Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

यस वर्षको भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११:०७ बजे, दाजुभाइ पश्चिम र दिदीबहिनी पूर्व फर्कनुपर्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
यस वर्षको भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११:०७ बजे, दाजुभाइ पश्चिम र दिदीबहिनी पूर्व फर्कनुपर्ने
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, कात्तिक १७ । यस वर्षको भाइटीका कात्तिक २५ गते बुधबार मनाइने भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको तिहारका चाडपर्व तथा साइतसम्बन्धी विवरणअनुसार भाइटीकाको उत्तम शुभसाइत साे दिन बिहान ११ बजेर ७ मिनेटमा रहेको छ। समितिले जारी गरेको विज्ञप्तिअनुसार भाइटीकाका दिन दाजुभाइ पश्चिम फर्किएर बस्नुपर्नेछ भने दिदीबहिनीले पूर्व फर्केर टीका लगाइदिनुपर्नेछ। समितिले सार्वजनिक गरेको तिहारको पर्वतालिकाअनुसार कात्तिक २० गते शुक्रबार धनत्रयोदशी (धन्तेरस) तथा यमदीपदान गरिनेछ। त्यसैगरी, कात्तिक २१ गते शनिबार काग तिहार तथा धन्वन्तरी जयन्ती मनाइनेछ। कात्तिक २२ गते आइतबार नरक चतुर्दशी, कुकुर तिहार तथा लक्ष्मीपूजा परेको छ। त्यस्तै, कात्तिक २३ गते सोमबार गाईपूजा गरिनेछ। यसैगरी, कात्तिक २४ गते मंगलबार गोवर्द्धनपूजा, गोरूपूजा, बलिपूजा, हलितिहार तथा म्हपूजा मनाइने समितिले जनाएको छ। सोही दिनदेखि नेपाल संवत् ११४७ प्रारम्भ हुनेछ। तिहारको अन्तिम तथा विशेष पर्वका रूपमा कात्तिक २५ गते बुधबार यमद्वितीया अर्थात् भाइटीका (किजापूजा) मनाइनेछ। भाइटीका नेपाली हिन्दू समुदायमा दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, स्नेह, सद्भाव र आपसी सम्बन्धलाई प्रगाढ बनाउने विशेष पर्वका रूपमा मनाइँदै आएको छ। यस दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य, सुख, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै सप्तरङ्गी टीका र माला लगाइदिने परम्परा छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
केपी ओली भेट्न बालकोट पुगे गगन थापा
PoliticsJust now

केपी ओली भेट्न बालकोट पुगे गगन थापा

काठमाण्डु– नेपाली कांग्रेसका सभापति गगन थापा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न भक्तपुरको गुण्डुस्थित निवास पुगेका छन्। मंगलबार साँझ थापा ओलीलाई भेट्न सूर्यविनायक नगरपालिका–७, गुण्डुस्थित ओली निवास पुगेका हुन्। दुई नेताबीच साँझ ६ः५० बजेदेखि ७ः५५ बजेसम्म भेटवार्ता भएको थियो। भेटका क्रममा पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ। ...

काठमाण्डुपाटी
इनम सापकोटाको अडियो सरकारको नियोजित प्रोपोगण्डा : कांग्रेस सहमहामन्त्री  शिवाकोटी
PoliticsJust now

इनम सापकोटाको अडियो सरकारको नियोजित प्रोपोगण्डा : कांग्रेस सहमहामन्त्री  शिवाकोटी

पक्राउ परेका बिचौली इनम सापकोटाले प्रहरीलाई दिएको भनिएको बयान सरकारको प्रोपोगण्डा भएको बताएका छन् । ...

हाम्राकुरा
कैलाश खड्कालाई थुनामुक्त गर्न माग गरिएको रिट सर्वोच्चद्वारा खारेज
PoliticsJust now

कैलाश खड्कालाई थुनामुक्त गर्न माग गरिएको रिट सर्वोच्चद्वारा खारेज

मलेसिया जाने नेपाली कामदारको जैविक पहिचान (बायोमेट्रिक) गर्ने संस्थाका सञ्चालक कैलाश खड्कालाई रिहा गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर बन्दीप्रत्यक्षीकरणको रिट खारेज भएको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले खड्कालाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी अस्वीकार गर्दै रिट खारेज गर्ने आदेश दिएको हो । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षणका नाममा सिन्डिकेट खडा गरी ठगी ...

फरकधार
रास्वपा सभापतिको घरमै जुवाखाल सञ्चालन, प्रहरीले छापा मारी ९ जना पक्राउ गरेपछि खुल्यो बदमासीको पोल
PoliticsJust now

रास्वपा सभापतिको घरमै जुवाखाल सञ्चालन, प्रहरीले छापा मारी ९ जना पक्राउ गरेपछि खुल्यो बदमासीको पोल

बागलुङ, कात्तिक १७ । सत्तारुढ रास्वपाका नेताले सत्ताको आडमा आफ्नो घरलाई जुवाखाल बनाएको तथ्य उजागर भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङले सोमवार सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका नेता अमर खड्काको घरमा सञ्चालित जुवाखालमा छापा मारेर ९ जनालाई नियन्त्रणमा लिएपछि यो तथ्य बाहिर आएको हो । बागलुङ नगरपालिका वडा नम्बर २ निवासी खड्का रास्वपाका क्षेत्रीय सभापतिको जिम्मेवारीमा हुनुहुन्छ । खड्काको घरबाट प्रहरीले ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play