Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

कस्तो रहला आज देशभरको मौसम ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
कस्तो रहला आज देशभरको मौसम ?
Photo / Coverage: पर्दाफास

हाल नेपालमा पश्चिमी वायु तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले देशभर आंशिक बदली हुनुका साथै विभिन्न स्थानमा हुस्सु र कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ। त्यस्तै, आज राति हिमाली भूभागमा आंशिक बदली रहनेछ भने पहाडी तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ। रातिको समयमा तराईका साथै उपत्यका र खोँचहरूमा बिहानपख केही स्थानमा हल्का हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ। हुस्सु तथा कुहिरोका कारण बिहानको समयमा सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
काठमाडौँमा प्रहरीको स्वीप अपरेसन जारी, एक सातामा ६४० जना पक्राउ
OthersJust now

काठमाडौँमा प्रहरीको स्वीप अपरेसन जारी, एक सातामा ६४० जना पक्राउ

काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा सुदृढ बनाउने उद्देश्यले प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ का क्रममा एक सातामा ६४० जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार कात्तिक ९ देखि १६ गतेसम्म सञ्चालन गरिएको अभियानका क्रममा ५५९ पुरुष, ७८ महिला र तीन जना अन्य गरी ६४० जना पक्राउ परेका हुन्। पक्राउ परेकामध्ये विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार ...

पर्दाफास
एल निनोका कारण बोलिभियामा आपत्काल घोषणा
OthersJust now

एल निनोका कारण बोलिभियामा आपत्काल घोषणा

एल निनोका कारण उत्पन्न प्राकृतिक विपत्तिको सामना गर्न आवश्यक स्रोतसाधन परिचालन गर्ने उद्देश्यले बोलिभिया सरकारले आपत्काल घोषणा गरेको हो । ...

अनलाइन खबर
पृथ्वी राजमार्ग आज पनि २ घण्टाका लागि बन्द
OthersJust now

पृथ्वी राजमार्ग आज पनि २ घण्टाका लागि बन्द

पृथ्वी राजमार्गअन्तर्गत धादिङको मझिमटारमा आज पनि दुई घण्टा सवारी आवागमन बन्द हुने भएको छ । बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटारमा आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको कामका लागि मंगलबार बिहान ९ बजेदेखि ११ बजेसम्म सबै प्रकारका सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द गरिने जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ । यसअघि सोमबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सवारी आवागमन बन्द गरेर निर्माण ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play