Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/काठमाडौंका अतिक्रमित ३०२ रोपनी जग्गा सरकारको नाममा

काठमाडौंका अतिक्रमित ३०२ रोपनी जग्गा सरकारको नाममा

Share:WhatsAppFacebookX (Twitter)Telegram
काठमाडौंका अतिक्रमित ३०२ रोपनी जग्गा सरकारको नाममा

काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग)को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौँ महानगरपालिका–४, ५, ८, ९, १०, १२ र २९ को ३०२ रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याइएको छ । रावल आयोगको प्रतिवेदनमा सरकारी तथा सार्वजनिक जग्गाका रूपमा औँल्याइएका जग्गा संरक्षण तथा सरकारको नाममा कायम गर्ने निर्णयअनुसार भूमि प्रशासन कार्यालय डिल्लीबजारले काठमाडौं महानगरपालिकाका सातवटा वडाको ३०२ रोपनी जग्गाको सम्बन्धमा रावल आयोगको प्रतिवेदनअनुसारको क्षेत्रफल कट्टा गरी नेपाल सरकारको नाममा ल्याइएको हो । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गठन गरेको प्रतिवेदन कार्यान्वयन समितिले प्रतिवेदनका आधारमा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण भएको उल्लेख गरिएका कित्ताबाट अतिक्रमित भनिएको क्षेत्रफल एकमुष्ट कट्टा गरी नेपाल सरकारको नाममा ल्याउने कार्य सुरु गरेको मन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको हो । प्रतिवेदन कार्यान्वयनका लागि प्रमुख नापी अधिकृत रमेश ज्ञवालीको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिमा गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव, सम्बन्धित भूमि प्रशासन तथा नापी कार्यालयका प्रमुख, स्थानीय तह समन्वय शाखा प्रमुख, भूमि व्यवस्थापन तथा अभिलेख विभागका शाखा अधिकृत तथा नापी विभागका नापी अधिकृत सदस्यसचिव रहेका छन् । रावल आयोगले २०५२ सालमा सरकारी तथा सार्वजनिक जग्गाको अवस्था अध्ययन गरी अतिक्रमित तथा व्यक्तिका नाममा दर्ता भएका सरकारी एवं सार्वजनिक जग्गा संरक्षण गर्न सुझावसहित प्रतिवेदन दिएको थियो । सोही प्रतिवेदनलाई मन्त्रालयले लामो समयपछि कार्यान्वयनमा ल्याउँदै सरकारी तथा सार्वजनिक जग्गा सरकारको नाममा ल्याउने कार्य सुरु गरेको हो । सरकारले रावल आयोगले औँल्याएको सम्पूर्ण जग्गा छानबिन गरी सरकारको नाममा ल्याउने कार्य सुरु गरिसकेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

पत्रकार पक्राउप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग
ताजा खबरJust now

पत्रकार पक्राउप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग

विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरी प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिएको तथा पक्राउ गर्ने प्रयास गरेको घटनाप्रति प्रेस काउन्सिल नेपालले गम्भीर आपत्ति जनाएको छ। शुक्रबार कार्यालय समय सकिएपछि सादा पोशाकका प्रहरीले सञ्चारमाध्यमका कार्यालयमा प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिएको घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको काउन्सिलले... ...

नेपालखबर
समाचार टिप्पणी : प्रश्नको कठघरामा न्यायालय
ताजा खबरJust now

समाचार टिप्पणी : प्रश्नको कठघरामा न्यायालय

एक जना फिक्सर ईनम सापकोटासँग हरि फुयाललगायतका सर्वोच्च अदालतका न्यायाधीशहरूले भेटेको र प्रधानन्यायाधीश मनोज शर्मासमेत मुछिएको आर्थिक कारोबारको घटनाले न्यायाधीशहरूको निष्ठा, उनीहरूले पालना गर्नुपर्ने आचारसंहिता, अदालतको स्वतन्त्रता तथा कार्यपालिका–न्यायपालिकाबीच सम्बन्धको सीमासम्बन्धी गहिरा प्रश्नहरू उठाएको छ । ...

कान्तिपुर
पत्रकार पक्राउ गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा : कांग्रेस महामन्त्री पौडेल
ताजा खबरJust now

पत्रकार पक्राउ गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा : कांग्रेस महामन्त्री पौडेल

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै आधारमा प्रहरी परिचालन गरी पत्रकार पक्राउ गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा भएको बताएका छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै... ...

रातोपाटी
सञ्चारकर्मीमाथिको धरपकड तत्काल बन्द गर्न एमाले नेता आचार्यको माग
ताजा खबरJust now

सञ्चारकर्मीमाथिको धरपकड तत्काल बन्द गर्न एमाले नेता आचार्यको माग

काठमाडौँ। नेकपा एमालेका प्रमुख प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले नेपाली सञ्चारगृहहरूमा छापा मार्ने, सञ्चारकर्मीमाथि धरपकड गर्ने तथा भय र त्रासको वातावरण सिर्जना गर्ने सरकारको कार्यशैलीप्रति कडा आपत्ति जनाएका... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play