Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

काठमाडौँमा प्रहरीको स्वीप अपरेसन जारी, एक सातामा ६४० जना पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
काठमाडौँमा प्रहरीको स्वीप अपरेसन जारी, एक सातामा ६४० जना पक्राउ
Photo / Coverage: पर्दाफास

काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा सुदृढ बनाउने उद्देश्यले प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ का क्रममा एक सातामा ६४० जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार कात्तिक ९ देखि १६ गतेसम्म सञ्चालन गरिएको अभियानका क्रममा ५५९ पुरुष, ७८ महिला र तीन जना अन्य गरी ६४० जना पक्राउ परेका हुन्। पक्राउ परेकामध्ये विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ८२ जना र चालु मुद्दामा फरार रहेका २० जना प्रतिवादी छन्। उनीहरूमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। अभियानअन्तर्गत सार्वजनिकस्थल, सार्वजनिक यातायात, सरकारी कार्यालय आसपास, बसपार्क, व्यस्त बजार तथा बढी भिडभाड हुने क्षेत्रमा निगरानी र जाँचलाई तीव्र पारिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता दानबहादुर थापाले शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्नुका साथै सम्भावित आपराधिक गतिविधि रोकथाम र नियन्त्रण गर्न विशेष प्रहरी टोली परिचालन गरिएको जानकारी दिए। उनका अनुसार बसपार्क, सार्वजनिक यातायात, व्यस्त बजार तथा सरकारी कार्यालय आसपास चोरी, लुटपाट, दुर्व्यवहार र बिचौलियाका गतिविधि हुन सक्ने भएकाले त्यस्ता क्षेत्रमा विशेष निगरानी बढाइएको हो। पक्राउ परेका व्यक्तिमाथि लागेका आरोप तथा उनीहरूको संलग्नताबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। नागरिकलाई सुरक्षित वातावरण प्रदान गर्न विशेष निगरानी तथा जाँच अभियानलाई निरन्तरता दिइने पनि प्रहरीले स्पष्ट पारेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पहिरो, बाढी र निर्माण कार्यका कारण विभिन्न राजमार्ग अवरुद्ध
OthersJust now

पहिरो, बाढी र निर्माण कार्यका कारण विभिन्न राजमार्ग अवरुद्ध

बाढी, पहिरो तथा विकास निर्माणका कामले गर्दा देशका विभिन्न राजमार्गहरूमा यातायात आवागमन अवरुद्ध र प्रभावित भएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार बागमती, गण्डकी र कर्णाली प्रदेशका मुख्य सडक खण्डहरू पूर्ण तथा एकतर्फी रूपमा प्रभावित भएका छन् । वि.पि. राजमार्ग रोशी गाउँपालिका वडा नं. ९ पिनथली र वडा नं. ८ गिम्दीबेशीमा गएको पहिरोका कारण सडक प्रभावित भएको छ । ...

पर्दाफास
भारतीय नौसेनाद्वारा समुद्री डाकुको कब्जामा रहेको जहाज मुक्त, २० जनाको उद्धार
OthersJust now

भारतीय नौसेनाद्वारा समुद्री डाकुको कब्जामा रहेको जहाज मुक्त, २० जनाको उद्धार

भारतीय नौसेनाले सोमालियाको उत्तरपूर्वी तटनजिक सशस्त्र समुद्री डाकुहरूको कब्जामा रहेको माछा मार्ने जहाज ‘अजिनी’लाई मुक्त गराएको छ । ४८ घण्टाभन्दा बढी समय सञ्चालन गरिएको समन्वित कारबाहीमार्फत जहाजमा रहेका सबै २० जना चालक दलका सदस्यलाई सकुशल उद्धार गरिएको भारतीय नौसेनाले जनाएको छ । नौसेनाका अनुसार घटनामा कसैको मृत्यु वा चोटपटक लागेको छैन । गत महिना सोमालियाको उत्तरपूर्वी तटनजिक सशस्त्र समुद्री डाकुहरूको समूहले ...

पर्दाफास
उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपामा समाहित हुने, आज पेरिसडाँडामा एकता घोषणा
OthersJust now

उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपामा समाहित हुने, आज पेरिसडाँडामा एकता घोषणा

१७ कात्तिक, काठमाडौं । उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित हुने भएको छ। दुवै पार्टीबीच मंगलबार दिउँसो १ बजे कोटेश्वरस्थित नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा एकता घोषणा गर्ने कार्यक्रम छ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट विद्रोह गरी उमा भुजेलको नेतृत्वमा राष्ट्रिय भेला आयोजना गरिएको थियो । उक्त भेलाले… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play