रसुवा बाढीले १५ स्थानीय तहका घरपरिवार र व्यवसायको सम्पत्तिमा ७९. १७ अर्बको क्षति

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित घरपरिवार तथा व्यावसायिक प्रतिष्ठानको सम्पत्तिमा ७९ अर्ब १७ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। राष्ट्रिय योजना आयोगले विपद्पछिको आवश्यकता मूल्याङ्कन (पीडीएनए) अन्तर्गत गरेको घरधुरी सर्वेक्षणमा घरपरिवारको सम्पत्तिमा ६९ अर्ब ५७ करोड र व्यावसायिक प्रतिष्ठानमा ९ अर्ब ६० करोड रुपैयाँको क्षति देखिएको हो। यसमा घरजग्गा, खेतीपाती, पशुपन्छी, सवारीसाधन र घरायसी सामानको क्षति समेटिएको छ। सडक, जलविद्युत्, सार्वजनिक पूर्वाधार तथा वातावरणको क्षति भने यसमा समावेश छैन। आयोगका अनुसार ३ हजार ६१० परिवारको ५०७.९७ हेक्टर जमिन पुरिँदा ३५ अर्ब ४४ करोड रुपैयाँ बराबरको क्षति भएको छ। घडेरीको मूल्यमा १३ अर्ब २६ करोड र घर निर्माण लागतका आधारमा ११ अर्ब ९५ करोड रुपैयाँको क्षति भएको छ। त्यस्तै, बहुमूल्य तथा सांस्कृतिक वस्तुमा ५ अर्ब २ करोड, घरायसी सामानमा १ अर्ब ४५ करोड र सवारीसाधनमा १ अर्ब २४ करोड रुपैयाँको क्षति भएको छ। सर्वेक्षणअनुसार रसुवा, नुवाकोट, धादिङ र गोरखाका १५ स्थानीय तहमा गरी ३२ हजार ८७२ जना प्रभावित भएका छन्। नुवाकोटमा १७ हजार ९५४, रसुवामा ९ हजार ६७६, धादिङमा ४ हजार ५८४ र गोरखामा ६५८ जना प्रभावित भएका हुन्। यस्तै, बाढीले ४ हजार १५१ भवन संरचनामा क्षति पुर्याएको छ। तीमध्ये २ हजार ९८९ संरचना पूर्ण रूपमा बगेका वा नष्ट भएका छन् भने ३ हजार १९४ संरचना पुन:प्रयोग गर्न नसकिने अवस्थामा पुगेका छन्। यसअघि गरिएको द्रुत क्षति तथा आवश्यकता आकलन (आरडीएनए) ले पुनर्निर्माण तथा पुनरुत्थानका लागि ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरेको थियो। आयोगले सार्वजनिक गरेको ७९ अर्ब १७ करोड रुपैयाँ भने घरपरिवार र व्यवसायको सम्पत्तिमा भएको क्षतिको प्रारम्भिक विवरण हो। सार्वजनिक पूर्वाधार, जलविद्युत् र अन्य क्षेत्रको क्षतिसमेत समेटेर पूर्ण प्रतिवेदन तयार भइरहेको आयोगले जनाएको छ। The post रसुवा बाढीले १५ स्थानीय तहका घरपरिवार र व्यवसायको सम्पत्तिमा ७९. १७ अर्बको क्षति appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

भोटेकोशी बाढीले घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग
काठमाडौं । रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसाय/प्रतिष्ठानतर्फ रु ७९ अर्ब १७ करोड बराबरको क्षति भएको छ । राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको घरपरिवार तथा प्रतिष्ठानसँग सम्बन्धित सर्वेक्षणको प्रारम्भिक विवरणमा घरपरिवारतर्फ रु ६९ अर्ब ५७ करोड र व्यवसाय/प्रतिष्ठानतर्फ रु नौ अर्ब ६० करोड बराबरको क्षति भएको उल्लेख छ । सर्वेक्षणअनुसार आर्थिक क्षतिसम्बन्धी प्रारम्भिक विवरणमा घर भएको जग्गा (आफ्नै स्वामित्वको) अन्तर्गत ५४ ...

इनम र सुशील भट्टबारे अनुसन्धान गर्न एसपीको नेतृत्वमा विशेष समिति
काठमाडौँ । पूर्वप्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरासँग ‘कनेक्सन’ देखिएका इनम सापकोटा र लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीइओ) सुशील भट्टमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । सापकोटासँग सम्पर्क देखिएपछि भट्टलाई असोज ३१ मा... ...

मौसमी तापमान घट्दैछ, एनपीएलको गर्मी बढ्दैछ (भिडियो रिपोर्ट)
काठमाडौँ । मौसम बिस्तारै चिसिँदैछ, नेपाल प्रिमियर लिग (एनपीएल)को रौनकले टीयू क्रिकेट मैदान भने गर्माउँदैछ । एनपीएलको तेस्रो संस्करणको दोस्रो दिन विराटनगर किङ्स र चितवन राइनोजबिचको खेल हेर्न क्रिकेटप्रेमीहरू उल्लेख्य... ...

अभिषेक र वैभवको विस्फोटक ब्याटिङसामु निरीह बन्यो न्युजिल्यान्ड
काठमाडौँ । तेस्रो टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेलमा भारतले न्युजिल्यान्डलाई ६ विकेटले पराजित गर्दै पाँच खेलको शृङ्खला ३-० ले आफ्नो पक्षमा पारेको छ। वेलिङ्टनस्थित स्काइ स्टेडियममा भएको खेलमा न्युजिल्यान्डले दिएको १९९ रनको... ...


