काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र संविधानमाथि भइरहेको प्रहारका विषयमा छलफल गर्न प्रतिपक्षी दलहरूको बैठक आह्वान गरेको छ। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको आह्वानमा आज दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको हो। बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई आमन्त्रण गरिएको छ। नेता आङ्देम्बेका अनुसार बैठकमा सरकारको जवाफदेहिता, सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भूमिका, पत्रकार पक्राउ तथा सञ्चारमाध्यममा प्रहरी परिचालन गरिएको विषयमा छलफल हुनेछ। त्यसैगरी, विभिन्न घटनासम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, निष्पक्ष अनुसन्धान सुनिश्चित गर्नुपर्ने तथा सरकारको कार्यशैलीबारे प्रतिपक्षी दलहरूको साझा धारणा बनाउने विषयमा समेत छलफल हुने बताइएको छ।
कांग्रेसले प्रतिपक्षी दलहरूको बैठक बोलायो

Read Complete Original Article
Published originally on नेपालन्युज






