काठमाडौं उपत्यकाको प्रारम्भिक न्यूनतम तापक्रम यो वर्ष आजसम्मकै कम

काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम दिनप्रतिदिन घटिरहेको छ। यस क्रममा आज (शुक्रबार) बिहान ५:४५ बजे काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १३.३ डिग्री सेल्सियस देखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए। हिजो बिहीबार यो समय काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १३.५ डिग्री सेल्सियस थियो। यस हिसाबले प्रारम्भिक मापनमा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज थप घटेको हो। आजको पनि वास्तविक न्यूनतम तापक्रम अहिले सोही समयमा पुन: मापन गरिनेछ। त्यसबेला सुरुवातमा गरिएको मापनमा भन्दा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम थोरै घट्ने सम्भावना हुन्छ। तर कहिलेकाहीँ सुरुकै कायम पनि रहन सक्ने मौसमविद् अधिकारीले बताए। मौसमविद् अधिकारीका अनुसार प्रारम्भिक मापनका हिसाबले १३.३ डिग्री सेल्सियस, काठमाडौं उपत्यकामा यो वर्ष आजसम्मकै कम न्यूनतम तापक्रम हो।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर
स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच बदलिँदो विश्व परिस्थितिमा अन्तरराष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे रोचक प्रश्नोत्तर ...

बहुपक्षीयताबाट क्षेत्रीय सहकार्यतर्फको यात्रा : अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबिच रोचक प्रश्नोत्तर
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशंकरबिच बदलिँदो विश्व परिस्थितिमा अन्तरराष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे रोचक प्रश्नोत्तर भएको छ । भारतीय टेलिभिजन च्यानल एनडिटीभीले आयोजना गरेको... ...

वाग्ले–जयशंकरबीच विश्व सहकार्यबारे रोचक संवाद
काठमाडौं।अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच बदलिँदो विश्व परिस्थितिमा अन्तर्राष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे रोचक प्रश्नोत्तर भएको छ। भारतीय टेलिभिजन च्यानल एनडिटीभीले आयोजना गरेको ‘एनडीटीभी वल्र्ड समिट २०२६’ अन्तर्गत बिहीबार आयोजित एक सत्रमा दुई नेताबीच विश्व व्यवस्थामा देखिएको परिवर्तन, बहुपक्षीय सहकार्यको भविष्य र क्षेत्रीय तथा उपक्षेत्रीय साझेदारीको आवश्यकताबारे छलफल भएको हो। समिटको ‘द जियोपोलिटिक्स अफ सोभरेन चोइस’ शीर्षकको ...

पोखराले भित्र्यायो तेस्रो बंगलादेशी क्रिकेटर मोहम्मद सैफुद्दिन
नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणका लागि पोखरा एभेन्जर्सले बंगलादेशी अलराउन्डर मोहम्मद सैफुद्दिनलाई अनुबन्ध गरेको छ। पोखराले तेस्रो एनपीएलका लागि अनुबन्ध गरेको सैफुद्दिन तेस्रा बंगलादेशी खेलाडी हुन् भने समग्रमा पाँचौँ विदेशी खेलाडी हुन्। पोखराले यसअघि नै बंगलादेशका चर्चित अलराउन्डर शाकिब अल हशन र महेदी हसनलाई अनुबन्ध गरिसकेको छ। यस्तै श्र... ...


