काठमाडौं । कतारको दोहामा नोभेम्बर १९ देखि २९ सम्म आयोजना हुने एसीसी राइजिङ स्टार्स एसिया कपका लागि भारतले आफ्नो ‘ए’ टोली घोषणा गरेको छ । भारतीय छनोट समितिले तिलक वर्माको कप्तानीमा १५ सदस्यीय टोली छनोट गरेको हो । तिलक वर्माको कप्तानीमा घोषित टोलीमा अभिषेक शर्मा, वैभव सूर्यवंशी, प्रभसिमरन सिंह, तिलक वर्मा, रजत पाटीदार, रिंकु सिंह, कुमार कुशाग्र, सूर्यांश शेड्गे, शाहबाज अहमद, विप्रज निगम, हर्ष दुबे, तनुष कोटियन, हर्षित राना, प्रिन्स यादव र अर्शद खान रहेका छन् । रजत पाटीदार उपकप्तान तथा प्रभसिमरन सिंह र कुमार कुशाग्र विकेटकिपर रहेका छन् । एकदिवसीय फर्म्याटमा हुने यस प्रतियोगितामा भारत ‘ए’ समूह ‘बी’ मा नेपाल, पाकिस्तान ‘ए’ र संयुक्त अरब इमिरेट्ससँगै रहेको छ । समूह ‘ए’ मा बंगलादेश ‘ए’, श्रीलंका ‘ए’, अफगानिस्तान ‘ए’ र हङकङ छन् । भारत ‘ए’ ले नोभेम्बर २० मा नेपालसँग पहिलो खेल खेल्नेछ । त्यसपछि नोभेम्बर २२ मा पाकिस्तान ‘ए’ र नोभेम्बर २४ मा संयुक्त अरब इमिरेट्ससँग प्रतिस्पर्धा गर्नेछ । दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल नोभेम्बर २६ र २७ मा तथा फाइनल नोभेम्बर २९ मा हुनेछ । The post राइजिङ स्टार्स एसिया कपका लागि भारत ‘ए’ टोली घोषणा, अभिषेक र बैभव सामेल appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
राइजिङ स्टार्स एसिया कपका लागि भारत ‘ए’ टोली घोषणा, अभिषेक र बैभव सामेल

Read Complete Original Article
Published originally on कर्पोरट खबर






