Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

काठमाडौंलाई बस्न योग्य सहर बनाउने मन्त्री श्रेष्ठको प्रतिबद्धता

Share:WhatsAppFacebookX (Twitter)Telegram
काठमाडौंलाई बस्न योग्य सहर बनाउने मन्त्री श्रेष्ठको प्रतिबद्धता
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागमती र विष्णुमती नदीलाई सफा बनाई काठमाडौँलाई सुरक्षित तथा बस्नयोग्य सहरका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘काठमाडौं जलवायु कार्य सप्ताह’ लाई आज सम्बोधन गर्दै काठमाडौँ क्षेत्र नं ८ का सांसदसमेत रहेका मन्त्री श्रेष्ठले नदी संरक्षण, बाढी नियन्त्रण र सहरी पर्यावरण सुधारका लागि सङ्घीय सरकारका तर्फबाट ठोस कार्ययोजना सार्वजनिक गरिएको जानकारी दिए । जथाभावी कङ्क्रिटका संरचना बन्दा खेत, पोखरी र खुला जमिन मासिएको, सहरको तापक्रम बढेको तथा वर्षाको पानी सोस्ने जमिन नहुँदा बाढीको जोखिम बढेको उनले उल्लेख गरे । धुलो–धुवाँले शताब्दीयौँ पुराना मन्दिर तथा सम्पदाको अवस्था बिग्रँदै गएको उनको भनाइ थियो । जलवायु परिवर्तनले सङ्कट अझ थपेको बताउँदै श्रेष्ठले केही दिनको अवधिमा विभिन्न नदी करिडोरमा ठूला ढुङ्गा र गेग्रानसहितको बाढी आउनु, हिमपहिरो जानु र हिमनदी पग्लिनु गम्भीर चेतावनी भएको बताए । पछिल्ला चार वर्षमा लोप हुन लागेका पुराना ढुङ्गेधारा (हिटी) र राजकुलो ब्युँताएर भूमिगत जलभण्डार जोगाउन भूमिका खेलेकामा काठमाडौँ महानगरपालिका, कार्यवाहक प्रमुख र वडा अध्यक्षको उनले प्रशंसा गरे । बाढीको पूर्वसूचना र हिमनदी अनुगमन प्रणाली जडान गरिने, बाढी आउनुअघि नै वडा र घरपरिवारले जानकारी पाउन सकून् भनेर जल तथा मौसम विज्ञान विभागमार्फत वर्षा मापन, सहरी बाढी मोडलिङ र पूर्वसूचना प्रणालीमा महानगर तथा अन्य सहरसँग सहकार्य गर्ने योजना अगाडि सारिएको जानकारी दिए । नवीन प्रविधिमा युवाको सक्रियताको प्रशंसा गर्दै मन्त्री श्रेष्ठले कक्षा १२ का विद्यार्थीले मोबाइल नेटवर्कबिनै विपद्को सूचना पठाउने सञ्चार प्रणाली तयार पारेको उदाहरण दिए । कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका मन्त्री श्रेष्ठले रूखै–रूखले भरिएका शीतल सडक, १५ मिनेटमै हिँडेर पुग्न सकिने ऐतिहासिक टोल र बहाल, चोरी भएका मूर्ति फिर्ता, साइकल लेन र चराचुरुङ्गीको चिरबिरसहितको सफा बागमती–विष्णुमती करिडोर, काठमाडौँ वरिपरिका जङ्गल र राष्ट्रिय निकुञ्जको पारिस्थितिक सन्तुलनको परिकल्पना गरिएको बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
मोदीले भने– नेपालविना हाम्रो धाम पनि अधुरो छ
Latest NewsJust now

मोदीले भने– नेपालविना हाम्रो धाम पनि अधुरो छ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतबीचको सम्बन्ध छिमेकी मुलुकको सम्बन्धमा मात्रै सीमित नरहेको बताएका छन्।  उनले दुवै देशको इतिहास, संस्कृति र परम्परा एकअर्कासँग जोडिएको उल्लेख गर्दै नेपालबिना भारतको धाम पनि अधुरो रहेको बताएका हुन्। भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री वालेन्द्र शाहसँगको भेटपछिको संयुक्त पत्रकार सम्मेलनमा मोदीले नेपाल र भारतका... ...

नेपालखबर
मोदीलाई नेपाल भ्रमणको निम्तो दिँदै बालेनले भने– ‘नेपालमा लगानी गर्नुस्’
Latest NewsJust now

मोदीलाई नेपाल भ्रमणको निम्तो दिँदै बालेनले भने– ‘नेपालमा लगानी गर्नुस्’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । आज (सोमबार) नयाँ दिल्लीमा आयोजित नेपाल–भारत संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् । सो अवसरमा प्रधानमन्त्री शाहले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न स्वागत गर्न सरकार तयार रहेको बताएका छन् । उनले […] ...

लोकपथ
नेपाल-भारत सडक र सीमा सम्पर्क विस्तार गरिने, धार्चुलामा पुल उद्घाटन
Latest NewsJust now

नेपाल-भारत सडक र सीमा सम्पर्क विस्तार गरिने, धार्चुलामा पुल उद्घाटन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतबीच सडक तथा सीमा सम्पर्क सञ्जाललाई थप मजबुत बनाइने बताएका छन्। प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा सोमबार नयाँ दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै भारतीय प्रधानमन्त्री मोदीले भारतको उत्तराखण्ड र नेपाललाई जोड्ने धार्चुलास्थित सडक पुलको उद्घाटन गरिएको जानकारी दिएका छन्।  त्यस्तै, बनबासामा एकीकृ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement