Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/कोजाग्रत पूर्णिमामा यस पटक कांग्रेसको चियापान कार्यक्रम नहुने

कोजाग्रत पूर्णिमामा यस पटक कांग्रेसको चियापान कार्यक्रम नहुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
कोजाग्रत पूर्णिमामा यस पटक कांग्रेसको चियापान कार्यक्रम नहुने

काठमाडौं।नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गर्दै आएको चियापान कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ। देशका विभिन्न क्षेत्रमा बाढी–पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको र मुलुक शोकमा रहेकाले कार्यक्रम नगर्ने निर्णय गरिएको पार्टीले जनाएको छ। कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको सूचनामा भोटेकोसी र बूढीगण्डकीमा आएको बाढीबाट ठूलो क्षति भएको उल्लेख छ। विपद्का कारण जनधनको क्षति भएको तथा धेरै मानिस बेपत्ता रहेको अवस्थामा यस वर्ष चियापान कार्यक्रम नगर्ने निर्णय गरिएको सूचनामा जनाइएको छ। कांग्रेसले चियापान कार्यक्रमको ऐतिहासिक पृष्ठभूमि स्मरण गर्दै पार्टीका संस्थापक नेता बीपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर २०३३ पुस १६ गते स्वदेश फर्किएपछि २०३४ सालको कोजाग्रत पूर्णिमादेखि चियापान समारोह सुरु गरेको जनाएको छ। आपसी सद्भाव र सौहार्दता अभिवृद्धि गर्नुका साथै शुभकामना आदानप्रदान गर्ने उद्देश्यले सुरु भएको उक्त कार्यक्रम केही वर्ष बाहेक हरेक वर्ष आयोजना हुँदै आएको थियो। यसैबीच, कांग्रेस सभापति गगनकुमार थापाले शोकको यस घडीमा चाडपर्व मनाउँदा भड्किलो शैली अपनाउनुको सट्टा शान्त र संयमित रूपमा परिवारमा सीमित रहेर मनाउन आग्रह गरेका छन्। विपद्बाट प्रभावित नागरिकप्रति संवेदनशील हुँदै चाडपर्व मनाउन उनले आग्रह गरेका हुन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

युरोपभर अस्थिरता  : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन
ताजा खबरJust now

युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन

फ्रान्सको गृह मन्त्रालयका अनुसार फ्रान्सभरका प्रदर्शनमा ५ लाख ५० हजारभन्दा बढी मानिस सहभागी भएका थिए । ठाउँ-ठाउँमा प्रदर्शनकारी र प्रहरीबीच कडा झडप भएको थियो ...

कान्तिपुर
सख्या नाचले गुल्जार गाउँबस्ती
ताजा खबरJust now

सख्या नाचले गुल्जार गाउँबस्ती

“डानु डाडा डानु रि डाडा डानु डरिउना भली रसखि र डानु रि डाडा डरिउना रि कहिलेटोही मै समिरौ सरस्वती मैयासखि र सरस्वती मैयाँ स्यावा रि मोरी लेओ…” मादल र मञ्जिराको तालसँगै गुञ्जिने सख्या गीतको यही भाकाले यतिबेला थारू गाउँबस्तीलाई उल्लासमय बनाएको छ। दिनभरि खेतबारी र घरायसी काममा व्यस्त हुने थारू युवती साँझ परेपछि हातमा मञ्जिरा लिएर मटावाँको आँगनमा भेला हुन्छन्। उनीहरूको ...

नेपालन्युज
विवाह अघि र पछिको दसैँ
ताजा खबरJust now

विवाह अघि र पछिको दसैँ

वर्षभरि मानिस जहाँ भएपनि जस्तोसुकै अवस्थामा रहे पनि दसैँ आउँदा मन स्वतः घरतिरै फर्किन्छ । टाढिएका आफन्तहरू नजिक हुने पर्व पनि दसैँ हो । निधारमा सजाइने रातो टीका अनि पहेँलो जमरासँगै... ...

रातोपाटी
करदातालाई बम्पर उपहार
ताजा खबरJust now

करदातालाई बम्पर उपहार

काठमाडौं।करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गत असोज १६ देखि ३१ गतेसम्मका १६ जना पाक्षिक उपहार विजेता र बम्पर उपहार विजेता घोषणा गरिएको छ। आज यहाँ आयोजित कार्यक्रममा कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले विजेताको नाम घोषणा गरेका हुन्। आन्तरिक राजस्व विभागका महानिर्देशक भीष्मकुमार भुसालका अनुसार कुपन नम्बर ०८१६३२५१५८४९ ले १० लाखको पाक्षिक बम्पर उपहार प्राप्त गरेको छ। त्यसैगरी, कुपन नम्बर ०८८७९०१७०, ०९३८९८३१४८६८, ०८०१६२९७६९३४, ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play