चितवन राइनोजविरुद्ध विराटनगरको राम्रो ब्याटिङ

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजविरुद्ध १५८ रनको पछ्याउने क्रममा विराटनगर किङ्ग्सले राम्रो ब्याटिङ प्रस्तुत गरिरहेको छ। १० ओभरको खेल सकिँदा विराटनगरले २ विकेटको क्षतिमा ८० रन बनाएको छ। ओपनर लोकेश बमले मात्र १४ बलमा ४ चौका र १ छक्काको मद्दतले विस्फोटक २८ रन जोड्दै टोलीलाई आक्रामक सुरुवात दिलाएका थिए। अर्का ओपनर इम्रान शेखले पनि सम्हालिएर उत्कृष्ट ब्याटिङ गर्दै २९ बलमा ३ चौका र २ छक्कासहित ३५ रन बनाएर खेलिरहेका छन्। उनलाई बासिर अहमदले ९ रन बनाएर साथ दिइरहेका छन्। यसअघि चितवन राइनोजले डाभिड मलानको शानदार ७० रनको मद्दतमा २० ओभरमा १५७ रन बनाएको थियो।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

भोटेकोशी बाढीले घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग
काठमाडौं । रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसाय/प्रतिष्ठानतर्फ रु ७९ अर्ब १७ करोड बराबरको क्षति भएको छ । राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको घरपरिवार तथा प्रतिष्ठानसँग सम्बन्धित सर्वेक्षणको प्रारम्भिक विवरणमा घरपरिवारतर्फ रु ६९ अर्ब ५७ करोड र व्यवसाय/प्रतिष्ठानतर्फ रु नौ अर्ब ६० करोड बराबरको क्षति भएको उल्लेख छ । सर्वेक्षणअनुसार आर्थिक क्षतिसम्बन्धी प्रारम्भिक विवरणमा घर भएको जग्गा (आफ्नै स्वामित्वको) अन्तर्गत ५४ ...

इनम र सुशील भट्टबारे अनुसन्धान गर्न एसपीको नेतृत्वमा विशेष समिति
काठमाडौँ । पूर्वप्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरासँग ‘कनेक्सन’ देखिएका इनम सापकोटा र लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीइओ) सुशील भट्टमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । सापकोटासँग सम्पर्क देखिएपछि भट्टलाई असोज ३१ मा... ...

मौसमी तापमान घट्दैछ, एनपीएलको गर्मी बढ्दैछ (भिडियो रिपोर्ट)
काठमाडौँ । मौसम बिस्तारै चिसिँदैछ, नेपाल प्रिमियर लिग (एनपीएल)को रौनकले टीयू क्रिकेट मैदान भने गर्माउँदैछ । एनपीएलको तेस्रो संस्करणको दोस्रो दिन विराटनगर किङ्स र चितवन राइनोजबिचको खेल हेर्न क्रिकेटप्रेमीहरू उल्लेख्य... ...

अभिषेक र वैभवको विस्फोटक ब्याटिङसामु निरीह बन्यो न्युजिल्यान्ड
काठमाडौँ । तेस्रो टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेलमा भारतले न्युजिल्यान्डलाई ६ विकेटले पराजित गर्दै पाँच खेलको शृङ्खला ३-० ले आफ्नो पक्षमा पारेको छ। वेलिङ्टनस्थित स्काइ स्टेडियममा भएको खेलमा न्युजिल्यान्डले दिएको १९९ रनको... ...


