कोदो खेती घट्दो, पिठोको माग उच्च

जुम्ला । बजारमा कोदोको पिठोको माग बढ्दै गए पनि जुम्लामा कोदो खेती गर्ने किसानको सङ्ख्या भने घट्दै गएको छ। रैथाने बालीका रूपमा रहेको कोदोको व्यावसायिक उत्पादन र खेती विस्तार हुन नसक्दा यसको खेतीप्रति किसानको आकर्षण घट्दै गएको हो। कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार पछिल्लो समय कोदो खेती गर्ने किसानको सङ्ख्या घटिरहेको छ । बजारमा कोदोको पिठोको माग उच्च रहे पनि उत्पादन बढाउन र खेती विस्तार गर्न पर्याप्त ध्यान पुग्न सकेको छैन। कोदो उत्पादन वृद्धि, खेती विस्तार तथा उपभोग प्रवर्द्धनका लागि स्थानीय तहले आवश्यक पहल गर्न नसकेको किसानको गुनासो छ । लोपोन्मुख अवस्थामा पुगेको कोदो खेतीको संरक्षण र प्रवर्द्धनमा सम्बन्धित निकायले चासो नदेखाएको तिला गाउँपालिका–१ राराका अगुवा किसान नर रावतले बताए । जिल्लाका गाउँघरमा किसानको आकर्षण कोदो खेतीभन्दा तरकारी तथा नगदे बालीतर्फ बढ्दै गएको छ । विशेषगरी तिला, हिमा, सिंजा, पातारासी र तातोपानी गाउँपालिकामा कोदो खेती हुने गरेको छ । तर, पछिल्लो समय खेती गर्ने किसानको सङ्ख्या घट्दै गएको तिला गाउँपालिका–५ का वडाध्यक्ष ललित शाहीले बताए । कोदो खेती घट्दै गए पनि बजारमा यसको पिठोको माग भने बढिरहेको छ । हाल जुम्लामा कोदोको पिठो प्रतिकिलो २०० रुपैयाँमा बिक्री हुने गरेको छ। आन्तरिक पर्यटकको रोजाइमा समेत कोदोको परिकार पर्न थालेको स्थानीय व्यापारी अर्जुन बुढाले बताए। उनका अनुसार बजारमा कोदोको पिठोको माग उच्च छ । जिल्लामा उत्पादित रैथाने बाली हराउँदै जान थालेपछि किसानले चिन्ता व्यक्त गरेका छन् । खेतीयोग्य जमिनमा परम्परागत अन्नबाली लगाउने क्रम घटेको छ भने कतिपय जमिन बाँझै रहन थालेका छन् । कृषि पेसाप्रति युवा पुस्ताको आकर्षण कम हुँदा रैथाने बालीको उत्पादनमा समेत असर परेको छ । परम्परागत रूपमा खेती गर्दै आएका पाका पुस्ताले मात्रै कोदो लगायतका रैथाने बाली लगाउने गरेका छन् । युवा पुस्ताले यस्ता बालीको उत्पादनमा खासै चासो नदेखाउँदा खेतीको क्षेत्रफल र उत्पादन दुवै घट्दै गएको स्थानीयको भनाइ छ । एक दशकअघिसम्म जिल्लाका उच्च पहाडी क्षेत्रमा व्यापक रूपमा कोदो खेती हुने गरे पनि पछिल्ला वर्षमा यसको उत्पादन घटेको छ । कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार जुम्लामा गत आर्थिक वर्षमा तीन हजार ८५० मेट्रिकटन कोदो उत्पादन भएको थियो । जिल्लाका आठवटै स्थानीय तहमा हाल दुई हजार ७४० हेक्टर क्षेत्रफलमा कोदो खेती भइरहेको कार्यालयले जनाएको छ । बजारमा माग बढ्दै गएको अवस्थामा कोदो खेतीको संरक्षण, उत्पादन वृद्धि र बजारीकरणमा सम्बन्धित निकायले ध्यान दिन सके रैथाने बालीको प्रवर्द्धनसँगै किसानको आम्दानी बढाउन सकिने देखिन्छ ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

सर्वोच्च अदालतका प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान
काठमाडौँ । संघीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीश पदमा सिफारिस गरिएका चार न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको छ । समितिले सार्वजनिक सूचना जारी गर्दै प्रस्तावित व्यक्तिहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा... ...

दसैँको साख
आफैँभित्र भरिपूर्ण सुन्दर, समृद्ध शब्द हो झैँ लाग्छ दसैँ । प्रत्येक अक्षरमा विचित्रको रङ्गीचङ्गी चित्र देखिन्छ, यसमा । प्रत्येक ध्वनिमा सुरिलो स्वरकम्पन र बुनोटको बान्कीमा मायावी आ... ...

मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छ : मन्त्री रावल
चितवन।भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्। भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री रावलले सरकारले गरेका कामको जनतालाई जानकारी दिन आएको बताइन्। भूमिहीन र सहकारी पीडितको समस्याका विषयमा सरकारले गरेका कामबारे जानकारी गराउन उनी यहाँ आएकी हुन्। सरकारको प्राथमिकता भूमिहीन नागरिक र सहकारी पीडितको समस्या समाधानमा रहेको मन्त्री ...
![ललितपुरको कुसुन्तीमा लिफ्टसहितको आकाशे पुल सञ्चालनमा आउँदै [तस्वीरहरू]](https://kendrabindu.com/wp-content/uploads/2026/10/1792993159-VsUN8.jpg)
ललितपुरको कुसुन्तीमा लिफ्टसहितको आकाशे पुल सञ्चालनमा आउँदै [तस्वीरहरू]
ललितपुर । ललितपुरको कुसुन्ती हाइटमा निर्माण भइरहेको लिफ्टसहितको आकाशे पुल सञ्चालनमा आउने तयारीमा छ। निर्माण कार्य अन्तिम चरणमा पुगेको पुललाई छठ पर्वअघि वा त्यसलगत्तै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। यद्यपि, पुल उद्घाटनको निश्चित मिति भने सार्वजनिक गरिएको छैन। ललितपुर महानगरपालिका–१३ अन्तर्गत चक्रपथ क्षेत्रमा निर्माण भइरहेको यो पुल करिब चार करोड ६८ लाख रुपैयाँ लागतमा तयार पारिँदै छ। लिफ्टको सुविधासहित निर्माण गरिएको ...


