कोजाग्रत पूर्णिमामा कांग्रेसले चियापान नगर्ने

काठमाडौं । नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गर्दै आएको परम्परागत चियापान कार्यक्रम नगर्ने भएको छ। देश शोकमा रहेकाले यसपालि चियापान कार्यक्रम आयोजना नगर्ने निर्णय गरिएको कांग्रेसले जनाएको छ। कांग्रेसले जारी गरेको विज्ञप्तिमा भोटेकोसीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएको तथा बूढीगण्डकीमा आएको बाढीले समेत थप क्षति पुर्याएको उल्लेख गरिएको छ। देशले दुःखद् परिस्थिति सामना गरिरहेका बेला कोजाग्रत पूर्णिमाको चियापान कार्यक्रम नगर्ने निर्णय गरिएको कांग्रेसले जनाएको हो। विज्ञप्तिमा भनिएको छ, ‘यो वर्ष देश शोकको सामना गरिरहेको स्थितिमा छ। भोटेकोसीमा आएको बाढीले हाम्रा १४ सयभन्दा बढी आफन्तको मृत्यु र ५ हजारभन्दा बढी बेपत्ता रहेको अवस्था छ भने बूढीगण्डकीमा आएको बाढीले थप जनधनको क्षति गरेको छ। यस्तो दुःखद् घडीमा कोजाग्रत पूर्णिमाको चियापान कार्यक्रम यसपालि आयोजना नगरिने व्यहोरा अनुरोध गरिन्छ।’ नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम आयोजना गर्दै आएको छ। बीपी कोइराला १६ पुस २०३३ मा राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि २०३४ सालको कोजाग्रत पूर्णिमाका दिन सौहार्दता अभिवृद्धि तथा शुभकामना आदानप्रदान गर्ने उद्देश्यले पहिलोपटक चियापान समारोह आयोजना गरिएको थियो। त्यसयता केही वर्ष कार्यक्रम आयोजना हुन नसकेको बाहेक कांग्रेसले हरेक वर्ष सोही तिथिमा चियापान गर्दै आएको छ। यसैबीच, कांग्रेस सभापति गगनकुमार थापाले शोकको अवस्थामा चाडपर्व मनाउँदा भड्किलो शैली नअपनाई शान्त र संयमित भएर परिवारमा सीमित रहन आग्रह गरेका छन्। विज्ञप्तिमा भनिएको छ, ‘शोकको यो घडीमा चाडपर्व मनाउँदा भड्किलो ढंगले नभई शान्त र संयमित ढंगले परिवारमा सीमित रहेर मनाउन पनि सभापति गगनकुमार थापाले आग्रह गर्नुभएको छ।’
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन
फ्रान्सको गृह मन्त्रालयका अनुसार फ्रान्सभरका प्रदर्शनमा ५ लाख ५० हजारभन्दा बढी मानिस सहभागी भएका थिए । ठाउँ-ठाउँमा प्रदर्शनकारी र प्रहरीबीच कडा झडप भएको थियो ...

सख्या नाचले गुल्जार गाउँबस्ती
“डानु डाडा डानु रि डाडा डानु डरिउना भली रसखि र डानु रि डाडा डरिउना रि कहिलेटोही मै समिरौ सरस्वती मैयासखि र सरस्वती मैयाँ स्यावा रि मोरी लेओ…” मादल र मञ्जिराको तालसँगै गुञ्जिने सख्या गीतको यही भाकाले यतिबेला थारू गाउँबस्तीलाई उल्लासमय बनाएको छ। दिनभरि खेतबारी र घरायसी काममा व्यस्त हुने थारू युवती साँझ परेपछि हातमा मञ्जिरा लिएर मटावाँको आँगनमा भेला हुन्छन्। उनीहरूको ...

विवाह अघि र पछिको दसैँ
वर्षभरि मानिस जहाँ भएपनि जस्तोसुकै अवस्थामा रहे पनि दसैँ आउँदा मन स्वतः घरतिरै फर्किन्छ । टाढिएका आफन्तहरू नजिक हुने पर्व पनि दसैँ हो । निधारमा सजाइने रातो टीका अनि पहेँलो जमरासँगै... ...

करदातालाई बम्पर उपहार
काठमाडौं।करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गत असोज १६ देखि ३१ गतेसम्मका १६ जना पाक्षिक उपहार विजेता र बम्पर उपहार विजेता घोषणा गरिएको छ। आज यहाँ आयोजित कार्यक्रममा कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले विजेताको नाम घोषणा गरेका हुन्। आन्तरिक राजस्व विभागका महानिर्देशक भीष्मकुमार भुसालका अनुसार कुपन नम्बर ०८१६३२५१५८४९ ले १० लाखको पाक्षिक बम्पर उपहार प्राप्त गरेको छ। त्यसैगरी, कुपन नम्बर ०८८७९०१७०, ०९३८९८३१४८६८, ०८०१६२९७६९३४, ...


