Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

लोहरुङ र सेकाहा सेमिफाइनलमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
लोहरुङ र सेकाहा सेमिफाइनलमा
Photo / Coverage: नेपालन्युज

संखुवासभा। संखुवासभा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक जिल्लाका लोहरुङ क्लब पाङ्मा र सेकाहा सामुदायिक क्लब सेमिफाइनलमा प्रवेश गरेका छन्। आज सम्पन्न खेलमा लोहरुङले सिरहाको सलहेश युवा क्लबलाई ‘सडन डेथ’ मा पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो भने सेकाहाले झापा–११ लाई २–० गोलले हराएको छ। खाँदबारी नगरपालिका–३ मानेभञ्याङस्थित महेन्द्र माध्यमिक विद्यालयको खेल मैदानमा भएको पहिलो खेलमा लोहरुङ र सलहेशबीचको निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएको थियो। त्यसपछि भएको टाइब्रेकरमा दुवै टोलीले चार–चार गोल गरेपछि खेलको निर्णय सडन डेथबाट लिइएको थियो। सडन डेथमा लोहरुङले ६–५ गोलले जित निकालेको हो। निकै प्रतिस्पर्धात्मक खेलमा सलहेशले सुरुवाती अग्रता बनाएको थियो। निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि सडन डेथमा बाजी मार्दै लोहरुङले सेमिफाइनलको यात्रा तय गरेको हो। आजै भएको अर्को खेलमा संखुवासभाकै सेकाहा सामुदायिक क्लबले झापा–११ लाई २–० गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ। सेकाहाका लागि मिलन लिम्बूले खेलको ५५औं र ६३औं मिनेटमा लगातार दुई गोल गर्दै टोलीको जित सुनिश्चित गरे। दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको सेकाहाले झापा–११ लाई गोल गर्ने अवसर नदिई महत्त्वपूर्ण जित निकालेको हो। यही कात्तिक २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको प्रतियोगिता संयोजक जिल्लामान राईले बताए।प्रतियोगिताको विजेता टोलीले नगद पाँच लाख र उपविजेताले तीन लाख पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर, फरवार्ड र सर्वाधिक गोलकर्तालाई जनही सात हजार प्रदान गरिने आयोजकले जनाएको छ। प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘प्लेयर अफ द म्याच’ घोषित गरी पाँच हजार प्रदान गरिनेछ भने प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीले १० हजार प्राप्त गर्नेछन्। एडभान्स क्लब मानेभञ्याङको आयोजनामा सोमबारदेखि महेन्द्र माध्यमिक विद्यालय मानेभञ्याङको खेल मैदानमा प्रतियोगिता सुरु भएको हो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
टोपबहादुर रायमाझी २६ गते छुट्दै
Latest NewsJust now

टोपबहादुर रायमाझी २६ गते छुट्दै

काठमाडौं।नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल सजाय भोगिरहेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी यही कात्तिक २६ गते रिहा हुने भएका छन्। ६५ वर्ष उमेर पूरा हुन लागेका रायमाझीले ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार कैद छुट पाउने भएका हुन्। जिल्ला अदालत काठमाडौंले उनको मागबमोजिम ६ महिना कैद छुट दिने आदेश गरेको छ। रायमाझीका तर्फबाट कात्तिक १२ गते ज्येष्ठ नागरिकको सुविधा उपलब्ध गराउन माग गर्दै निवेदन ...

नेपालन्युज
१० बजे १० समाचार : ‘स्टन्ट’मा रमाउँदै सरकारदेखि पूर्वप्रधानमन्त्री विरूद्ध भ्रष्टाचार मुद्दा दायरसम्म
Latest NewsJust now

१० बजे १० समाचार : ‘स्टन्ट’मा रमाउँदै सरकारदेखि पूर्वप्रधानमन्त्री विरूद्ध भ्रष्टाचार मुद्दा दायरसम्म

आज २०८३ कात्तिक महिनाकाे १७ गते मंगलबार। आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ। ई–जीपी गम्भीर साइबर सुरक्षा जोखिम र ह्याकिङका... ...

रातोपाटी
गुण्डुमा ओली र गगनबिच १ घण्टा वार्ता, के भयाे कुराकानी ?
Latest NewsJust now

गुण्डुमा ओली र गगनबिच १ घण्टा वार्ता, के भयाे कुराकानी ?

काठमाडाैँ। नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएकाे छ। मंगलबार साँझ दुई नेताबिच ओली निवास गुण्डुमा भेटवार्ता भएकाे हाे । स्राेतका अनुसार उनीहरूबिच करिब... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play