Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

कांग्रेस केन्द्रीय कार्यसमिति पुनः जारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
कांग्रेस केन्द्रीय कार्यसमिति पुनः जारी
Photo / Coverage: विश्वखबर

ललितपुर–नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार बिहान ११ बजे पुनः बस्ने भएको छ । पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले दिएको जानकारी अनुसार पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बसेको बैठकमा महामन्त्री प्रदीप पौडेलले प्रस्तावित कार्यसूची प्रस्तुत गरेको जानकारी गराएका हुन् । महामन्त्री पौडेलले पेस गरेको कार्यसूचीमा संगठनको आगामी कार्यभार, विपद्पछिको पुनःस्थापना तथा पुनःनिर्माण, विस्थापित सुकुमवासीको व्यवस्थापन र स्थानीय निर्वाचनलगायत विषयमा छलफल हुने भएको कार्यवाहक मुख्य सचिव दुलालले जानकारी गराए । बैठकको कार्यसूचीमा सङ्गठनको आगामी कार्यभारअन्तर्गत ‘हामी तयार छौँ’ अभियान, भोटेकोशी र बूढीगण्डकी क्षेत्रमा विपद्पछिको पुनःस्थापना तथा पुनःनिर्माण, विस्थापित सुकुमवासीको व्यवस्थापनलगायत नागरिक सरोकारका विषय समेटिएका छन् । त्यसैगरी, सरकारका पछिल्ला गतिविधि र आगामी स्थानीय निर्वाचनका विषयमा प्रारम्भिक छलफल गर्ने कार्यसूची पनि तय गरिएको छ । बैठकमा विविध विषयमा समेत छलफल हुने जनाइएको छ । मंगलबार दिउँसो बसेको बैठकको प्रारम्भमा सभापति थापाले समसामयिक राजनीतिक विषयवस्तुका सम्बन्धमा विशेष सम्बोधन गरेका थिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
‘उत्पादनको करिब १ प्रतिशत मात्र किन्ने सरकार, बाँकी धान सस्तोमा बेच्न बाध्य किसान’
Latest NewsJust now

‘उत्पादनको करिब १ प्रतिशत मात्र किन्ने सरकार, बाँकी धान सस्तोमा बेच्न बाध्य किसान’

खाद्य ब्यवस्था तथा ब्यापार कम्पनीको कैलालीका ६ वटै खरिद केन्द्रमा धान बेच्न किसानले कुपन लिएर सातादेखि लाइनमै रात बिताइरहेका छन्। ...

कान्तिपुर
कोलम्बियामा सुपरमार्केटभित्र ३० जना बन्धक, उद्धारका लागि राष्ट्रपति नै घटनास्थलमा
Latest NewsJust now

कोलम्बियामा सुपरमार्केटभित्र ३० जना बन्धक, उद्धारका लागि राष्ट्रपति नै घटनास्थलमा

कोलम्बिया । कोलम्बियाको क्यारेबियन पर्यटकीय सहर कार्टाजेनास्थित एक सुपरमार्केटमा बन्दुकधारीले सर्वसाधारणलाई बन्धक बनाएपछि तनावपूर्ण अवस्था सिर्जना भएको छ। घटनाको जानकारी पाएपछि राष्ट्रपति अबेलार्डो डे ला एस्प्रिएला मंगलबार घटनास्थल पुगेका छन्। सुरक्षा निकाय र बन्दुकधारीबीच घण्टौँदेखि जारी गतिरोधका क्रममा सुपरमार्केटभित्र करिब २० जनालाई बन्धक बनाइएको थियो। घटनास्थलमा प्रहरी र एएफपीका पत्रकारहरूले राष्ट्रपतिको सवारीसाधनको टोली पुगेको पुष्टि गरेका छन्। अधिकारीहरूका अनुसार बन्दुकधारीहरूले सुरुमा एउटा ...

केन्द्रबिन्दु
पाकिस्तानी कलाकारको वेब सिरिज भारतमा प्रदर्शन रोक्न माग
Latest NewsJust now

पाकिस्तानी कलाकारको वेब सिरिज भारतमा प्रदर्शन रोक्न माग

मुम्बई । पाकिस्तानी कलाकारको भारतमा पुनरागमनलाई लिएर पुनः विवाद सुरु भएको छ । फवाद खान, माहिरा खान र हानिया आमिर अभिनित पाकिस्तानी वेब सिरिज ‘जो बचे हैं संग समेट लो’ को... ...

रातोपाटी
दसौं राष्ट्रिय खेलकुद :  महिला बास्केटबलमा सुदूरपश्चिम र पुलिस विजयी
Latest NewsJust now

दसौं राष्ट्रिय खेलकुद :  महिला बास्केटबलमा सुदूरपश्चिम र पुलिस विजयी

बुधबार बिहानका खेलमा सुदूरपश्चिमले मधेशलाई एकतर्फी रूपमा हरायो भने पुलिस क्लबले कर्णालीविरुद्ध प्रभावशाली प्रदर्शन गर्‍यो । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement