कोजाग्रत पूर्णिमा : राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना

राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा आइतबार भक्तपुरस्थित ऐतिहासिक नवदुर्गा मन्दिरमा पुगेर पूजाअर्चना गरेका छन् । प्रथम महिला सविता पौडेलसहित मन्दिर पुगेका राष्ट्रपति पौडेलले नवदुर्गा भवानीको दर्शन गर्नुका साथै ऐतिहासिक तलेजु मन्दिरबाट ल्याइएको प्रसाद र टीका ग्रहण गरेका हुन् । बडादशैँको समापनका दिन कोजाग्रत पूर्णिमामा राष्ट्रप्रमुखले भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पुगेर पूजाअर्चना तथा दर्शन गर्ने ऐतिहासिक र सांस्कृतिक परम्परा रहिआएको छ । सोही परम्परालाई निरन्तरता दिँदै राष्ट्रपति पौडेल आइतबार अपराह्न भक्तपुर पुगेका थिए । मन्दिर परिसरमा राष्ट्रपति पौडेललाई मन्दिर व्यवस्थापन समितिका पदाधिकारी, भक्तपुर जिल्ला सुरक्षा समितिका अधिकारी, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणले स्वागत गरेका थिए । पूजाअर्चनाका क्रममा मन्दिर परिसरमा परम्परागत नवदुर्गा नाचसहित विभिन्न सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरिएको थियो । राष्ट्रपति पौडेलले ब्रह्मायणी, महेश्वरी, कुमारी, वैष्णवी, वाराही, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी र भद्रकालीलगायत नवदुर्गा देवगणका मूर्तिहरूको अवलोकन तथा दर्शन गरेका थिए । सो अवसरमा उनले नवदुर्गाका पुजारी, मूल नाइके तथा देवगणहरूलाई परम्परागत दक्षिणासमेत प्रदान गरेका थिए । त्यसैगरी, मन्दिरका मूल नाइकेले राष्ट्रपति पौडेललाई ऐतिहासिक तलेजु भवानीको मन्दिरबाट ल्याइएको जमरा, रातो टीका तथा विशेष प्रसाद प्रदान गरेका थिए । भक्तपुरको नवदुर्गा मन्दिर धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण स्थल मानिन्छ । कोजाग्रत पूर्णिमाका अवसरमा राष्ट्रप्रमुखबाट गरिने पूजाअर्चनाले यस क्षेत्रको मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई निरन्तरता दिँदै आएको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

एनपीएलको लोभलाग्दो उडान
तेस्रो संस्करणमा आइपुग्दा नेपाल प्रिमियर लिग (एनपीएल) विश्वस्तरीय स्टारको आँखामा परिसकेको छ । ...

असोजमा ट्राफिक प्रहरीका ५४३४ सचेतना कार्यक्रम, साढे ४ लाख नागरिक लाभान्वित
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमको पालना गराउने उद्देश्यले गएको असोज महिनामा पाँच हजार ४३४ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा ट्राफिक नियमसम्बन्धी जानकारी प्रवाह गर्ने, सडक सुरक्षाबारे सचेतना अभिवृद्धि गर्ने तथा सुरक्षित यात्राका लागि नागरिकलाई प्रेरित गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ ...

गोला मुक्सार–लालपुर सडकको बजेट कटौती, ७० लाखमा टेन्डरको तयारी
८ कात्तिक, सिरहा । सिरहाको गोलबजार नगरपालिका–१ र ३ लाई जोड्ने गोला मुक्सार–लालपुर सडक कालोपत्रे योजनाको बजेट ३० लाख रुपैयाँ कटौती भएको छ । मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयले आर्थिक वर्ष २०८३/०८४ का लागि विनियोजन गरेको एक करोड रुपैयाँमध्ये ३० लाख कटौती भएपछि अब ७० लाख रुपैयाँको लागतमा टेन्डर प्रक्रिया अघि बढाइने भएको छ… ...

ट्राफिक प्रहरीद्वारा ५ हजार ४३४ जनचेतनामूलक कार्यक्रम
काठमाण्डु – काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमको पालना गराउने उद्देश्यले गएको असोज महिनामा ५ हजार ४३४ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । काठमाण्डु उपत्यकाका विभिन्न क्षेत्रमा ट्राफिक नियमसम्बन्धी जानकारी प्रवाह गर्ने, सडक सुरक्षाबारे सचेतना अभिवृद्धि गर्ने तथा सुरक्षित यात्राका लागि नागरिकलाई प्रेरित गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको कार्यालयले […] ...


