काठमाडौँ प्रहरीको विशेष अपरेसन : २४ घण्टामा ९२ जना पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौँले अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले सञ्चालन गरेको विशेष अभियानका क्रममा २४ घण्टाभित्र ९२ जनालाई पक्राउ गरेको छ। परिसरले काठमाडौँका विभिन्न स्थानमा सञ्चालन गरेको ‘स्विप अपरेसन’ का क्रममा शंकास्पद गतिविधिमा संलग्न तथा आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरूमाथि निगरानी बढाउँदै उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार पक्राउ पर्नेमा ८४ पुरुष र आठ महिला रहेका छन्। प्रहरीले समाजमा शान्ति सुव्यवस्था कायम राख्न, सम्भावित आपराधिक गतिविधि रोक्न तथा उच्छृङ्खल गतिविधि नियन्त्रण गर्न विशेष अभियान सञ्चालन गरेको जनाएको छ। अभियानअन्तर्गत काठमाडौँका विभिन्न स्थानमा निगरानी र प्रहरी परिचालनलाई तीव्र बनाइएको थियो। आपराधिक गतिविधिमा संलग्न हुन सक्ने व्यक्तिहरूको पहिचान तथा निगरानीलाई प्राथमिकता दिइएको प्रहरीको भनाइ छ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

नेपाल–भारत सीमा सुरक्षा बैठक सुरु, के–के विषयमा हुँदैछ छलफल?
सशस्त्र प्रहरी र भारतीय सशस्त्र सीमा बल (एसएसबी)को बिचमा सीमा सुरक्षा तथा व्यवस्थापन सम्बन्धी द्विपक्षीय बैठक काठमाडौँमा सुरु भएको छ । बुधबारदेखि सुरु भएको बैठक कात्तिक १३ सम्म चल्नेछ । बैठकमा सहभागी हुन एसएसबीका महानिर्देशक संजय सिंघल आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गरेर काठमाडौँ आएका छन् । सशस्त्र प्रहरी महानिरीक्षक नारायदत्त पौडेलले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन् । सीमा अपराध नियन्त्रण तथा दुई ...

अनलाइनखबरले सुरु गर्यो ‘ओके स्पोर्ट्स फ्यान रेटिङ’, एनपीएलका दर्शक आफैँले रेटिङ गर्न पाउने
११ कात्तिक, काठमाडौं । अनलाइनखबरले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई थप अन्तरक्रियात्मक र दर्शककेन्द्रित बनाउन ओके स्पोर्ट्स फ्यान रेटिङ सुरु गरेको छ। यस सुविधामार्फत क्रिकेटप्रेमी दर्शकले प्रत्येक खेलमा सहभागी दुवै टोली र खेलाडीको प्रदर्शनलाई १ देखि १० सम्मको अङ्क दिएर आफ्नो मूल्याङ्कन सार्वजनिक गर्न सक्नेछन्। 'ओके स्पोर्ट्स फ्यान रेटिङ'ले खेलप्रतिको दर्शकको धारणा र… ...

३ महिनामा साढे ४ अर्बको धानचामल आयात
नेपालमा मुख्यगरी भारतबाटै धानचामल भित्रिने भए पनि इटाली, पोल्यान्ड, भियतनाम, थाइल्यान्ड र चीनबाट समेत थोरै मात्रामा यस्ता उत्पादन आयात हुने गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ । ...

श्रम कार्यालयको निर्देशनपछि अस्पतालले कर्मचारीलाई दियो चाडबाड खर्च
पत्रमा श्रम ऐन २०७४ को दफा ३७ बमोजिम प्रत्येक श्रमिकले खाइपाइ आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबर रकम चाडपर्व खर्चबापत पाउनुपर्ने प्रावधान स्मरण गराइएको थियो । ...


