केन्यामा बस र ट्रक ठोक्किँदा २२ जनाको मृत्यु

माकुएनी।केन्याको मुख्य राजमार्गमा आइतबार बस र ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा २२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा अन्य धेरै जना घाइते भएका छन्। राजधानी नैरोबीलाई तटीय सहर मोम्बासासँग जोड्ने राजमार्गमा यसअघि १७ जनाको ज्यान जाने गरी दुर्घटना भएको तीन साताभन्दा कम समयमै अर्को घातक दुर्घटना भएको हो। प्रहरीका अनुसार, आइतबार बिहान भएको दुर्घटनाका बेला बसमा सवार यात्रुहरू अन्त्येष्टि कार्यक्रममा सहभागी भएर फर्कँदै थिए। घाइतेहरूको उपचार भइरहेको छ। माकुएनी काउन्टीका आयुक्त अब्दुल्लाही खालिफले मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन्। दुर्घटना हुनुको कारणबारे तत्काल स्पष्ट भइसकेको छैन। केन्यामा हुने सडक दुर्घटनाका प्रमुख कारणमा तीव्र गति र सडकको खराब अवस्थालाई लिने गरिएको छ। केन्याको राष्ट्रिय यातायात तथा सुरक्षा प्राधिकरणका अनुसार, दुर्घटना भएको राजमार्गको उक्त खण्डलाई सडक दुर्घटनाको उच्च जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरिएको छ। प्राधिकरणले यस क्षेत्रमा सडक सुरक्षा सुधार गर्न विभिन्न सुझाव समेत दिएको थियो। –रासस /एपी
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

तीन जनाको मृत्युपछि पत्ता लाग्यो– दर्ताबिनै बोटहरू चलिरहेका थिए
विराटनगर । सप्तकोशी नदीमा अनधिकृत रूपमा सञ्चालन हुँदै आएको डुङ्गा (बोट) पल्टिएर आइतबार दिउँसो तीन जनाको मृत्यु भयो । बोट पल्टिएर डुबेका तीन जनाको शव सुनसरीको चतरा क्षेत्रबाट निकालिएको सुनसरी प्रहरीका... ...
_ImiemsL76Y.jpg)
कात्तिक ११ गतेसम्म मौसम ठिकठाक, १२ गते वर्षा
काठमाडौं । देशभर कात्तिक ११ गतेसम्म मौसममा ठूलो परिवर्तन नदेखिए पनि कात्तिक १२ गते बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक... ...

फ्रान्समा एक हजार ३१४ जना प्रदर्शनकारी पक्राउ
पेरिस, फ्रान्स । फ्रान्सभरि भएका प्रदर्शनहरूबाट शुक्रबार र शनिबारमा प्रहरीले एक हजार ३१४ जनालाई पक्राउ गरेको फ्रान्सको आन्तरिक मन्त्रालयले आइतबार बताएको छ । झडपमा ५३ जना प्रहरी घाइते भएका बताइएको छ । जीवनयापनको उच्च लागत विरुद्ध फ्रान्सका प्रमुख सहरहरूमा भएका ठूला प्रदर्शनहरूको क्रममा हिंसा भड्किएपछि शनिबार धेर मानिसलाई पक्राउ गरिएको हो । यो फ्रान्समा सप्ताहन्तमा भएको लगातार दोस्रो अशान्ति हो । देशमा ...

एनपिएलको पुरस्कार राशि घोषणा, विजेताले डेढ करोड पाउने
काठमाडौँ, कात्तिक ८ गते । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधि जित्ने टोलीले रु एक करोड ५० लाख प्राप्त गर्ने भएको छ ।अघिल्लो संस्करणको तुलनामा यसपटक विजेता टोलीको... ...


