Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/किसानलाई हात्तीबाट धानबाली जोगाउने चिन्ता

किसानलाई हात्तीबाट धानबाली जोगाउने चिन्ता

Share:WhatsAppFacebookX (Twitter)Telegram
किसानलाई हात्तीबाट धानबाली जोगाउने चिन्ता

भद्रपुर (झापा) । झापाका किसानमा धान पाक्ने समय नजिकिएसँगै जंगली हात्तीबाट बाली जोगाउने चिन्ता बढेको छ । खेतमा लगाएको धान जोगाउने प्रयासमा रहेका किसानलाई हात्तीको जोखिमबाट बच्न आग्रह गर्दै सशस्त्र प्रहरीले हात्ती प्रभावित क्षेत्रमा जनचेतनामूलक अभियानसँगै सुरक्षा निगरानी बढाएको छ । चाडपर्वको समयमा मानिसहरूको चहलपहल बढ्ने र बिहान–बेलुका तथा रातको समयमा जङ्गली हात्तीसँग जम्काभेट हुने जोखिमलाई ध्यानमा राख्दै सशस्त्र प्रहरीले प्रभावित बस्तीमा ‘माइकिङ’मार्फत सचेतना फैलाइरहेको छ । हात्तीको आवतजावत हुने क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन र अँध्यारो समयमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं २ गण झापाका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यले हात्तीबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सुरक्षा सतर्कतासँगै जनचेतनामूलक गतिविधिलाई प्राथमिकता दिइएको बताए। “धानबाली जोगाउने चिन्तामा रहेका किसान तथा स्थानीय बासिन्दाले हात्तीको जोखिमलाई पनि उत्तिकै ध्यान दिनुपर्छ । हात्ती देखिएमा नजिक जाने, जिस्क्याउने वा लखेट्ने प्रयास नगरी सुरक्षित स्थानमा जानुपर्छ,” कर्माचार्यले भने । उनका अनुसार हात्ती प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीको मोबाइल तथा पैदल गस्ती परिचालन गरी निगरानी भइरहेको छ । स्थानीय बासिन्दालाई हात्तीको आवतजावतबारे सचेत गराउने र सम्भावित जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकाय तथा स्थानीयसँग समन्वय गर्ने काम पनि भइरहेको छ । धानबाली भित्र्याउने समय नजिकिँदै गर्दा खेतबारीमा जाने, राति बालीको निगरानी गर्ने तथा हात्ती धपाउने प्रयास गर्दा जोखिम हुन सक्ने भएकाले किसानलाई विशेष सावधानी अपनाउन सशस्त्र प्रहरीले आग्रह गरेको छ । हात्तीको बाटो अवरुद्ध गर्ने, नजिकै गएर फोटो वा भिडियो खिच्ने तथा भीड जम्मा भएर हात्तीलाई घेराबन्दी गर्ने कार्यले जोखिम बढाउन सक्ने भएकाले त्यस्ता गतिविधि नगर्न पनि अनुरोध गरिएको छ । त्यसैगरी, घर, गोठ तथा आँगन वरपर हात्तीलाई आकर्षित गर्न सक्ने खानेकुरा नराख्न, घर आसपास पर्याप्त उज्यालोको व्यवस्था गर्न र बाक्लो झाडी सफा राख्न आग्रह गरिएको छ । बस्तीमा रहेका बालबालिका, वृद्धवृद्धा तथा अन्य जोखिममा पर्न सक्ने व्यक्तिको विशेष ख्याल गर्न पनि सशस्त्र प्रहरीले अनुरोध गरेको छ । झापामा मेचीनगरको बाहुण्डाँगी, बुद्धशान्तिको माथिल्लो क्षेत्र, हल्दिबारीको जलथल, अर्जुनधाराको चुरे क्षेत्र तथा दमक र शिवसताक्षीका केही क्षेत्रमा जङ्गली हात्तीको आवतजावत र क्षतिको समस्या देखिँदै आएको छ । हात्ती प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन र हात्ती देखिएमा नजिक नजान सशस्त्र प्रहरीले आग्रह गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

बर्दियामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
ताजा खबरJust now

बर्दियामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ

बर्दिया । आफ्नै बुबाको हत्या गरेको आरोपमा बर्दियामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजापुर नगरपालिका-३ सेन्द्राका राजेन्द्र थारू रहेका छन् । प्रहरीकाअनुसार राजेन्द्रले आफ्ना ५० वर्षीय बुबा कालु राम थारूलाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरी टोलीले उनलाई आइतबार राति पक्राउ गरेको हो । कुटपिटबाट गम्भीर घाइते भएका ...

हिमालय टाइम्स
टिकुलियाघाट पुल निर्माण अन्तिम चरणमा
ताजा खबरJust now

टिकुलियाघाट पुल निर्माण अन्तिम चरणमा

प्रवीणकुमार शर्मा चन्द्रपुर (रौतहट), कात्तिक ९ गते । रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन टिकुलियाघाट पुलको काम अन्तिम चरणमा पुगेको छ । चालु आर्थिक बर्षमा बजेट बिनियोजन भएपछि पूल न... ...

गोरखापत्र
अर्घाखाँचीको मौलिक पहिचान सराये नाच
ताजा खबरJust now

अर्घाखाँचीको मौलिक पहिचान सराये नाच

अर्घाखाँची । हातमा तरवार र खुडा, पञ्चेबाजाको गुञ्जायमान ताल अनि ‘वाख्यै भाइ हो’ भन्ने उत्साहपूर्ण आवाज । दसैँको उल्लाससँगै अर्घाखाँचीका शक्ति पीठ तथा भगवती मन्दिरहरूमा देखिने यो दृश्य जिल्लाको मौलिक... ...

रातोपाटी
एनपीएलले क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याओस्: पूर्वप्रधानमन्त्री कार्की
ताजा खबरJust now

एनपीएलले क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याओस्: पूर्वप्रधानमन्त्री कार्की

पूर्वप्रधानमन्त्री सुशीला कार्कीले एनपीएलले नेपाली क्रिकेटलाई नयाँ उचाईमा पुर्‍याओस् भन्ने कामना गरेकी छन्। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु हुन लागेको अवसरमा सोमबार सामाजिक सञ्जालबाट शुभकामना व्यक्त गर्दै कार्कीले एनपीएल युवाहरूको प्रतिभा र देशको सामूहिक आत्मविश्वासको सुन्दर प्रतिविम्ब भएको पनि बताएकी छन्।  ‘नेपाली क्रिकेटप्रतिको जनउ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play