कैलालीमा चोरीका ५ मोबाइलसहित २ जना पक्राउ

कैलाली । कैलालीको टीकापुरमा मोबाइल चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार विभिन्न समयमा टीकापुर क्षेत्रका विभिन्न स्थानबाट मोबाइल चोरी भएका घटनाको अनुसन्धानका क्रममा ५ मोबाइलसहित २ जना पक्राउ परेका हुन् । प्रहरीका अनुसार मोबाइल चोरी भएपछि सम्बन्धित व्यक्तिहरूले प्रहरीमा दिएका निवेदनका आधारमा अनुसन्धान गर्दा टीकापुर नगरपालिका–१ एकतानगरका २४ वर्षीय अमित तिमिल्सिना र सोही ठाउँका १९ वर्षीय धिरेन्द्र शाही पक्राउ परेका छन् । बरामद मोबाइल सम्बन्धित धनीलाई बुझाउने प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले बताए ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

त्रिभुवन आदर्श क्याम्पसमा संस्थापक अध्यक्ष गोपालमान श्रेष्ठको अर्धकदको प्रतिमा राखिने
स्याङ्जा । स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष अधिवक्ता तुलसी गिरीको अध्यक्षतामा आइतबार बसेको संचालक समितिको बैठकले क्याम्पसका... ...

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार
• नेपाल क्रिकेट सङ्घले एसिया कपमा स्थान बनाएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई रु ३० लाख पुरस्कार दिने घोषणा गरेको छ। • नेपालले युएईलाई हराएर दोस्रोपटक एकदिवसीय एसिया कपमा स्थान बनाएको छ, जुन नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण उपलब्धि हो। • क्यानका अध्यक्ष चतुरबहादुर चन्दले एनपिएलको वित्तीय पारदर्शिता र अडिट प्रक्रियामा सुधार भएको जानकारी दिएका छन्। ...

एनपीएलमा पाकिस्तानी खेलाडीको सहभागिता अनिश्चित
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानी खेलाडीहरूको सहभागिता अनिश्चित बनेको छ । क्रिकइन्फोका अनुसार एनपीएलमा सहभागी हुने पाकिस्तानी खेलाडीहरूको एनओसीको सम्बन्धमा समस्या देखिएको छ । यसअघि एनओसी पाइसकेका खेलाडीलाई समेत... ...

पाकिस्तानी अलराउन्डर नवाज चितवनबाट एनपीएल खेल्ने
काठमाडौं । पाकिस्तानका अलराउन्डर मोहम्मद नवाजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण चितवन राइनोजबाट खेल्ने भएका छन् । ३२ वर्षीय नवाज बायाँहाते ब्याटिङ र बायाँहाते स्पिन बलर नवाजलाई एनपीएलको तेस्रो सिजनका लागि अनुबन्ध गरेको घोषणा गरेको हो । नवाजले पाकिस्तानका लागि टेस्ट, एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । उनले पाकिस्तानबाट ९८ टी–२० अन्तर्राष्ट्रिय खेलमा ९११ रन बनाउनुका साथै बलिङमा ...


