कास्कीमा एक महिनामा ३२ फरार प्रतिवादी पक्राउ, १६ लाख ६६ हजार बिगो असुल

गण्डकी । कास्कीमा प्रहरीले गत असोज महिनामा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका ३२ जना प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार पक्राउ पर्नेमा २३ पुरुष र नौ महिला छन् । उनीहरूलाई कैद सजाय भुक्तान गराउन र जरिवाना असुल गर्न अदालतमा बुझाइएको कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए। उहाँका अनुसार पक्राउ परेका प्रतिवादीबाट १२ वर्ष छ महिना आठ दिन कैद तथा १६ लाख ६६ हजार ९७२ रुपैयाँ बिगो असुलउपर भएको छ । चेक अनादर, बिगो लेनदेन, बैंकिङ कसुर, सवारी ज्यान र अभद्र व्यवहारलगायत मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका प्रतिवादीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले फरार प्रतिवादीलाई कानुनी दायरामा ल्याउन सक्रियता बढाएको छ । गत भदौ महिनामा कास्कीमा ५६ जना फरार प्रतिवादी पक्राउ परेका थिए । असोज महिनामा चालु मुद्दामा पनि ११२ जना पक्राउ परेको कार्यालयले जनाएको छ । यसैबीच, असोज महिनामा कास्कीमा अपराधसम्बन्धी १५९ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये जघन्य तथा गम्भीर अपराधका २५, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित सात, आर्थिक अपराधका २४ र अन्य अपराधसम्बन्धी १०३ वटा मुद्दा रहेका छन् । सोही अवधिमा सामाजिक हिंसासम्बन्धी ६९ वटा ठाडो उजुरी परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

ब्रह्मपुरी गाउँपालिका अध्यक्ष साहको निधन
जनार्जन खत्रीसर्लाही, कात्तिक ४ गते । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष रामपदारथ साहको बुधबार निधन भएको छ । ब्रह्मपुरी गाउँपालिका –२ घर भएका ८५ वर्षीय साहको बुधबार बिहान का... ...

आशीर्वाद दिने ती हातहरूको सम्झनामा…
काठमाडौँ। शरद ऋतुको नीलो आकाशमुनि यतिबेला सारा देश मालाश्रीको धुनमा झुमिरहेको छ । हावाको प्रत्येक झोँकासँगै पिङको मच्चाई, आँगनभरि पोखिने रातो अक्षताको चमक र जमराको सुगन्धले संसारलाई पुलकित बनाएको छ... ...

निधन भएको हल्लाबीच स्वस्थ देखिएका किम जङ-अनका तस्वीर सार्वजनिक
KCNA ब्रेन हेमरेजका कारण निधन भएको हल्लाबीच उत्तर कोरियाका सर्वोच्च नेता किम जङ-अन त्यहाँको सरकारी सञ्चारमाध्यममा एकदमै स्वस्थ अवस्थामा देखिएका छन्।सरकारी पत्रिका रोदोङ सिनमुनमा प्रकाशित तस्वीरहरूमा ४२ वर्षीय तानाशाह आफ्नी छोरीसँगै ...

लन्डनको ऐतिहासिक रेस्टुरेन्ट भवन संरक्षण संस्थालाई दान
लन्डन।लन्डनको सबैभन्दा पुरानो रेस्टुरेन्ट सञ्चालन भइरहेको ऐतिहासिक भवन युरोपकै ठूलो संरक्षण परोपकारी संस्था नेसनल ट्रस्टलाई दान गरिएको छ। यस कदमले दुई शताब्दीभन्दा लामो इतिहास बोकेको रेस्टुरेन्ट तथा त्यसको मौलिक संरचना र वातावरणलाई भावी पुस्ताका लागि सुरक्षित राख्ने अपेक्षा गरिएको छ। फ्रान्सेली क्रान्तिपछि युरोपमा उथलपुथल चलिरहेका बेला थोमस रूलले सन् १७९८ मा ‘रूल्स’ नामक रेस्टुरेन्टलाई ओइस्टर बारका रूपमा स्थापना गरेका थिए। त्यसयता ...


