Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/कांग्रेसभित्र एकताको प्रयास जारी छ, तर एउटै विषयमा अल्झिएर बस्दैनौँ: प्रदीप पौडेल

कांग्रेसभित्र एकताको प्रयास जारी छ, तर एउटै विषयमा अल्झिएर बस्दैनौँ: प्रदीप पौडेल

Share:WhatsAppFacebookX (Twitter)Telegram
कांग्रेसभित्र एकताको प्रयास जारी छ, तर एउटै विषयमा अल्झिएर बस्दैनौँ: प्रदीप पौडेल

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र एकता कायम गर्ने प्रयास निरन्तर जारी रहेको बताएका छन्। शुक्लागण्डकी नगर समितिद्वारा आयोजित कार्यक्रममा उनले कांग्रेसलाई थप सुदृढ र जनताप्रति उत्तरदायी बनाउन आफूहरू प्रतिबद्ध रहेको बताए। पौडेलले पार्टीभित्रको आन्तरिक एकताका लागि प्रयास भइरहेको भए पनि एउटै विषयमा मात्र अल्झिएर बस्न नहुनेमा जोड दिए। उनले भने, ‘बाटो फरक भए पनि हाम्रो गन्तव्य एउटै हो। कांग्रेससँग रिसाएका जनतालाई फेरि आकर्षित गर्न आवश्यक योजना ल्याउँछौँ।’ महामन्त्री पौडेलले जनतालाई कांग्रेस रुपान्तरण भएको अनुभूति दिलाउनु आजको आवश्यकता भएको बताए। उनले सबै पक्षसँग सहमति र सहकार्य गर्दै देशलाई समृद्ध बनाउने लक्ष्यमा अघि बढ्नुपर्ने बताएका छन्। वर्तमान सरकारको स्थिरताका विषयमा टिप्पणी गर्दै पौडेलले सरकार पाँच वर्षसम्म चल्नुपर्ने धारणा राखे। उनले सरकारको स्थिरताका पक्षमा कांग्रेस रहेको उल्लेख गर्दै सरकारले कुनै गलत काम गरेमा भने पार्टीले निरन्तर खबरदारी गर्ने स्पष्ट पारे। सो कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य दीपक भट्टराई, निवर्तमान केन्द्रीय सदस्य ध्रुव वाग्ले, निवर्तमान जिल्ला सभापति वैकुण्ठ न्यौपाने, गण्डकी प्रदेशसभा सदस्य श्यामराजा महत र राष्ट्रिय स्वतन्त्र पार्टीका गण्डकी प्रदेश सहमहामन्त्री शङ्कर पन्तले चाडपर्वले एकता र सद्भावको भावना बढाउने बताएका थिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

देशभर १३ विपद्का घटना : एकको मृत्यु, आठ जना घाइते
ताजा खबरJust now

देशभर १३ विपद्का घटना : एकको मृत्यु, आठ जना घाइते

काठमाडौँ, कात्तिक ८ गते । देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका १३ वटा विपद्का घटना भएका छन् । ती घटनामा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । विपद्का घटनाबा... ...

गोरखापत्र
आधुनिक ल्याप्रोस्कोपिक शल्यक्रियामा सक्रिय डा. रूपा पनेरु
ताजा खबरJust now

आधुनिक ल्याप्रोस्कोपिक शल्यक्रियामा सक्रिय डा. रूपा पनेरु

पोखरा । स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रूपा पनेरु महिलाको स्वास्थ्य उपचार तथा आधुनिक ल्याप्रोस्कोपिक शल्यक्रियामा सक्रिय छिन्। एमबीबीएस र एमडी (प्रसूति तथा स्त्रीरोग) अध्ययन पूरा गरेकी उनी ६... ...

रातोपाटी
संघर्षको ‘हियाका कुडा’लाई छायाँदेवी–चेतनाथ गजल पुरस्कार
ताजा खबरJust now

संघर्षको ‘हियाका कुडा’लाई छायाँदेवी–चेतनाथ गजल पुरस्कार

गजलकार कमल संघर्षको गजल कृति ‘हियाका कुडा’लाई छायाँदेवी–चेतनाथ गजल पुरस्कार–२०८२ प्रदान गरिएको छ। खस भाषामा लेखिएको उक्त कृति गजल विधामा पुर्‍याएको योगदानका लागि पुरस्कृत भएको हो। पुरस्कारको राशि रु १० हजार रहेको छ। पुरस्कारका संस्थापक जे सागरले आज आयोजित कार्यक्रममा पुरस्कार प्रदान गरे। संघर्षको ‘हियाका कुडा’ यस ... ...

नेपालखबर
रिसाएका जनतालाई आकर्षित गर्छौं: प्रदीप पौडेल
ताजा खबरJust now

रिसाएका जनतालाई आकर्षित गर्छौं: प्रदीप पौडेल

तनहुँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र व्यापक एकता कायम भएको उल्लेख गर्दै असन्तुष्ट रहेका सबै पक्षलाई पनि एकताबद्ध बनाएर अघि बढ्न कांग्रेस तयार रहेको बताएका छन्। नेपाली कांग्रेस शुक्लागण्डकी नगर समितिले आइतबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै पौडेलले कांग्रेसलाई रूपान्तरण भएको अनुभूति जनतामाझ दिलाउने गरी पार्टी अघि बढ्ने बताए। उनले सबै पक्षसँग सहमति र सहकार्य गर्दै देशलाई समृद्ध ...

अनलाइनपाना
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play