काठमाडौंमा सशस्त्र प्रहरीले चलायो निःशुल्क बस, यस्तो छ रुट

वडादशैंका अवसरमा सशस्त्र प्रहरी बलले काठमाडौँ उपत्यकाभित्र सर्वसाधारण यात्रुहरूका लागि बस संचालनमा ल्याएको छ । चाडपर्वका बेला सार्वजनिक यातायातका साधन कम चल्ने भएकाले यात्रुहरुलाई सहज आवतजावतका लागि दुई वटा बस निःशुल्क रूपमा सञ्चालन गरिएको सशस्त्र प्रहरी नायव महानिरीक्षक तथा प्रवक्ता नेत्र बहादुर कार्कीले जानकारी दिए । सशस्त्र प्रहरी बल, नेपालले उपत्यकाभित्र सञ्चालन गर्ने सो निःशुल्क बस सेवा आजबाट लगातार तीन दिन बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म सञ्चालन हुने व्यवस्था मिलाइएको प्रवक्ता कार्कीले जानकारी दिए । काठमाडौँ उपत्यकामा सञ्चालन गरिने बसहरूमध्ये सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट निस्कने एउटा बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर,सातदोबाटो बल्खु हुँदै विभिन्न ठाउँका स्थानीय यात्रुहरूलाई सेवा प्रदान गर्नेछ। यसैगरी सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाटै निस्कने अर्को बसले सितापाइला, कलङ्की, बल्खु, कोटेश्वर,नयाँ बसपार्क,हुँदै विभिन्न ठाउँका यात्रुहरूलाई निःशुल्क सेवा प्रदान गर्नेछ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

पश्चिम एसिया तनावबीच कतारद्वारा नयाँ क्षेत्रीय रक्षा साझेदारीको घोषणा गर्ने तयारी
२ असोज, काठमाडौं । कतारले आफ्नो सैन्य क्षमता सुदृढ गर्ने उद्देश्यले चाँडै नै एउटा नयाँ क्षेत्रीय रक्षा साझेदारीको घोषणा गर्ने तयारी गरेको छ। कतारका उपप्रधानमन्त्री तथा रक्षा राज्यमन्त्री शेख साउद बिन अब्दुलरहमान अलथानीले दोहामा आयोजित ग्लोबल सेक्युरिटी फोरममा यसबारे जानकारी दिएका हुन्। उनका अनुसार, कतारले भर्खरै आफ्नो रक्षा क्षमताको समीक्षा गर्दै वायु रक्षा, एन्टी-ड्रोन प्रविधि,… ...

कञ्चनपुरमा दिसाबाट निकालियो हेरोइन, एक जना पक्राउ
२ कात्तिक, कञ्चनपुर । कञ्चनपुरमा निलेर पेटभित्र लागूऔषध लुकाएका एक जनाको दिसाबाट १० ग्राम ४२० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१८ का ३३ वर्षीय राज चौधरी छन् । कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार लागूऔषध सेवन तथा ओसारपसार भइरहेको सूचनाका आधारमा चौधरीलाई… ...

आरुघाटस्थित बूढीगण्डकीमा सञ्चालनमा आयो बेलीब्रिज
२ कात्तिक, काठमाडौं । गोरखाको आरुघाटस्थित बूढीगण्डकी नदीमा बेलीब्रिज निर्माण गरी सञ्चालनमा ल्याइएको छ। नेपाली सेनाले सोमबार नै पुल निर्माण सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गरेको छ । नेपाली सेना र सडक विभागको सहकार्यमा पुल निर्माण भएपछि बाढीका कारण प्रभावित बनेको आवतजावत सहज भएको छ। २७.४३ मिटर लम्बाइको उक्त बेलीब्रिजको अधिकतम भारवहन क्षमता २५ टन रहेको… ...

जुम्लामा पाइप बम विस्फोट, २ जना घाइते
जुम्लाको हिमा गाउँपालिका २, ओदीमा पाइपजस्तो वस्तु काट्ने क्रममा विस्फोट हुँदा १४ वर्षीय बालक गम्भीर घाइते भएका छन् भने अर्का एकजना सामान्य घाइते भएका छन् । हिमा गाउँपालिका २ का वडाध्यक्ष हरिबहादुर रोकायाका अनुसार स्थानीय कमल थापाको घरमा पानीको धारा निर्माण गर्ने क्रममा पुरानो जीआई पाइपजस्तो वस्तु ग्राइन्डरले काट्दा विस्फोट भएको हो । विस्फोटमा परी स्थानीय बल रोकाया गम्भीर घाईते भएका छन् ...


