Monday, October 19, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/काठमाडौंमा स्कुटर चोरी गर्ने दुई जना पक्राउ, चोरी भएको स्कुटर नयाँ बसपार्कमा फेला

काठमाडौंमा स्कुटर चोरी गर्ने दुई जना पक्राउ, चोरी भएको स्कुटर नयाँ बसपार्कमा फेला

Share:WhatsAppFacebookX (Twitter)Telegram
काठमाडौंमा स्कुटर चोरी गर्ने दुई जना पक्राउ, चोरी भएको स्कुटर नयाँ बसपार्कमा फेला

काठमाडौँ । काठमाडौँको रानीबारीबाट पार्किङ गरी राखिएको स्कुटर चोरी गरी फरार रहेका दुई जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा संखुवासभाको धर्मदेवी गाउँपालिका–७ घर भई हाल तारकेश्वर नगरपालिका–९ बस्ने २० वर्षीय रविन राई र धादिङको गङ्गाजमुना गाउँपालिका–७ घर भई हाल सोही स्थान बस्ने ३१ वर्षीय सुनिल खत्री रहेका छन्। गत असोज १४ गते बिहान १:०० बजेदेखि ५:०० बजेको समयमा काठमाडौँ महानगरपालिका–२६ रानीबारीस्थित रानीदेवी विद्यालय नजिक सडकमा पार्किङ गरी राखिएको बा ९३ प ६९९७ नम्बरको होन्डा डिओ स्कुटर चोरी भएको थियो। घटनाको अनुसन्धान तथा खोजितलास गर्ने क्रममा कार्यालयबाट खटिएको प्रहरी टोलीले असोज ३० गते बेलुका तारकेश्वर नगरपालिका–९ स्थित नयाँ बसपार्कबाट चोरी भएको स्कुटरसहित उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त सोह्रखुट्टे पठाइएको कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

बाढीपहिरोबाट जलजलाका ३१६ घरमा क्षति, ३५ परिवार विस्थापित
ताजा खबरJust now

बाढीपहिरोबाट जलजलाका ३१६ घरमा क्षति, ३५ परिवार विस्थापित

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा ३०० भन्दाबढी घरपरिवार प्रभावित भएका छन् । गत असोज ८ देखि ११ गतेसम्मको झरिपछि कालीगण्डकी नदीमा आएको बाढी र पहिरोका कारण ३१६ घरमा क्षति पुगेको गाउँपालिकाले जनाएको छ । जलजलाका प्रमुख प्रशासकीय अधिकृत सन्दीप काफ्लेले १२६ घर पूर्ण र ५० घरमा आंशिक क्षति पुगेको जानकारी दिए । ...

केन्द्रबिन्दु
महत्त्वपूर्ण खेलमा नेपालले ओमानविरुद्ध टस जित्यो, पहिले ब्याटिङ गर्ने
ताजा खबरJust now

महत्त्वपूर्ण खेलमा नेपालले ओमानविरुद्ध टस जित्यो, पहिले ब्याटिङ गर्ने

नेपालले ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। अल अमिरात मैदानमा केही बेरअघि नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो।  ...

नेपालखबर
चाडबाडमा घुमफिर गर्नेहरूको रोजाइ  रामारोशन
ताजा खबरJust now

चाडबाडमा घुमफिर गर्नेहरूको रोजाइ रामारोशन

सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य रामारोशन प्राकृतिक सौन्दर्य, तालतलैया र हरियाली पाटनका कारण परिचित छ । यहाँका १२ वटा ताल र १८ वटा ठूला मैदानले यस क्षेत्रलाई विशिष्ट पहिचान दिएका छन् । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play