Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/कात्तिक १२ गतेदेखि गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुँदै

कात्तिक १२ गतेदेखि गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुँदै

10/27/2026, 1:55:08 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
कात्तिक १२ गतेदेखि गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुँदै

काठमाडौँ । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान)ले १९ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८३ आयोजना गर्ने भएको छ । तिहार तथा छठ पर्वलाई समेत लक्षित गरी फ्यानले गोदावरी फूलको प्रदर्शनीको आयोजना गर्न लागेको जनाएको छ । ‘रोपेर फूल गोदावरी, सजाऔ घर आँगन वरिपरि’ भन्ने नाराको साथ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी यहि २०८३ कार्तिक १२ देखि १६ गतेसम्म (पाँच दिन) जावलाखेलको खेल मैदान, ललितपुरमा आयोजना हुने उल्लेख गरिएको छ। फ्यानले पुष्प व्यवसायको व्यवसायीक बिकास विस्तार तथा प्रबर्द्धन गर्ने उद्धेश्यले बि.सं.२०५१ साल देखि लगातार रुपमा पुष्प मेला/प्रदर्शनीको आयोजना गर्दै आएको छ। नेपालीहरूको महान चाड तिहार पर्व नजिकीदै गर्दा घर आँगन बगैचा सजाउन तथा स्वागत सत्कारमा बिशेष प्रयोग हुने फूलको सहज उपलब्धता गराउन, गोदावरी फूलको व्यवसायीक प्रवर्द्धन गर्न, समय अनुकूल पुष्पको जातिय विकास एवं गुणस्तरिय उत्पादनमा सहयोग पुऱ्याउनका लागि प्रदर्शनी गर्दै आएको छ । नेपालको एक मात्र बृहत गोदावरी गोदावरी फूल प्रदर्शनी रहेको यस मेलमा व्यवसायिक स्टल ७८, प्लान्ट क्लिनिक स्टल १, अफिसियल स्टल ४, प्रतियोगितात्मक स्टल २, र फोटो सेल्फी स्टल १ गरी जम्मा ८६ वटा प्रदर्शनी कक्षहरु रहने छन् । बिशेष गरि यो प्रदर्शनी गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी रहेकोले गोदावरी फूलको बिबिध बिधामा प्रतिस्पर्धा गराई पुरस्कृत गरिने कार्यक्रमलाई पनि निरन्तरता दिइने जनाएको छ। यस अन्तर्गत प्रदर्शनीमा सहभागी नर्सरी/फर्महरुले उत्पादन गरेको गोदावरी फूलको ५ वटा प्रजातीमा प्रतिस्पर्धा गराईने छ। प्रतिस्पर्धा हुने गोदावरीको प्रजातीहरुमा १) मिनियचर, २) स्पाईडर, ३) रिफ्‌लेक्स, ४) ईन्कर्भ र ५) गोदावरीको कट फ्लावर प्रजाती रहने छ। मेलामा सहभागी भएको नर्सरी व्यवसायीहरुलाई उत्साह थप्नका लागि उत्कृष्ट स्टल तर्फ पनि प्रतिस्पर्धा गराईने आयोजकले जनाएको छ। साथै यस बर्ष कट-फ्लावर तर्फ उत्कृष्ट पुष्प सजावट बिधा पनि थप गरिएको जानकारी दिएको छ । समग्र प्रतिस्पर्धामा प्रथम, दोस्रो, तेस्रो तथा बिधागत उत्कृष्ट हुने नर्सरी/फर्मलाई सिल्ड, नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने छ। आयोजकका अनुसार यस मेलामा नेपालमा व्यवसायीक रुपमा उत्पादन हुदै आएको बिबिध जातका गोदावरी फूल बिरुवाहरुको साथै यस बर्ष भित्रिएका नयाँ गोदावरी फूलको केहि प्रजातीका फूल बिरुवाहरुको सहित ४५० भन्दा बढि प्रकारको फूल बिरुवाहरु यस मेलामा प्रदर्शीत तथा बिक्री बितरण हुनेछन्। यसका साथै यस सिजनमा उपलब्ध हुने वा फूल्ने सयपत्री, मखमली तथा अन्य सिजनल फूलहरूका साथै आलंकारिक बोट बिरुवाहरुको समेत प्रदर्शनीमा समाबेश तथा बिक्री बितरण हुने छन् । यस मेलाबाट पुष्प व्यवसाय संचालन गर्न चाहने, घर आगन तथा बगैंचा सजाउन चाहने, फूल विरुवा प्रति अभिरुची राख्ने, यस सम्बन्धी ज्ञान हासिल गर्न चाहने सबैको निम्ति उपयोगी हुने आयोजकको विश्वास छ । पुष्प व्यवसायका क्षेत्रमा भए गरेका नयाँ नयाँ प्रविधि र उपलब्धि सहितका जानकारी पनि मेला स्थलमा नै प्रदान गरिने उल्लेख गरिएको छ। साथै फूल तथा बोट बिरुवाहरुमा लाग्ने रोग किराहरु तथा बिरुवाको स्वस्थता प्ररिक्षण सम्बन्धमा जिज्ञासा भएमा सोको समाधानका लागि बालिरोग बिशेषज्ञहरु सहितको टिमद्वारा मेला स्थलमा प्लान्ट क्लिनिक स्टलबाट सेवा उपलब्ध गराईने उल्लेख गरिएको छ। पाँच दिनसम्म संचालन हुने यस गोदावरी फूलको प्रदर्शनीमा ३९ हजार बढिले प्रत्यक्ष अवलोकन गर्ने साथै एक करोड तीस लाख भन्दा बढिको व्यवसायिक कारोबार हुने अपेक्षा गरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

