Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

कार्यवाहक प्रमुख डंगोलबाट अटिजम भएका बालबालिकाका लागि स्कुलको शिलान्यास

Share:WhatsAppFacebookX (Twitter)Telegram
कार्यवाहक प्रमुख डंगोलबाट अटिजम भएका बालबालिकाका लागि स्कुलको शिलान्यास
Photo / Coverage: टक्सार

काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले वडा नं. २९ मा अटिजम स्कुलको शिलान्यास गरेको छ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बुधबार बिहान स्कुलको शिलान्यास गरेकी हुन् । वडाध्यक्ष कुश ढकालसहित जनप्रतिनिधि र स्थानीयका साथमा भवन निर्माणका लागि जग पूजा र शिलान्यास गरे । शिलान्यास कार्यक्रमपछि आयोजित समारोहलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख डंगोलले हरेक बालबालिकाले पढ्न पाउनुपर्ने र अरु सरह नै समान अधिकार पाउनुपर्ने बताइन् । अटिजम भएका कारणले फिजिकल डिजिबिलेटी भएका कारणले गर्दा शिक्षाबाट वञ्चित हुन नपर्ने वातावरण सरकारले सिर्जना गर्नुपर्ने उल्लेख गरिन् । उनले शारीरिक अशक्तता भएकै कारणले शिक्षा लगायतको अधिकारबाट वञ्चित रहने बालबालिका धेरै रहेको भन्दै उनीहरूलाई सरकारले अधिकार दिनुपर्ने बताइन् । महानगरले सबैको साझा सपनामा एउटा इँटा थप गर्ने काम मात्रै गरेको उनको भनाइ छ । काठमाडौँमा अटिजम भएका बालबालिका तथा उनीहरूका अभिभावकहरूको सहयोग र सेवाको आवश्यकता बढ्दै गएको छ । यस बेला महानगरपालिकाले निर्माण गर्ने यो भवन अटिजम भएका विद्यार्थीहरूको सिप तथा ज्ञान अभिवृद्धि गर्न, तालिम तथा अध्ययन अनुसन्धान गर्न तथा यस्ता बालबालिकाका अभिभावकहरुको सहायताका लागि बहुउपयोगी हुने उनको विश्वास छ । वडाको प्रशासनिक भवनको पूर्वतर्फ निर्माण हुने भवन ४५० दशमलव ८० वककर्गमिटर क्षेत्रफलमा निर्माण हुनेछ । भवनका डिजाइनर इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार भवनको लम्बाइ ९२ फिट र चौडाइ पूर्व तर्फ ३५ फिट र पश्चिम तर्फ २२ फिटको हुनेछ । १७ मिटर उचाइको ५ तले भवनका हरेक तला ३ हजार वर्गफिटका हुनेछन् । ३ हजार ५ सय वर्गफिटको भूमिगत तलासहित भवन १८ हजार ५ सय वर्गफिटको हुनेछ । भवनको भुमिगत तलामा ३० वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ गर्ने ठाउँ हुनेछ । जमिन तलामा खुला भाग, भ¥याङ् र लिफ्ट तथा भित्र पस्ने मुख्य ढोका हुनेछ । पहिलो, दोस्रो र तेस्रो तलामा तालिम तथा प्रशिक्षण कक्ष हुनेछन् । चौथो तलामा प्रशासन र अनुसन्धान कक्ष हुनेछ । पाँचौँ तलामा बार्दली हुनेछ । जमिन तलामा खेल्ने खुला भाग हुनेछ । लिफ्ट ८ जना क्षमताको हुनेछ । शौचालय तथा कोठाहरु पहुँचयुक्त हुनेछन् । भवन निर्माणका लागि १० करोड ९१ लख ७९ हजार ६०२ रुपियाँ लागत अनुमान गरिएको थियो । सार्वजनिक खरिद प्रक्रियाबाट भवन निर्माणका लागि ९ करोड ७७ लाख ४५ हजार ६२६ रुपियाँमा सम्झौता भएको छ । निर्माण पक्षलाई २०८३ मंसिर ३ गते कार्यादेश दिइएको हो । २०८४ चैत मसान्तभित्र निर्माण कार्य सम्पन्न गरिसक्नु पर्नेछ । भवनको डिजाइन सार्वजनिक निर्माण विभागबाट भएको हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
‘उत्पादनको करिब १ प्रतिशत मात्र किन्ने सरकार, बाँकी धान सस्तोमा बेच्न बाध्य किसान’
Latest NewsJust now

‘उत्पादनको करिब १ प्रतिशत मात्र किन्ने सरकार, बाँकी धान सस्तोमा बेच्न बाध्य किसान’

खाद्य ब्यवस्था तथा ब्यापार कम्पनीको कैलालीका ६ वटै खरिद केन्द्रमा धान बेच्न किसानले कुपन लिएर सातादेखि लाइनमै रात बिताइरहेका छन्। ...

कान्तिपुर
कोलम्बियामा सुपरमार्केटभित्र ३० जना बन्धक, उद्धारका लागि राष्ट्रपति नै घटनास्थलमा
Latest NewsJust now

कोलम्बियामा सुपरमार्केटभित्र ३० जना बन्धक, उद्धारका लागि राष्ट्रपति नै घटनास्थलमा

कोलम्बिया । कोलम्बियाको क्यारेबियन पर्यटकीय सहर कार्टाजेनास्थित एक सुपरमार्केटमा बन्दुकधारीले सर्वसाधारणलाई बन्धक बनाएपछि तनावपूर्ण अवस्था सिर्जना भएको छ। घटनाको जानकारी पाएपछि राष्ट्रपति अबेलार्डो डे ला एस्प्रिएला मंगलबार घटनास्थल पुगेका छन्। सुरक्षा निकाय र बन्दुकधारीबीच घण्टौँदेखि जारी गतिरोधका क्रममा सुपरमार्केटभित्र करिब २० जनालाई बन्धक बनाइएको थियो। घटनास्थलमा प्रहरी र एएफपीका पत्रकारहरूले राष्ट्रपतिको सवारीसाधनको टोली पुगेको पुष्टि गरेका छन्। अधिकारीहरूका अनुसार बन्दुकधारीहरूले सुरुमा एउटा ...

केन्द्रबिन्दु
पाकिस्तानी कलाकारको वेब सिरिज भारतमा प्रदर्शन रोक्न माग
Latest NewsJust now

पाकिस्तानी कलाकारको वेब सिरिज भारतमा प्रदर्शन रोक्न माग

मुम्बई । पाकिस्तानी कलाकारको भारतमा पुनरागमनलाई लिएर पुनः विवाद सुरु भएको छ । फवाद खान, माहिरा खान र हानिया आमिर अभिनित पाकिस्तानी वेब सिरिज ‘जो बचे हैं संग समेट लो’ को... ...

रातोपाटी
दसौं राष्ट्रिय खेलकुद :  महिला बास्केटबलमा सुदूरपश्चिम र पुलिस विजयी
Latest NewsJust now

दसौं राष्ट्रिय खेलकुद :  महिला बास्केटबलमा सुदूरपश्चिम र पुलिस विजयी

बुधबार बिहानका खेलमा सुदूरपश्चिमले मधेशलाई एकतर्फी रूपमा हरायो भने पुलिस क्लबले कर्णालीविरुद्ध प्रभावशाली प्रदर्शन गर्‍यो । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement