Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

काठमाडौं–धुलिखेलमैत्री पार्क निर्माण सम्झौता

Share:WhatsAppFacebookX (Twitter)Telegram
काठमाडौं–धुलिखेलमैत्री पार्क निर्माण सम्झौता
Photo / Coverage: केन्द्रबिन्दु

काभ्रे । काठमाडौं महानगरपालिका र धुलिखेल नगरपालिकाले धुलिखेल क्षेत्रमा पर्यटन प्रवर्द्धन र स्थानीय आर्थिक गतिविधि विस्तार गर्न मैत्री पार्क निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । सोही सिलसिलामा धुलिखेल नगरपालिका–७ स्थित पार्कलाई थप व्यवस्थित र सुविधासम्पन्न बनाउन दुवै पालिकाबीच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल र धुलिखेल नगरपालिकाका कार्यवाहक प्रमुख निराजन जङ्गमबीच हस्ताक्षर भएको हो । सम्झौतामा उक्त पार्कलाई पारिवारिक मनोरञ्जन तथा विश्रामका लागि आकर्षक गन्तव्यका रूपमा विकास गर्ने योजना रहेको छ । पार्क निर्माणका लागि रु सात करोड बजेट आवश्यक पर्ने पूर्वानुमान गरिएको छ । तीन वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको सम्झौताअनुसार चालु आर्थिक वर्षमा रु एक करोड खर्च गरिने छ । पार्क निर्माणले धुलिखेलमा आन्तरिक पर्यटकको आकर्षण बढाउने तथा स्थानीय आर्थिक गतिविधिमा चलायमान बनाउन सहयोग पुग्ने कार्यवाहक प्रमुख जङ्गमले विश्वास व्यक्त गरे । उाले सम्झौताले दुई नगरपालिकाबीचको संस्थागत सहकार्य र नागरिकबीचको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ बनाउने विश्वास समेत व्यक्त गरे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
महिला हिंसा अन्त्य गर्न छोरीका अभिभावकको दायित्व
Latest NewsJust now

महिला हिंसा अन्त्य गर्न छोरीका अभिभावकको दायित्व

हिंसाका कारण महिलाको स्वास्थ्य, आत्मविश्वास र कार्यक्षमतामा पर्ने असरले परिवारको आयआर्जनदेखि समग्र उत्पादन र आर्थिक गतिविधिसम्म प्रभावित हुन्छ। महिलालाई सुरक्षित, सम्मानित र आत्मनिर्भर बनाउँदा श्रमशक्तिमा उनीहरूको सहभागिता बढ्छ, उद्यमशीलता विस्तार हुन्छ र परिवारको जीवनस्तर सुधारिन्छ। ___लक्ष्मी ज्ञवाली____ हरेक वर्ष नोभेम्बर २५ लाई महिलामाथि हुने हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाइन्छ। नोभेम्बर २५ देखि डिसेम्बर १० अर्थात् अन्तर्राष्ट्रिय मानव अधिकार दिवससम्म ...

टक्सार
आईटी निर्यातकर्ताले विदेशमा खाता खोल्न पाउने, विदेशी मुद्रा प्रतिधारण खाताको कानुनी प्रबन्ध प्रस्ताव
Latest NewsJust now

आईटी निर्यातकर्ताले विदेशमा खाता खोल्न पाउने, विदेशी मुद्रा प्रतिधारण खाताको कानुनी प्रबन्ध प्रस्ताव

राष्ट्र बैंकले तोकिदिएको सीमाभित्र रहेर सफ्टवेयर, सर्भर, क्लाउड वा डिजिटल विज्ञापनजस्ता तोकिएका व्यावसायिक सेवाको भुक्तानी गर्दा प्रत्येक पटक राष्ट्र बैंकको पूर्वस्वीकृति लिनुपर्ने छैन । ...

कान्तिपुर
अटिजम भएका बालबालिकाले पढ्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्न नै गलत हो : सुनिता डंगोल
Latest NewsJust now

अटिजम भएका बालबालिकाले पढ्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्न नै गलत हो : सुनिता डंगोल

काठमाडौं । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले अटिजम, बौद्धिक अपाङ्गता भएका बालबालिकाले पढ्न सक्छन् त रु भनेर समाजमा गरिने प्रश्न नै गलत भएको बताएकी छिन् । अटिजम भएका बालबालिकाका लागि विद्यालय तथा अनुसन्धान केन्द्र भवनको शिलान्यास गर्दै उनले यस्तो बताएकी हुन् । ‘अटिजम भएका, बौद्धिक अपाङ्गता भएका बालबालिकाले पढ्न सक्छन् त ? भनेर समाजमा गरिने प्रश्न नै गलत छ,’ उनले ...

केन्द्रबिन्दु
जुम्लामा राजमार्गका अतिक्रमित संरचना हटाउन सुरु
Latest NewsJust now

जुम्लामा राजमार्गका अतिक्रमित संरचना हटाउन सुरु

जुम्ला। सडक डिभिजन कार्यालय जुम्लाले कर्णाली राजमार्गअन्तर्गत नाग्म–जुम्ला क्षेत्रमा सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने कार्य सुरु गरेको छ। सार्वजनिक सडकको संरक्षण, सुरक्षा, यातायात सञ्चालनमा सहजता तथा सडकको उचित व्यवस्थापन गर्ने उद्देश्यले सार्वजनिक अतिक्रमित संरचना हटाउने कार्य अघि बढाइएको सडक डिभिजन कार्यालयका प्रमुख श्रवणकुमार महताराले जानकारी दिए। त्यस सिलसिलामा स्थानीय तिला गाउँपालिकास्थित कुडारीबजार र त्रिवेणी बजार क्षेत्रका अतिक्रमित सबै संरचना हटाउन ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement