कामना सेवा फुटसल कप सिजन ६ को तयारी पूरा: ट्रफी, जर्सी र ब्रान्ड एन्थम सार्वजनिक

काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडले आयोजना गर्न लागेको ‘कामना सेवा फुटसल कप सिजन ६’ को टाइ–सिट ड्र, जर्सी तथा ट्रफी अनावरण र प्रतियोगिताको ब्रान्ड एन्थम सार्वजनिक गरेको छ। बैंकले आयोजना गरेको कार्यक्रममा सहभागी टोलीका प्रतिनिधि, टिम म्यानेजर, एन्फा रेफ्री तथा बैंकका कर्मचारीको उपस्थिति थियो। कार्यक्रममा बैंकका प्रमुख सञ्चालन अधिकृत रघुनाथ त्रिपाठीले फुटसल कप बैंकका लागि प्रतियोगितामा मात्र सीमित नभई खेलकुदमार्फत समाज र युवासँग जोडिने माध्यम भएको बताए। खेलकुदले स्वस्थ जीवनशैली, अनुशासन र सामूहिक कार्यको भावना विकास गर्ने उल्लेख गर्दै उनले बैंकले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको जानकारी दिए। कार्यक्रममा त्रिपाठीले प्रतियोगिताको ब्रान्ड एन्थम सार्वजनिक गर्नुका साथै सहभागी टोलीका टिम म्यानेजरलाई जर्सी हस्तान्तरण गरे। सोही अवसरमा प्रतियोगिताको टाइ–सिट ड्र पनि सार्वजनिक गरिएको थियो। गत सिजनको पुरुषतर्फको उपाधि विजेता सिद्धार्थ बैंक र महिलातर्फको उपाधि विजेता लुम्बिनी विकास बैंकका प्रतिनिधिले पनि कार्यक्रममा मन्तव्य राखेका थिए। उनीहरूले बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीबीच आपसी सद्भाव र भाइचारा अभिवृद्धि गर्न प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने बताए। साथै, प्रतियोगिता आयोजना गरेकोमा कामना सेवा विकास बैंकलाई धन्यवाद दिँदै सहभागी टोलीलाई शुभकामना व्यक्त गरे। कार्यक्रममा फिफा–एएफसी एलिट असिस्टेन्ट रेफ्री हरिश कार्कीले प्रतियोगितामा लागू हुने खेल नियमबारे जानकारी गराएका थिए। उनले खेल अनुशासन, फाउल तथा रेफ्रीका निर्णयसम्बन्धी नियम स्पष्ट रूपमा बुझेर स्वच्छ र प्रतिस्पर्धात्मक खेल प्रदर्शन गर्न सहभागी टोलीलाई आग्रह गरे। कार्यक्रममा साफ फुटसल रेफ्री सङ्गीता सुनुवारको पनि उपस्थिति थियो। यस सिजनको प्रतियोगितामा पुरुषतर्फ २० र महिलातर्फ १० गरी कुल ३० टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता २०८३ कात्तिक १४ र १५ गते शनिबार र आइतबार धन्वन्तरी फुटसल कोर्टमा सञ्चालन हुनेछ। खेलकुदको प्रवर्द्धन, युवा प्रतिभालाई अवसर प्रदान तथा महिला सहभागितालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बैंकले जनाएको छ। बैंकले आगामी दिनमा पनि खेलकुदसम्बन्धी यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
Read Complete Original Article
Published originally on अनलाइनपाना
Related News

एनपीएलकाे दाेस्राे अर्धशतक दीपेन्द्रकाे नाममा
• नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले दोस्रो अर्धशतक बनाएका छन्। • ऐरीले पोखरा एभेन्जर्सको विरुद्ध ३६ बलमा ४ चाैका र २ छ्क्का सहित अर्धशतक पूरा गरे। • एनपीएलको पहिलो अर्धशतक चितवन राइनोजका डेभिड मलानको नाममा छ, जसले विराटनगर किङ्ग्सको विरुद्ध ४१ बलमा अर्धशतक हिर्काएका थिए। ...

क्यामरुनमा झडप हुँदा ४ सर्वसाधारणसहित ८ जनाको मृत्यु
क्यामरुनको द्वन्द्वग्रस्त उत्तरपश्चिमी क्षेत्रमा सरकारी सेना र शङ्कास्पद पृथकतावादी लडाकुबिच भएको झडपमा चार सर्वसाधारण र चार लडाकुको मृत्यु भएको छ । सुरक्षा स्रोतका अनुसार, मङ्गलबार मेन्चुम डिभिजनअन्तर्गतको कोशिन गाउँमा उक्त... ...

भौतिक पूर्वाधार निर्माणका लागि चीनले दियो स्काभेटर
काठमाण्डु– चीन सरकारले अनुदानस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर मेसिन दिएकाे छ । गाउँपालिकाको पूर्वाधार विकास तथा निर्माणकार्यलाई तीव्रता दिने उद्देश्यले माग गरिएको उक्त मेसिन सिन्धुपाल्चोकस्थित तातोपानी नाकामा आयोजित एक कार्यक्रमबीच गाउँपालिकाले बुझेको हाे । तातोपानी नाकामा बुधवार आयोजित हस्तान्तरण कार्यक्रममा मेरिङदेन गाउँपालिकाका उपाध्यक्ष दुर्गाहाङ सिरेङ चोङ्बाङले चीन सरकारका प्रतिनिधिमण्डलसँग सम्झौतापत्रमा हस्ताक्षर गरी अनुदानमा प्राप्त स्काभेटर […] ...

स्वयम्भू संरक्षणार्थ पाँच करोड ४० लाख स्वीकृत
• स्वयम्भूको संरक्षणका लागि रु पाँच करोड ४० लाखको बजेट स्वीकृत, जसमा ३९% पूर्वाधार विकास र ६१% प्रशासनिक खर्चका लागि छ। • स्वयम्भू महाचैत्य र सम्बन्धित संरचनाहरूको जीर्णोद्धार र मौलिक स्वरूप जोगाउने कार्यमा ध्यान केन्द्रित गरिएको छ। • स्वयम्भूमा आउने पर्यटक र धर्मावलम्बीलाई ऐतिहासिक जानकारी दिने, पूजा गर्ने, र धार्मिक जङ्गलको संरक्षणमा सक्रियता देखाइएको छ। ...


