काठमाडौं । नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौलाले पार्टीबाट बाहिर रहेका नेता तथा कार्यकर्ताहरूलाई मूल प्रवाहमा फर्किन आह्वान गरेकी छन्। निर्वाचन आयोगले पार्टीको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमिति र संशोधित विधानलाई आधिकारिक मान्यता दिएपछि उनले यस्तो आग्रह गरेकी हुन्। महामन्त्री संग्रौलाले विगतका सबै तिक्तता र मतभेदहरूलाई बिर्सेर पार्टीको संगठन सुदृढीकरण अभियानमा एकजुट भई लाग्न सबैलाई आग्रह गरेकी छन्। उनले पार्टीले पूर्ण वैधानिकता प्राप्त गरिसकेको अवस्थामा सबै नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न अपिल गरेकी हुन्। ‘पार्टीले पूर्ण वैधानिकता प्राप्त गरिसकेको यस घडीमा विगतका सबै तिक्तता र मतभेदहरूलाई बिर्सेर पार्टीको मूल प्रवाहमा गोलबद्ध हुन तथा संगठन सुदृढीकरणको अभियानमा एकजुट भई अघि बढ्न बाहिर रहनुभएका सम्पूर्ण साथीहरूमा हार्दिक आह्वान गर्दछु,’ संग्रौलाले जारी गरेको अपिलमा उल्लेख छ।
कांग्रेसको मूल प्रवाहमा फर्किन महामन्त्री संग्रौलाको आह्वान

Read Complete Original Article
Published originally on नेपालन्युज






