काठमाडौं।सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी) मा एआइजी मनोज केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वर्तमान आइजीपी दानबहादुर कार्कीलाई हटाएर केसीलाई नियुक्त गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाका अनुसार कार्कीलाई प्रधानमन्त्री बालेन साहको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने निर्णयसमेत भएको छ। पछिल्लो समय नेपाल प्रहरीभित्र कार्की र केसीबीच विवाद तथा टकराव देखिँदै आएको थियो।
कार्की हटाइए, प्रहरी प्रमुखमा केसी

Read Complete Original Article
Published originally on नेपालन्युज






