Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

कात्तिकमा सवारी नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ चालक कारबाहीमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
कात्तिकमा सवारी नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ चालक कारबाहीमा
Photo / Coverage: पर्दाफास

काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ जना सवारीचालक गएको महिनामा कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीमा पर्नेमा सबैभन्दा बढी मादकपदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउने छन् । कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार यही कात्तिक १ गतेदेखि २९ गते सम्म मादक पदार्थ सेवन गरी सवारी चलाउने दुई हजार ८९२ जना र लागुपदार्थ सेवन (लापसे) गरी सवारी चलाउने ७८ जना चालक कारबाहीमा परेका हुन् । प्रहरीले मादकपदार्थ तथा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउँदा सडक दुर्घटनाको जोखिम बढ्ने भएकाले त्यस्ता गतिविधि नियन्त्रणका लागि नियमित जाँच तथा निगरानी गर्दै आएको छ । मादकपदार्थ वा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउन कानुनले निषेध गरेको छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ तथा प्रचलित कानुनी व्यवस्थाअनुसार मापसे र लापसे गरी सवारी चलाउने चालकलाई कारबाही गर्ने व्यवस्था छ । प्रहरीले सवारीचालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न तथा मादक पदार्थ र लागुपदार्थ सेवन गरी सवारीसाधन नचलाउन आग्रह गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
आधा किलो बढी सुनसहित विमानस्थलबाट एक चिनियाँ पक्राउ
OthersJust now

आधा किलो बढी सुनसहित विमानस्थलबाट एक चिनियाँ पक्राउ

३० कात्तिक, काठमाडौं । आधा किलो भन्दा बढी सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४२ वर्षीय चिनियाँ नागरिक झाङ गोअक्वीङ छन् । उनलाई त्रिभुवन विमानस्थल सुरक्षा प्रहरी कार्यालय सानो गौचरले पक्राउ गरेको हो । उनी आइतबार राति साढे १० बजे हङकङबाट क्याथे प्यासिफिक एअरको विमानमार्फत काठमाडौं आएका थिए… ...

अनलाइन खबर
दूधको मूल्यवृद्धि गर्न चितवनका किसानहरूको माग
OthersJust now

दूधको मूल्यवृद्धि गर्न चितवनका किसानहरूको माग

३० कात्तिक, काठमाडौं । चितवनका दूग्ध किसानहरूले दूधको मूल्यवृद्धि गर्न माग गरेका छन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले सोमबार चितवनमा पत्रकार सम्मेलन गर्दै दुधको मूल्य बढाउन माग गरेको हो । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले सरकारले दुधको मूल्य वृद्धि नगरे आन्दोलनमा उत्रने चेतावनी दिए । देशमा खाद्यान्न र पशु… ...

अनलाइन खबर
महान्यायाधिवक्ताको प्रश्न– ‘३८ क्विन्टल सुन तस्करीमा समेत संगठित अपराधको आरोप स्थापित नहुने ?’
OthersJust now

महान्यायाधिवक्ताको प्रश्न– ‘३८ क्विन्टल सुन तस्करीमा समेत संगठित अपराधको आरोप स्थापित नहुने ?’

तल्ला अदालतहरूले केवल भौतिक रूपमा सुन नभेटिएको भन्ने आधारमा सुन तस्करीको आरोपबाट सफाइ दिएपनि अरू प्रमाणहरूले ३८ क्विन्टल सुन नेपाल भित्र्याइएको पुष्टि हुने सरकारी वकिलहरूको जिकिर छ । ...

अनलाइन खबर
कात्तिक महिनामा ६४ हजारभन्दा बढी तीर्थयात्री पाथीभरा पुगे
OthersJust now

कात्तिक महिनामा ६४ हजारभन्दा बढी तीर्थयात्री पाथीभरा पुगे

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा एक महिनाको अवधिमा ६४ हजारभन्दा बढी तीर्थयात्री पुगेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार कात्तिकमा ६४ हजार १०६ जना भक्तजनले पाथीभराको दर्शन गरेका हुन् । शनिबार मात्रै ११ हजार २७२ जना भक्तजन पाथीभरा पुगेका थिए । उक्त विवरण पछिल्लो तीन वर्षयताकै एकै दिनमा मन्दिर दर्शन गर्ने भक्तजनको सबैभन्दा ठूलो सङ्ख्या रहेको पाथीभरा क्षेत्र विकास समितिका ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play