कात्तिक १३ गतेदेखि तीनदिने काठमाडौँ फिल्म फेस्टिभल हुँदै

काठमाडौं महानगरपालिकाले यही १३, १४ र १५ कात्तिकमा फिल्म फेस्टिभल आयोजना गर्ने भएको छ । यही १३ कात्तिकमा वसन्तपुरमा सम्पदा यात्राबाट शुभारम्भ हुने सो फेस्टिभलअन्तर्गत राष्ट्रिय सभा गृह, नेपाल पर्यटन बोर्ड, जय नेपाल सिनेमा घर र तारागाउँमा विभिन्न कार्यक्रम आयोजना हुनेछन् । फिल्म प्रदर्शन साझेदारीका रूपमा जय नेपाल सिनेमा, सवारीसाधन तथा यातायातका लागि अग्नि ग्रुप र इनड्राइभ, अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रसँगको सम्बन्धका लागि काठमाडौंस्थित अमेरिकी र अस्ट्रेलियन दूतावास, युनेस्को, अलाइन्स फ्रान्सेजसँग सहकार्य भएको महानगरपालिकाले जनाएको छ । यसैगरी, विद्युतीय टिकटतर्फ ‘हिमालय पे’सँग सम्झौता भएको छ । दर्शकका लागि फिल्म प्रदर्शन निःशुल्क हुने र सिट रिजर्भका लागि निःशुल्क टिकट लिनुपर्ने व्यवस्था गरिएको छ । कार्यक्रम आयोजना हुने स्थलका लागि हनुमानढोका दरबार सङ्ग्रहालय विकास समिति, बौद्ध क्षेत्र विकास समिति र तारागाउँ नेक्स्ट म्युजियमसँग सहकार्य भएको महानगरपालिकाले जनाएको छ । सम्पदा दौड (हेरिटेज रन) का लागि एनएसआर स्पोर्ट्स फाउन्डेसन (काठमाडौं म्याराथन), आतिथ्यताका लागि होटल एसोसिएसन अफ नेपाल (हान) र नेपाल पर्वतारोही संघ (माउन्टेनियरिङ एसोसिएसन) सँग कार्यक्रम व्यवस्थापनका लागि माब्रिक्स र आईएसएससँग सम्झौता भइसकेको महानगरपालिकाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । फेस्टिभल शुभारम्भका अवसरमा ‘भिडियो च्यालेन्ज’बाट छानिएको एउटा लघु चलचित्र र पुरानो चलचित्र ‘सिन्दूर’को खुला प्रदर्शन हुनेछ । नयाँसडक–जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको सडकमा प्रदर्शन हुने चलचित्र हेर्न सर्वसाधारण सबैलाई खुला आह्वान गरिएको छ । फेस्टिभल अवधिमा सर्ट फिल्म भिडियो च्यालेन्ज, नेपाल पानोरामा र इन्टरनेसनल पानोरामाअन्तर्गत ४० वटा चलचित्र प्रदर्शन गरिनेछन् । यस्तै, महानगरपालिकाले आह्वान गरेको ‘युथ भिडियो च्यालेन्ज’का विजेतालाई अवार्ड र ‘नेपाल पानोरामा’बाट छानिएकालाई प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ । त्यसैगरी, नेपाल पर्यटन बोर्डमा मास्टर क्लास र अन्तरक्रियात्मक संवादहरू सञ्चालन हुनेछन् । ८ कात्तिक आइतबार वसन्तपुरदेखि नरःदे (हाँडीगाउँ), पशुपतिनाथ क्षेत्र हुँदै वसन्तपुरसम्मको हेरिटेज रन आयोजना हुनेछ । नेपाली चलचित्र क्षेत्रको सम्मानका लागि दोस्रो दिन राष्ट्रिय सभा गृहमा ‘रेड कार्पेट’ कार्यक्रम आयोजना हुनेछ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

खुल्यो प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडकखण्ड
सडक खुलेसँगै हिल्सा नाका हुँदै आवतजावत गर्ने स्थानीयवासी, पर्यटक तथा चीनको ताक्लाकोट क्षेत्रमा व्यापार र रोजगारीका लागि पुगेका नेपालीलाई राहत मिलेको छ । ...

रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित
भोटेकोशी र त्रिशूली नदीमा भदौमा गएको बाढीका कारण बगे–भत्केका सडक मर्मतसम्भार भएसँगै नदी तटीय क्षेत्रबाहेक अन्यत्रको जनजीवन लयमा फर्केको छ । रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङका अनुसार बाढीले सखाप पारेका रसुवा र नुवाकोट जिल्लाका नदी तटीय क्षेत्रबाहेक अन्यत्रको जनजीवन सामान्यतर्फ फर्केको छ । अहिले त्रिशूली–वेत्रावतीसम्मको सडक यातायात सञ्चालन भएको छ भने शाखा सडकहरू पनि बनाइएको अवस्था छ । यसैबीच होटल तथा ...

दुई दिनमा सशस्त्रले दियो एक हजार बढीलाई निःशुल्क बस सेवा
सशस्त्र प्रहरी बल, नेपालले दशैंका लागि लक्षित गरी काठमाडौँ उपत्यकामा सञ्चालन गरेको निःशुल्क बस सेवामार्फत दुई दिनमा एक हजारभन्दा बढी यात्रुले सेवा लिएका छन् । सशस्त्रका प्रवक्ता एवम् प्रहरी नायव महानिरीक्षक नेत्रबहादुर कार्कीले सोमबार ४५० जना र मङ्गलबार ६१३ जना सर्वसाधारणले उक्त सेवा लिएको जानकारी दिए । उनका अनुसार सुरुमा तीन दिनका लागि निःशुल्क सुरु गरिएको उक्त सेवा आवश्यकताका अनुसार थप ...

झापामा जंगली हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु
जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका– २ जनता चोक निवासी ७० वर्षीया लजुमा खातुन र ७३ वर्षीय झक्कु राजबंशीको मृत्यु भएको हो । प्रातकालीन पदयात्रामा रहेको अवस्थामा बिरिङ खोला नजिक दुईवटा जंगली हात्तीले बिहान ५ः३० बजेतिर अचानक आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रञ्जन अवाले जानकारी दिए । घाइते खातुनलाई उपचारका लागि अस्पताल ...