रसुवा बाढीले १५ स्थानीय तहका घरपरिवार र व्यवसायको सम्पत्तिमा ७९. १७ अर्बको क्षति
ताजा खबरJust now

रसुवा बाढीले १५ स्थानीय तहका घरपरिवार र व्यवसायको सम्पत्तिमा ७९. १७ अर्बको क्षति

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित घरपरिवार तथा व्यावसायिक प्रतिष्ठानको सम्पत्तिमा ७९ अर्ब १७ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। राष्ट्रिय योजना आयोगले विपद्पछिको आवश्यकता मूल्याङ्कन (पीडीएनए) अन्तर्गत गरेको घरधुरी सर्वेक्षणमा घरपरिवारको सम्पत्तिमा ६९ अर्ब ५७ करोड र व्यावसायिक प्रतिष्ठानमा ९ अर्ब ६० करोड रुपैयाँको क्षति देखिएको हो। यसमा घरजग्गा, खेतीपाती, ...

कर्पोरट खबर
विराटनगरले ८७ रनमा गुमायो तेस्रो विकेट
ताजा खबरJust now

विराटनगरले ८७ रनमा गुमायो तेस्रो विकेट

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्धको खेलमा विराटनगर किङ्ग्सले तेस्रो विकेट गुमाएको छ । १५८ रनको लक्ष्य पछ्याइरहेको विराटनगरका इमरान शेख ३९ रन बनाएर आउट भएका छन् । उनले... ...

रातोपाटी
न्युजिल्यान्डविरुद्ध भारतको विस्फोटक ब्याटिङ, पावरप्लेमा बन्यो विश्व कीर्तिमान
ताजा खबरJust now

न्युजिल्यान्डविरुद्ध भारतको विस्फोटक ब्याटिङ, पावरप्लेमा बन्यो विश्व कीर्तिमान

वेलिङटन । न्युजिल्यान्डविरुद्धको तेस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा भारतीय टोलीले विस्फोटक ब्याटिङ गर्दै विश्व कीर्तिमानहरूको ओइरो लगाएको छ । ओपनरद्वय अभिषेक शर्मा र वैभव सूर्यवंशीको तुफानी इनिङ्सको मद्दतले भारतले पावरप्लेको ६ ओभरमै... ...

रातोपाटी
चितवन राइनोजविरुद्ध विराटनगरको राम्रो ब्याटिङ
ताजा खबरJust now

चितवन राइनोजविरुद्ध विराटनगरको राम्रो ब्याटिङ

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजविरुद्ध १५८ रनको पछ्याउने क्रममा विराटनगर किङ्ग्सले राम्रो ब्याटिङ प्रस्तुत गरिरहेको छ। १० ओभरको खेल सकिँदा विराटनगरले २ विकेटको क्षतिमा ८० रन बनाएको छ। ओपनर लोकेश बमले मात्र १४ बलमा ४ चौका र १ छक्काको मद्दतले विस्फोटक २८ रन जोड्दै टोलीलाई आक्रामक सुरुवात दिलाएका थिए। अर्का ओपनर इम्रान शेखले पनि सम्हालिएर उत्कृष्ट ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play