कावासोतीमा अटो दुर्घटनाः एकको मृत्यु, सातजना घाइते

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित सात जना घाइते भएका छन् । आज दिउँसो विष्णुनगरबाट कावासोतीतर्फ आउँदै गरेको ग प्र ०४–००१ ह ०७०२ नम्बरको अटो अनियन्त्रित भई सडकको बायाँतर्फको नहरमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएकी कावासोती नगरपालिका&n...
Read Complete Original Article
Published originally on फरकधार
Related News

बलिउड अभिनेता टाइगर श्राफमाथि गोली प्रहार
काठमाडौं- बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा आइतबार साँझ अज्ञात आक्रमणकारीहरूले गोली प्रहार गरेका छन्। बीबीसी न्युज मराठीका अनुसार मुम्बईको विले पार्ले पश्चिमस्थित जुहू थाना क्षेत्रभित्र गोली प्रहारको घटना भएको हो । मुम्बईको पश्चिम क्षेत्रका पुलिस डीसीपी मोहित गर्गले टाइगर श्राफसँग जोडिएको यो गोली प्रहारको घटनाको पुष्टि गरेका छन्। डीसीपी मोहित गर्गका अनुसार टाइगर श्राफ सुरक्षित छन् । उनलाई गोली लागेको छैन ...

फ्रान्समा हिंसात्मक प्रदर्शनका क्रममा एक हजार ८०० भन्दाबढी पक्राउ
पेरिस। फ्रान्समा भएका हिंसात्मक प्रदर्शनका क्रममा एक हजार ८०० भन्दाबढी व्यक्ति पक्राउ परेको गृहमन्त्री लरेन्टनुनेजले आइतबार बताएका छन्। प्रदर्शनका क्रममा प्रहरीसँग झडप हुनुका साथै आगजनी, तोडफोड र लुटपाटका घटना भएका थिए । सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै गृहमन्त्री नुनेजले घटनामा सङ्लग्न व्यक्तिहरूको पहिचान गर्न अनुसन्धान भइरहेको बताए । उनीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउने तयारी भइरहेको उनको भनाइ छ । पेरिस, मार्से, लियोन, बोर्डो ...

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन
टोकियो। मङ्गल ग्रहको चन्द्रमा फोबोसबाट चट्टान र धुलोका नमूना सङ्कलन गरी पृथ्वीमा ल्याउने उद्देश्यसहित जापानले ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी गरेको छ। जापान एयरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जाक्सा) ले मङ्गल ग्रहका चन्द्रमाको उत्पत्ति, सौर्यमण्डलको निर्माण र पृथ्वीमा जीवनको सुरुआतबारे नयाँ तथ्य पत्ता लगाउने लक्ष्यसहित ‘मार्स मुन एक्सप्लोरेसन’ (एमएमएक्स) अभियान अघि बढाएको हो। जाक्साका अनुसार एमएमएक्स अन्तरिक्षयान बोकेको एच–३ रकेट तानेगासिमा अन्तरिक्ष केन्द्रबाट मङ्गलबार बिहान ...

अमेरिकालाई इरानका नयाँ रक्षामन्त्रीको चेतावनी- पुन: आक्रमण गरिए ठुलो क्षति बेहोर्नुपर्नेछ
इरानका नवनियुक्त रक्षामन्त्री मेहरदाद अखलाघीले अमेरिकाले पुनः आक्रमण सुरु गरेमा अमेरिका र मध्यपूर्वमा रहेका उसका सहयोगी देशले ठुलो क्षति बेहोर्नुपर्ने चेतावनी दिएका छन्। इरानको संसद्‌बाट विश्वासको मत प्राप्त गरेपछि आइतबार पत्रकारहरूसँग कुरा गर्दै अखलाघीले अमेरिकाले इरानमा पुनः आक्रमण गर्ने सम्भावना न्यून रहेको बताए। तर त्यस्तो कदम चालिए ... ...


