काठमाडौंमा ‘द गभर्नर्स टेबल’, ह्विस्कीको स्वाद र आतिथ्यको विशेष अनुभव

काठमाडौ । ह्विस्कीको स्वाद, सुगन्ध र त्यससँग जोडिएको परिष्कृत आतिथ्यलाई केन्द्रमा राख्दै ‘द गभर्नर्स टेबल’ नामक विशेष कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ । सागर डिस्टिलरी लिमिटेडको ब्रान्ड ‘द गभर्नर’द्वारा याक एन्ड यतिको डाइनास्टी हलमा बिहीबार आयोजित निमन्त्रणा–आधारित कार्यक्रममा आमन्त्रित पाहुनाहरूले ह्विस्कीका विविध पक्षबारे जानकारी लिनुका साथै विशेष स्वाद अनुभव गर्ने अवसर पाए । कार्यक्रम परम्परागत स्वाद चाख्ने सत्रमा मात्र सीमित थिएन । कार्यक्रममा ह्विस्कीको रङ, चरित्र र सुगन्धबारे जानकारी दिँदै हाइल्यान्ड र स्पेसाइड शैलीका माल्टका विशिष्ट सुगन्ध पहिचान गराइएको थियो । त्यसपछि पाहुनाहरूलाई ‘द गभर्नर’लाई निट, अन द रक्स र पानीसँग गरी तीन फरक शैलीमा अनुभव गराइएको थियो । ह्विस्कीसँग मिल्ने परिकारहरूको विशेष संयोजनले स्वाद अनुभवलाई थप रोचक बनाएको थियो । औपचारिक स्वाद सत्रपछि ग्रेजिङ टेबल, ककटेल, रात्रिभोज र प्रत्यक्ष गजल प्रस्तुतिसहित कार्यक्रमलाई अनौपचारिक र आत्मीय माहोलमा अगाडि बढाइएको थियो । ह्विस्कीलाई केवल पेयका रूपमा नभई स्वाद, सुगन्ध र अनुभवसँग जोडेर प्रस्तुत गर्ने उद्देश्यसहित आयोजना गरिएको ‘द गभर्नर्स टेबल’ले ब्रान्ड अनुभवलाई फरक ढङ्गले प्रस्तुत गर्ने प्रयास गरेको आयोजकले जनाएको छ । स्वादको सूक्ष्मता, खानासँगको संयोजन र गुणस्तरीय आतिथ्यलाई एउटै परिवेशमा समेट्दै कार्यक्रम सम्पन्न भएको थियो । The post काठमाडौंमा ‘द गभर्नर्स टेबल’, ह्विस्कीको स्वाद र आतिथ्यको विशेष अनुभव appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

झलनाथ खनालको स्वास्थ्य बुझ्न ह्याम्स अस्पताल पुगे केपी ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्था बुझ्न आइतबार काठमाडौंस्थित ह्याम्स अस्पताल पुगेका छन्। मुटुसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना भएका नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता खनालको स्वास्थ्य अवस्थाबारे ओलीले जानकारी लिएका हुन्। खनाल आइतबार अस्पताल भर्ना भएका हुन्। ...

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा
करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गत असोज १६ देखि ३१ गतेसम्मका १६ जना पाक्षिक उपहार विजेता र बम्पर उपहार विजेता घोषणा गरिएको छ । ...

दुई महिनापछि तातोपानी नाका हुँदै तीन कन्टेनर सामान नेपाल भित्रियो
करिब दुई महिनादेखि बन्द तातोपानी भन्सार नाका सञ्चालनमा आएको छ। गत भदौ १४ गतेदेखि बन्द रहेको तातोपानी नाका आज कात्तिक १ गतेदेख सञ्चालनमा आएको हो। आज तातोपानी नाकाबाट ६ वटा कन्टेनर पास भएका छन्। तातोपानी भन्सार कार्यालयका अधिकृत नरेन्द्र जैसीका अनुसार तीन वटा मालवहाक कन्टेनर चीनबाट आएको र ३ वटा खाली कन्टेनर नेपाल तर्फबाट गएको जानकारी दिए। ... ...

पृथ्वी राजमार्गमा सवारी चाप घट्यो, धुलो र खाल्डाखुल्डीले यात्रामा सास्ती
काठमाडौं । बडादसैँमा राजधानीबाट गृहजिल्ला फर्कने यात्रुको आउजाउ निरन्तर रहे पनि पृथ्वी राजमार्गमा विगतका वर्षहरूको तुलनामा सवारीसाधनको चाप घटेको छ । दसैँका कारण सडक किनारका साना खानपिनका पसल तथा होटलहरू प्रायः बन्द छन् । यद्यपि, मलेखु क्षेत्रका माछा होटल र बेनिघाट क्षेत्रका स्टाफ होटलमा घर फर्किंदै गरेका तथा यात्रामा रहेका सर्वसाधारणको चहलपहल देखिन्छ । राजमार्गमा ठूला मालवाहक सवारीसाधनको उपस्थिति न्यून छ । ...


