Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

Share:WhatsAppFacebookX (Twitter)Telegram
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै
Photo / Coverage: पर्दाफास

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठक केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे सुरु हुने पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा हिजो (मंगलबार) देखि जारी बैठकमा सभापति थापाले समसामयिक राजनीति र पार्टीको धारणा राखेका थिए भने महामन्त्री प्रदीप पौडेलले प्रस्तावित कार्यसूची प्रस्तुत गरेका थिए । आजको बैठकमा महामन्त्री पौडेलले पेस गरेको कार्यसूचीमा संगठनको आगामी कार्यभार, विपद्पछिको पुनःस्थापना तथा पुनःनिर्माण, विस्थापित सुकुमवासीको व्यवस्थापन र स्थानीय निर्वाचनलगायत विषयमा छलफल हुने बताइएको छ । बैठकको कार्यसूचीमा सङ्गठनको आगामी कार्यभारअन्तर्गत ‘हामी तयार छौँ’ अभियान, भोटेकोशी र बूढीगण्डकी क्षेत्रमा विपद्पछिको पुनःस्थापना तथा पुनःनिर्माण, विस्थापित सुकुमवासीको व्यवस्थापनलगायत नागरिक सरोकारका विषय समेटिएका छन् । त्यसैगरी, सरकारका पछिल्ला गतिविधि र आगामी स्थानीय निर्वाचनका विषयमा प्रारम्भिक छलफल गर्ने कार्यसूची पनि तय गरिएको छ । बैठकमा विविध विषयमा समेत छलफल हुने जनाइएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
दशौँ राष्ट्रिय खेलकुद : आज पाँच खेलमा प्रतिस्पर्धा हुँदै
OthersJust now

दशौँ राष्ट्रिय खेलकुद : आज पाँच खेलमा प्रतिस्पर्धा हुँदै

दशौँ राष्ट्रिय खेलकुद अन्तर्गत आज पाँच खेलका लागि प्रतिस्पर्धा हुँदैछ । औपचारिक उद्घाटन मंसिर १६ गते हुने भए पनि केही खेलहरु भने मंगलबारदेखि नै सुरु भएका थिए । सोही अन्तर्गत आज बुधबार पाँच खेलमा प्रतिस्पर्धा हुने भएका हुन् । आज प्रतिस्पर्धा हुने खेलहरुमा महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडी खेल रहेका छन् । ...

पर्दाफास
रोल्पाको बागमारा पाछाबाङ खोलामा मोटरेबल पुलको शिलान्यास
OthersJust now

रोल्पाको बागमारा पाछाबाङ खोलामा मोटरेबल पुलको शिलान्यास

९ मंसिर,रोल्पा । शहीद मार्ग अन्तर्गत दुईखोली,चुनबाङ खण्डमा पर्ने रोल्पाको परिवर्तन गाउँपालिका-३ बागमारा पाछाबाङ खोलामा पक्की मोटरेबल पुल बन्ने भएको छ । मोटरेबल पुलको पूर्वअर्थमन्त्री वर्षमान पुनले मंगलबार शिलान्यास गरेका छन् । पुलको शिलान्यास गर्दै पुनले जग्गाको समस्या र विभिन्न प्राविधिक कारणले समयमै पुल बन्न नसकेको बताए । यो वर्ष बजेट सुनिश्चित भएको र बहुवर्षीय… ...

अनलाइन खबर
सहमतिविपरीत छानबिन समिति गठन गरिएको डा. केसीको आरोप, कार्यक्षेत्र सच्याउन माग
OthersJust now

सहमतिविपरीत छानबिन समिति गठन गरिएको डा. केसीको आरोप, कार्यक्षेत्र सच्याउन माग

९ मंसिर, काठमाडौं । प्रा. डा. गोविन्द केसीले सरकारसँग भएको सहमतिविपरीत छानबिन समिति गठन गरिएको भन्दै त्यसको कार्यक्षेत्र तत्काल सच्याउन माग गरेका छन् । २५औं सत्याग्रहका क्रममा गत कात्तिक २१ गते सरकारसँग भएको सहमतिको १८ दिनपछि शिक्षा तथा खेलकुद मन्त्रालयले गठन गरेको समितिको कार्यक्षेत्र सहमतिको मर्म र उद्देश्यभन्दा फरक रहेको उनको आरोप छ । प्रेस… ...

अनलाइन खबर
लक्जेम्बर्गमा नेपाल-युरोप व्यापार तथा लगानी सम्मेलनको तयारी अन्तिम चरणमा
OthersJust now

लक्जेम्बर्गमा नेपाल-युरोप व्यापार तथा लगानी सम्मेलनको तयारी अन्तिम चरणमा

९ मंसिर, काठमाडौं । लक्जेम्बर्ग- नेपाल र युरोपबीच व्यापार, प्रविधि, लगानी तथा पर्यटन क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यले आगामी नोभेम्बर २९ र ३० मा लक्जेम्बर्गमा आयोजना हुने ‘नेपाल-युरोप टेक, ट्रेड एन्ड इन्भेस्टमेन्ट थिम्ड सेमिनार २०२६’ को तयारी अन्तिम चरणमा पुगेको छ। नेपाली व्यवसायी संघ युरोप (नेबा युरोप) को आयोजनामा डबलट्री बाई हिल्टन होटलमा हुने सम्मेलन… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement