Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

Share:WhatsAppFacebookX (Twitter)Telegram
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कार्तिक स्नान, आकाशदीपदान एवं तुलसीको विशेष पूजा आराधना आजदेखि विधिवत् सुरु गरिँदैछ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नानसहित तुलसीको विशेष पूजा आराधना, आकाशदीपदान गरेमा सौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति हुने धार्मिक विश्वास छ । आकाशदीपदान पाएसम्म बाँस, नपाएमा पलाँस, खयर, पीपल, आदिको लिङ्गो ठड्याएर बालिन्छ । आकाशदीपदान भगवान् विष्णुलाई समर्पण गरी बाल्ने गरिन्छ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नान गरी घरघरमा विशेष रूपमा गरिने तुलसी पूजा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । तुलसी पूजा सूर्योदयअघि नै गरिसक्नुपर्ने मान्यता छ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक स्नान गरे महापातकबाट पनि मुक्त भइने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए। कार्तिक स्नान गर्नेले आजदेखि कार्तिक शुक्ल पूर्णिमासम्म दुई दल भएका मास, मुगी, मुसुरो, चना, भटमास आदि अन्न खान नहुने शास्त्रीय मान्यता छ । यस अवसरमा आज स्वयम्भू चैत्यमा महादीप दानसमेत गर्ने गरिन्छ । आश्विन शुक्ल पूर्णिमाकै दिन मनाइने कोजाग्रत पूर्णिमा भने आज राति नै मनाइएको छ । मध्यरातमा पूर्णिमा भएका दिन कोजाग्रत र सूर्योदय एवं सायंकालमा पूर्णिमा भएका दिन पूर्णिमा व्रत, कार्तिक स्नान सुरु, आकाशदीपदान र तुलसीको विशेष पूजा आराधना गर्नुपर्ने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् गौतमले सुनाए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

सिक्किमको पाल्जोर स्टेडियममा प्रस्तुत हुँदै नेपथ्य
ताजा खबरJust now

सिक्किमको पाल्जोर स्टेडियममा प्रस्तुत हुँदै नेपथ्य

काठमाडौँ । लोकरक ब्यान्ड नेपथ्यले सिक्किमको राजधानी गान्तोकमा अक्टोबर ३१ (कात्तिक १४) मा प्रस्तुति दिने भएको छ । सिक्किममा कन्सर्टको घोषणालगत्तै यसलाई त्यहाँबाट राज्य स्तरबाटै अपनत्व दर्साइएको थियो । भारतको ८०... ...

रातोपाटी
दशैंमा ससुराली गएका ज्वाईंको आक्रमणबाट सासु ससुरासहित चार घाइते, श्रीमती र सालीको अवस्था गम्भीर
ताजा खबरJust now

दशैंमा ससुराली गएका ज्वाईंको आक्रमणबाट सासु ससुरासहित चार घाइते, श्रीमती र सालीको अवस्था गम्भीर

काठमाडौं । खोटाङमा दशैंको टीका थाप्न गएका एक व्यक्तिले धारिलो हतियार प्रहार गरी चार जनालाई घाइते बनाएका छन् । धारिलो हतियार प्रहार गर्ने अरु कोही नभएर ज्वाइँ हुन् । र, ती व्यक्ति हुन् ४३ वर्षीय नइन्द्रकुमार राई ।हलेसी तुवाचुङ नगरपालिका–३, आहालेमा यो घटना भएको हो । ज्वाईंको आक्रमणबाट घाइते हुनेमा तुवाचुङ नगरपालिका–३ की ४० वर्षीया […] ...

लोकपथ
इलाममा बोलेरो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु
ताजा खबरJust now

इलाममा बोलेरो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

• इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालक विपिन दियालीको घटनास्थलमै मृत्यु भएको छ। • दुर्घटना आइतबार बिहान करिब ६ः३० बजे भएको र गाडी सडकबाट करिब दुई मिटर तल खसेको छ। • प्रहरीले घटनास्थलमा पुगेर जाँचबुझ गरिरहेको छ र थप अनुसन्धान भइरहेको छ। ...

नेपालबहस
लिमीमा पुगेन अनुदानको खाद्यान्न
ताजा खबरJust now

लिमीमा पुगेन अनुदानको खाद्यान्न

हुम्ला समाचारदाताहुम्ला, कात्तिक ९ गते । हुम्लाको नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका तीन बस्तीमा खाद्यान्न अभाव भएको छ । लिमीका तिल, हल्जी र जाङ बस्तीका स्थानीयले एक वर... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play