र्य बढाउने न्यायोचित अवसर पनि नेपाललाई आवश्यक रहेको उनको भनाइ छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

चैतयता १२० वटा फर्म तथा कम्पनी सार्वजनिक खरिद कार्यालयको कालोसूचीमा
ताजा खबरJust now

चैतयता १२० वटा फर्म तथा कम्पनी सार्वजनिक खरिद कार्यालयको कालोसूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले गत चैत १३ यता १२० वटा फर्म तथा कम्पनीलाई कालोसूचीमा राखेको छ। सार्वजनिक खरिद प्रक्रियालाई जवाफदेही र विश्वसनीय बनाउने सरकारको लक्ष्यअनुरुप ती फर्म तथा कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार मातहत रहेको अनुगमन कार्यालयले सार्वजनिक खरिदसम्बन्धी प्रचलित कानुन र प्रक्... ...

नेपालखबर
शिक्षा र महँगीविरुद्ध इटालीमा विद्यार्थी प्रदर्शन
ताजा खबरJust now

शिक्षा र महँगीविरुद्ध इटालीमा विद्यार्थी प्रदर्शन

रोम। शिक्षा क्षेत्रमा बजेट वृद्धि, आवास सुविधा र जीवनयापनको बढ्दो खर्च नियन्त्रणको माग गर्दै हजारौं विद्यार्थी शुक्रबार इटालीका विभिन्न सहरमा सडकमा उत्रिएका छन्। सम्भावित झडप रोक्न सुरक्षा निकाय सतर्क रहेका छन्। विद्यार्थीहरूले केही सातादेखि विद्यालय कब्जा गर्ने र पाल टाँगेर शिविर स्थापना गरी विरोध गर्दै आएका छन्। उनीहरूले प्रधानमन्त्री जर्जिया मेलोनी सरकारको पुनःशस्त्रीकरण नीति, शिक्षामा बजेट कटौती र बढ्दो महँगीको विरोध ...

नेपालन्युज
चैतदेखि यता १२० निर्माण व्यवसायी र कम्पनी कालोसूचीमा
ताजा खबरJust now

चैतदेखि यता १२० निर्माण व्यवसायी र कम्पनी कालोसूचीमा

काठमाडौँ । सार्वजनिक खरिद प्रक्रियालाई पारदर्शी, जवाफदेहि र विश्वसनीय बनाउने सरकारको नीतिअनुरूप सार्वजनिक खरिद अनुगमन कार्यालयले गत चैत १३ यता १२० वटा फर्म तथा कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री... ...

रातोपाटी
अर्नब चक्रवातको प्रभाव : उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित (तस्बिरहरू)
ताजा खबरJust now

अर्नब चक्रवातको प्रभाव : उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित (तस्बिरहरू)

काठमाडौँ। बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । चक्रवातको प्रभावका कारण काठमाडौँ उपत्यकामा दिनभरजसो भारी वर्षा हुँदा जनजीवन प्रभावित भएको छ । शुक्रबार... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play