मलेसिया जाने नेपाली कामदारको जैविक पहिचान (बायोमेट्रिक) गर्ने संस्थाका सञ्चालक कैलाश खड्कालाई रिहा गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर बन्दीप्रत्यक्षीकरणको रिट खारेज भएको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले खड्कालाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी अस्वीकार गर्दै रिट खारेज गर्ने आदेश दिएको हो । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षणका नाममा सिन्डिकेट खडा गरी ठगी तथा पुँजी पलायन गरेको आरोपमा पक्राउ परेका खड्कालाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी...
कैलाश खड्कालाई थुनामुक्त गर्न माग गरिएको रिट सर्वोच्चद्वारा खारेज

Read Complete Original Article
Published originally on फरकधार






