Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/कास्की कारागारमा भर्याङ चढेर कैदी भागे, होटलमा भेटिए

कास्की कारागारमा भर्याङ चढेर कैदी भागे, होटलमा भेटिए

Share:WhatsAppFacebookX (Twitter)Telegram
कास्की कारागारमा भर्याङ चढेर कैदी भागे, होटलमा भेटिए

गण्डकी । कर्तव्य ज्यान र डाँकासम्बन्धी कसुरमा कास्की कारागारमा जन्मकैदको सजाय व्यतित गरिरहेका कैदी भागेको घटनाले कारागारको सुरक्षा व्यवस्थामाथि प्रश्न उब्जिएको छ । असोज ३१ गते राति २ बजेतिर पोखरा महानगरपालिका–१८ खपौदीका ३७ वर्षीय कैदी सन्तोष जलारी बिजुली मर्मतका लागि कारागारमा लगिएको भर्याङ चढेर भागेका थिए । कारागारबाट फरार जलारीलाई प्रहरीले कात्तिक ३ गते पोखराकै एक होटलबाट पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले कैदी जलारी योजनाबद्ध रुपमा भागेको बताए । ‘बिजुली मर्मतका लागि राखिएको भर्याङ चढेर भागेको पाइएको छ, एक महिनादेखि कारागारबाट भाग्ने योजना बनाएको अनुसन्धानका क्रममा जलारीले बताएका छन्,’ उनले भने । जलारीले कारागारभित्र पसलसमेत चलाएर बस्ने गरेको प्रहरी उपरीक्षक कार्कीले बताए । कारागारको सुरक्षार्थ खटिएको प्रहरी र कैदीका नाइकेको पर्याप्त ध्यान नपुग्दा जलारी भाग्न सफल भएको उनको भनाइ छ ।‘भोलि पनि बिजुली मर्मत गर्नुपर्छ भनेर उनले भर्याङ आफ्नै पसल भएको ठाउँमा राखेको र मध्यरातमा भागेको पाइएको छ,’ प्रहरी उपरीक्षक कार्कीले भने, ‘उनले नाइके र अरु कैदीलाई पनि झुक्काएर भागेको देखिन्छ ।’ कारागारबाट यसरी कैदी भागेका घटना बिरलै हुने गरेको भन्दै उनले कारागारको सुरक्षा संवेदनशीलतामा विशेष रुपले ध्यान यस घटनाले सम्बद्ध पक्षलाई झकझक्याएको बताए । कारागारका जेलर घनश्याम गौतमले भोलिपल्ट बिहान मात्र कैदी गणनाका क्रममा जलारी भागेको थाहा भएको बताए । कैदी भागेको घटनापछि कारागारको सुरक्षा व्यवस्थालाई लिएर प्रश्न र चासो व्यक्त हुनु स्वभाविक भएको उनको भनाइ छ । भागेका कैदी जलारी प्रहरीको सक्रियतामा दुई दिनमै नियन्त्रणमा आएको जेलर गौतमले बताए । गण्डकी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले जलारीलाई पक्राउ गरेको थियो । उनीमाथि कारागार ऐनसम्बन्धी कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कार्कीले बताए । ‘ज्यान र डाँका मुद्दामा २५ वर्ष कैद सजाय पहिलेकै छ, पछिल्लो मुद्दामा थप पाँच वर्ष जेल सजाय हुन सक्छ,’ उनले भने ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

पत्रकारलाई घरमै पुगेर धम्क्याउनु निन्दनीय र प्रेस स्वतन्त्रताविरोधी कार्य : पत्रकार महासंघ
ताजा खबरJust now

पत्रकारलाई घरमै पुगेर धम्क्याउनु निन्दनीय र प्रेस स्वतन्त्रताविरोधी कार्य : पत्रकार महासंघ

सिरहा। नेपाल पत्रकार महासङ्घले सिरहास्थित अपन दैनिकका सञ्चारकर्मी श्यामकुमार यादवलाई समाचार प्रकाशित गरेको विषयलाई लिएर धम्की दिइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासङ्घका महासचिव रामप्रसाद दाहालले शुक्रबार प्रेस विज्ञप्ति जारी... ...

रातोपाटी
मिडियाको समाचार कक्षमा प्रहरी, पक्राउपुर्जी विनै पत्रकार धरपकड
ताजा खबरJust now

मिडियाको समाचार कक्षमा प्रहरी, पक्राउपुर्जी विनै पत्रकार धरपकड

प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी र मोटिभेट न्यूज डटकमका अध्यक्ष एवं प्रधान सम्पादक शोभराज बराललाई नियन्त्रणमा लिएको छ।  सुवेदीलाई मीनभवनस्थित नेपालप्रेसको समाचार कक्षबाटै प्रहरीले नियन्त्रणमा लिएको हो। उनलाई पक्राउ पुर्जी भने नदिइएको नेपालप्रेसका सम्पादक चिरञ्जिवी पौडेलले बताए।  त्यसगरी, पुतलीसडकस्थित नयाँ पत्रिका दैनिकको कार्यालयमा पनि... ...

नेपालखबर
सिभिल ड्रेसमा प्रहरी टोली नयाँ पत्रिकाको कार्यालयमा, पत्रकार नवराज मैनालीको खोजी
ताजा खबरJust now

सिभिल ड्रेसमा प्रहरी टोली नयाँ पत्रिकाको कार्यालयमा, पत्रकार नवराज मैनालीको खोजी

काठमाडौं।सिभिल ड्रेसमा आएका प्रहरीको एक टोली शुक्रबार साँझ नयाँ पत्रिकाको कार्यालय पुगेको छ। टोलीले अपराध अनुसन्धान तथा सुरक्षा विषयमा समाचार लेख्दै आएका पत्रकार नवराज मैनालीलाई खोज्दै कार्यालय पुगेको हो। नयाँ पत्रिकाका पत्रकार यम बमका अनुसार आफूहरू प्रहरी भएको बताउँदै आएको टोलीले मैनालीबारे सोधपुछ गरेको थियो। ‘पत्रकार मैनालीलाई खोज्दै प्रहरी हुँ भन्दै एक टोली आइपुगेको छ,’ बमले भने, ‘उहाँ तत्काल कार्यालयमा नभएकाले टोलीसँग ...

नेपालन्युज
कान्ति राजमार्गमा दुई दिन रात्रिकालीन सवारी आवागमन बन्द
ताजा खबरJust now

कान्ति राजमार्गमा दुई दिन रात्रिकालीन सवारी आवागमन बन्द

हेटौँडा । अविरल वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि मकवानपुर हुँदै काठमाडौँ जोड्ने कान्ति राजमार्गमा दुई दिन रात्रिकालीन सवारी आवागमन बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज र भोलि (कात्तिक १३ र १४ गते) बेलुकी ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म कान्ति राजमार्गमा सवारी आवागमनमा रोक लगाएको सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलले जानकारी दिए । उनका अनुसार बङ्गालको खाडीमा बनेको अर्नब ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play