काठमाडौंमा प्रहरीको विशेष ‘स्वीप अपरेसन’, फरारसहित ७५ जना समातिए
काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा कायम गर्ने उद्देश्यले नेपाल प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ मा ७५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गएको २४ घण्टामा काठमाडौँका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष सुरक्षा अभियानमा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमध्ये ६० पुरुष र १४ जना महिला छन् । त्यस अपरेसनमा अन्य एक जनालाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले समाजमा शान्ति, सुव्यवस्था कायम गरी आपराधिक गतिविधि रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले विशेष प्रहरी परिचालन गरी स्वीप अपरेसन सञ्चालन गरिएको जानकारी दिए । उनका अनुसार सार्वजनिकस्थल, सार्वजनिक यातायातका साधन, सरकारी तथा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालय आसपासका क्षेत्रलगायत नागरिकको बढी आवतजावत हुने स्थानलाई लक्षित गरी अभियान सञ्चालन गरिएको हो । प्रहरीले सार्वजनिकस्थल तथा यातायातका साधनमा सेवाग्राही र सर्वसाधारणमाथि हातपात गर्ने, होहल्ला तथा हुलहुज्जत गर्ने, दुर्व्यवहार गर्ने, चोरी, लुटपाट, बिचौलियाको गतिविधि सञ्चालन गर्ने तथा गुण्डागर्दीजस्ता आपराधिक गतिविधिमा संलग्न रहेको आशङ्कामा विभिन्न व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ । उक्त अभियानका क्रममा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई दण्ड तथा सजाय तोकिएका आठ जना कसुरदारसमेत पक्राउ परेका छन् । त्यसैगरी विभिन्न मुद्दामा अनुसन्धान तथा कानुनी कारबाहीका क्रममा फरार रहेका चार जना प्रतिवादीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । त्यस्तै अदालतबाट सजाय तोकिएका र चालु मुद्दामा फरार रहेका गरी १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । प्रहरीका अनुसार स्वीप अपरेसनको मुख्य उद्देश्य सार्वजनिकस्थलमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्नु, फरार कसुरदार तथा प्रतिवादीको खोजी गर्नु र नागरिकलाई सुरक्षित वातावरणमा दैनिक गतिविधि सञ्चालन गर्न सहयोग पुर्याउनु हो । विशेषगरी सार्वजनिक यातायात, भीडभाड स्थान तथा सेवाग्राहीको बढी उपस्थिति रहने क्षेत्रमा हुने चोरी, लुटपाट, दुर्व्यवहार, बिचौलियाको गतिविधि र गुण्डागर्दी नियन्त्रणलाई अभियानमा प्राथमिकता दिइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरीले पक्राउ परेका व्यक्तिको संलग्नता तथा उनीहरूमाथि लागेका आरोपका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

हुम्लाको मौलिक परम्परा : धामीले कम्मरमा भाँचे फलामको डण्डा
हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा आयोजित धार्मिक तथा सांस्कृतिक कार्यक्रममा पार्कीबाडा मष्टाका धामीले सोटा (फलामको डण्डा) भाँचेर आफ्नो शक्ति प्रदर्शन गरेका छन्। स्थानीय देवीदेवताको पूजाआजा तथा परम्परागत नाचका क्रममा धामीले आफ्नै कम्मरमा फलामको डण्डा भाँचेर प्रदर्शन गरेको दृश्यले उपस्थित दर्शकको ध्यान आकर्षित गरेको थियो। कर्णालीका हिमाली जिल्लामा धामी नाच स्थानीय धार्मिक आस्था, विश्वास र मौलिक संस्कृतिसँग जोडिएको परम्परा हो। विभिन्न ...

हिमालय टिभीले एनपीएल तीन भाषामा प्रसारण गर्ने, जनकपुरको खेलमा मैथिली कमेन्ट्री पनि
नेपाली भाषाको कमेन्ट्री मुख्य च्यानल हिमालय टिभीबाट प्रत्यक्ष प्रसारण हुनेछ। त्यसैगरी, अङ्ग्रेजी भाषाको कमेन्ट्रीसहितको प्रत्यक्ष प्रसारण भने हिमालय स्पोर्ट्स च्यानलमार्फत हेर्न सकिनेछ। ...

५ करोडभन्दा बढी पटक हेरियो, ‘मायालाई के दिऊँ म बैना’
अभिनेत्री स्वस्तिमा खड्काले एउटा फोटो सेयर गर्दै लेखेकी थिइन्, ‘नेपालका कतिपय ठाउँमा, जहाँ सायद मेरा फिल्महरू पुग्न सकेनन्, त्यहाँ मेरा गीतहरूले मलाई पुर्याइदिए । मेरो करियरमा गीतहरूको भूमिका एकदमै ठूलो छ ।’ उनले यो प्रसङ्ग उप्काउनुको कारण हो, ‘मायालाई के दिऊँ म बैना’ले पाएको सफलता । यो गीतले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएपछि दङ्ग… ...

बुढानीलकण्ठस्थित लेमन ट्री प्रिमियरका खानामा ५० प्रतिशत छुट
१० कात्तिक, काठमाडौं । बुढानीलकण्ठस्थित लेमन ट्री प्रिमियर होटलले चाडपर्वलाई लक्षित गर्दै आफ्ना तीन वटा डाइनिङ आउटलेटका खानामा ५० प्रतिशत छुट दिने भएको छ। होटलले प्रत्येक मंगलबार र बुधबार उपलब्ध गराउने उक्त छुट आगामी नोभेम्बर ३० सम्म लागु हुने जनाएको छ। यो अफर सिट्रस क्याफे, रिपब्लिक अफ नुडल्स र स्लाउन्जमा उपलब्ध हुनेछ। सिट्रसमा भारतीय, नेपाली… ...

