काठमाण्डु– नेपाली कांग्रेसका सभापति गगन थापा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न भक्तपुरको गुण्डुस्थित निवास पुगेका छन्। मंगलबार साँझ थापा ओलीलाई भेट्न सूर्यविनायक नगरपालिका–७, गुण्डुस्थित ओली निवास पुगेका हुन्। दुई नेताबीच साँझ ६ः५० बजेदेखि ७ः५५ बजेसम्म भेटवार्ता भएको थियो। भेटका क्रममा पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ।
केपी ओली भेट्न बालकोट पुगे गगन थापा

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






