Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/फ्रान्समा हिंसात्मक प्रदर्शनका क्रममा एक हजार ८०० भन्दाबढी पक्राउ

फ्रान्समा हिंसात्मक प्रदर्शनका क्रममा एक हजार ८०० भन्दाबढी पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
फ्रान्समा हिंसात्मक प्रदर्शनका क्रममा एक हजार ८०० भन्दाबढी पक्राउ

पेरिस। फ्रान्समा भएका हिंसात्मक प्रदर्शनका क्रममा एक हजार ८०० भन्दाबढी व्यक्ति पक्राउ परेको गृहमन्त्री लरेन्टनुनेजले आइतबार बताएका छन्। प्रदर्शनका क्रममा प्रहरीसँग झडप हुनुका साथै आगजनी, तोडफोड र लुटपाटका घटना भएका थिए । सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै गृहमन्त्री नुनेजले घटनामा सङ्लग्न व्यक्तिहरूको पहिचान गर्न अनुसन्धान भइरहेको बताए । उनीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउने तयारी भइरहेको उनको भनाइ छ । पेरिस, मार्से, लियोन, बोर्डो लगायतका फ्रान्सेली सहरमा प्रदर्शनका क्रममा हिंसा भड्किएको थियो । अमेरिका–इरान द्वन्द्वका कारण बढेको मुद्रास्फीतिको विरोधमा भएका ठूला प्रदर्शनका क्रममायी घटना भएका हुन्। यसअघि फ्रान्सका उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूले कक्षाकोठाको दयनीय अवस्थाको विरोधमा चार सातासम्म प्रदर्शन गरेका थिए । तीमध्ये केही प्रदर्शनसमेत हिंसात्मक बनेका थिए । गृहमन्त्री नुनेजले शनिबार भएका प्रहरीसँगका झडप, सार्वजनिक भवनमा आगजनी तथा तोडफोड र पसलहरूमा भएको व्यापक लुटपाटका लागि ‘हजारौँ अति–वामपन्थी’व्यक्तिहरू जिम्मेवार रहेको आरोप लगाएका छन् । उनका अनुसार प्रदर्शनका क्रममा सम्पत्तिमा ठूलो क्षति पुगेको छ । विशेषगरी सयौँ पसल सञ्चालक प्रभावित भएका छन्। प्रदर्शनका क्रममा करिब ५०० प्रहरी, अग्निनियन्त्रक तथा आकस्मिक स्वास्थ्य सेवामा कार्यरत स्वास्थ्यकर्मी घाइते भएको पनि नुनेजले जानकारी दिए । घाइतेको सङ्ख्या अझै परिवर्तन हुनसक्ने उनले बताए । फ्रान्समा अराजकता र हिंसा फैलाउन खोज्नेहरूका अगाडि सरकार नझुक्ने स्पष्ट पार्दै नुनेजले कानुनविपरीतका गतिविधिमा संलग्न व्यक्तिहरूमाथि कारबाही गरिने सङ्केत गरेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो
ताजा खबरJust now

सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो

खोटाङ । काठमाडौँबाट खोटाङ आउँदै गरेको को १ ज २९७६ नम्बरको सुमो सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित सुनकोशी नदीमा खस्दा मृत्यु हुने तीन जना र बेपत्ताको पहिचान खुलेको छ । मृत्यु हुनेमा... ...

रातोपाटी
कूटनीतिज्ञमाथि आक्रमणको इयूद्वारा कडा निन्दा
ताजा खबरJust now

कूटनीतिज्ञमाथि आक्रमणको इयूद्वारा कडा निन्दा

काठमाडौँ । युरोपेली सङ्घ (इयु) ले इजरायलको कब्जामा रहेको पश्चिम किनारमा भ्रमणमा रहेका युरोपेली कूटनीतिज्ञहरूमाथि इजरायली बस्तीवासीले गरेको आक्रमणको आइतबार कडा निन्दा गरेको छ । इयुको विदेश सेवाले जारी गरेको विज्ञप्तिमा पश्चिम... ...

रातोपाटी
फ्रान्समा हिंसात्मक प्रदर्शन : एकैदिन १८ सय भन्दा बढी पक्राउ
ताजा खबरJust now

फ्रान्समा हिंसात्मक प्रदर्शन : एकैदिन १८ सय भन्दा बढी पक्राउ

काठमाडौं । फ्रान्समा भएका हिंसात्मक प्रदर्शनका क्रममा एक हजार ८०० भन्दाबढी व्यक्ति पक्राउ परेको गृहमन्त्री लरेन्टनुनेजले आइतबार बताएका छन् । प्रदर्शनका क्रममा प्रहरीसँग झडप हुनुका साथै आगजनी, तोडफोड र लुटपाटका घटना भएका थिए । सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै गृहमन्त्री नुनेजले घटनामा सङ्लग्न व्यक्तिहरूको पहिचान गर्न अनुसन्धान भइरहेको बताए । उनीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउने […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play