काठमाडौं गोर्खाजले दियो जनकपुर बोल्ट्सलाई ११६ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल)को आजको खेलमा काठमाण्डौं गोर्खाजले जनकपुर बोल्ट्सलाई ११६ रनको लक्ष्य दिएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौंले निर्धारित १९.३ ओभरमा ११५ रनमा अलआउट भयो । काठमान्डुलाई सस्तोमै समेट्न बलिङमा जनकपुरका आइकोनिक प्लेयर राहुल यादवले उत्कृष्ट प्रदर्शन गरे । राहुलले ४ ओभरमा ३१ रन खर्चिएर महत्वपूर्ण ४ विकेट लिए । ब्याटिङमा काठमान्डुका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाए । उनले २९ बलमा चार चौका प्रहार गरे । ६ रन जोड्दा ओपनर साम हिजलेटलाई गुमाएको काठमान्डुले १९ रन जोड्दा हरिशंकर शाहलाई गुमाउन पुग्यो । साम एक र हरिशंकर ९ रनमा पभेलियन फर्किए । त्यसपछि पनि काठमान्डुले लगातार विकेट गुमाउँदै गयो । रसिद खान १७, स्मित पटेल १३ सुमित महर्जन १०, कप्तान करण केसी ८, जहानदाद खान ५ रनमा आउट भए । रिपोन मोन्डल ९ रनमा आउट हुँदा शाहव आलम ४ रनमा अविजित रहे । जनकपुर दोस्रो खेल खेल्दैछ भने काठमाडौं पहिलो खेल खेलिरहेको हो । जनकपुर यसअघि कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

सिंहदरबारमा सभामुखलाई २० मिनेट भेटेर फर्किए रवि लामिछाने
सभामुखको सचिवालयका अनुसार रास्वपा सभापति लामिछानेसँग सभामुखको करिब २० मिनेट भेट भयो । ...

अमेरिकाले नेपाललाई १५ करोड डलरभन्दा बढीका हेलिकोप्टर, ड्रोन र जेटबोट दिने
काठमाण्डु- अमेरिकाले नेपालको विपद् प्रतिकार्य क्षमता सुदृढ बनाउन १५ करोड अमेरिकी डलरभन्दा बढी मूल्यका अमेरिकी हेलिकोप्टर, ड्रोन र नदीमा सञ्चालन हुने जेटबोट दिने भएको छ। यी उपकरणको आपूर्ति आगामी वर्षदेखि सुरू हुने काठमाडौंस्थित अमेरिकी दूतावासले बिहीबार जानकारी दिएको छ। अमेरिकाले उपलब्ध गराउने हेलिकोप्टर, ड्रोन र जेटबोटले नेपालमा खोज तथा उद्धार, बिरामी तथा घाइतेको आकस्मिक उद्धार […] ...

इनमसँग खुल्दै एकपछि अर्को हाईप्रोफाइल कनेक्सन, अनुसन्धान गर्न छुट्टै समिति गठन
अहिले प्रधानन्यायाधीशदेखि, न्यायाधीशहरू, प्रहरीका उच्च अधिकारीहरू, सशस्त्र प्रहरीका अधिकारीहरू, व्यवसायीहरू, कर्मचारीहरूदेखि सांसदसहरूसम्म इनमको कनेक्सन देखिन थालेको छ । ...

इनम सापकोटाबारे प्रधानन्यायाधीशको वक्तव्य : मेरो चिनजान र सम्पर्क छैन
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले इनम सापकोटासँग जोडिएका प्रसंगहरूबारे आफ्ना धारणा सार्वजनिक गर्दै उनीसँग कुनै सम्पर्क र चिनजान नरहेको दाबी गरेका छन् । ...


